शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २५ गते । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु. तीन हजार ८०५ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ७५० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।रासस