नेपाल प्रिमियर लिग (एनपिएल) नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ ।
सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
म्याग्दीको बेनीमा ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बिहिबार देखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो ।
कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ जना थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताउनुभएको छ ।
अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ ।
बर्दियामा एक युवकको गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले दाङका महावीर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका–१ मंझराबाट पक्राउ गरेको छ ।
म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जनाभन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।
उत्तरी गोरखाको आरुघाट-माछीखोला-लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका-७ न्याउली खोलामा मोटरेबल पुल निर्माण भएको छ ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका स्वामिकार्तिक खापर र जगनाथ गाउँपालिकाको बीचमा कर्णाली नदी रहेको छ ।
विवाहका लागि घरबाट हिँडेका एक पुरुष नवलपुरको चोरमारामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार नवलपुरको कावासोती –५ घर भइ हाल कावासोती –३ थारु टोलमा बस्दै आउनुभएका जितबहादुर उपाध्याय आज विहान चोरमाराको उकालोमा मृत फेला पर्नुभएको हो ।
यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।
गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ । संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् ।
इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गमा यस वर्ष पनि पदयात्रा गरिने भएको छ ।