लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तगर्त भीरकोट नगरपालिकामा गरिएको जिल्ला स्तरीय प्रतियोगितामा आमाहरुले पञ्चेबाजा घन्काएका हुन् । प्रतियोगितामा व्यवसायिक रुपमा बाजा बजाउँदै आएका आमाहरु देखि सिक्दै गरेका आमाहरुको पनि सहभागिता रहेको थियो ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा अहिले लुम्बिनी लायन्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा विराटनगरले टस जितेर फिल्डिङ रोजेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार बिहीबार नियमित कार्यसूची अनुसार बैठक बसेको हो ।
म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा कार्यरत शिक्षक दिपक श्रेष्ठलाई बाजागाजासहित बजार परिक्रमा गराएर अभिनन्दन गरेर बिदाइ गरिएको छ ।
नारायणगढ बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपुर खण्डमा अब एउटा मात्रै पुल निर्माण बाँकी छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताउनुभएको छ। प्रेस चौतारी, नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको सम्पादकसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।
सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् ।
दुर्लभ वन्यजन्तुु रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने उद्देश्यले र संरक्षणलाई सहयोग गर्ने उद्देश्यले इलाममा रेडपाण्डा म्याराथन आयोजना हुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ बिहीबार स्थगित भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल बनाउन र पठन संस्कृतिको विकास गर्न किताब जात्राको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
बसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि तीन दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ ।
हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका हुँदै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ ।
बुधबा राति भएको खेलमा आर्सनलले बेल्जियमको क्लब ब्रुगलाई ३–० गोलले हरायो । यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले स्पेनिस टोली रियल म्याड्रिडलाई २–१ गोलले हरायो ।
बाँकेका सामुदायिक वनले विभिन्न क्षेत्रका बञ्जर र बगर ठाउँलाई हरियालीमा परिणत गर्न सक्रिय भएका छन् ।
सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्याएको विश्व बैङ्कको आर्थिक प्रतिवेदनले जनाएको छ ।