• २५ मङ्सिर २०८२, बिहिबार

इलाम-सन्दकपुर रेडपाण्डा म्याराथन हुने

blog

कोकिला ढकाल

इलाम, मङ्सिर २५ गते । दुर्लभ वन्यजन्तुु रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने उद्देश्यले र संरक्षणलाई सहयोग गर्ने उद्देश्यले इलाममा रेडपाण्डा म्याराथन आयोजना हुने भएको छ । आगामी पुस १ गते प्रतियोगिता आयोजना गरिने आयोजक दीपज्योति युवा क्लवले जनाएको छ । 

म्याराथन प्रतियोगिता इलाम सदरमुकामबाट सुुरु भएर तीन हजार छ सय ३६ मिटरको उचाइमा रहेको पर्यटकीय स्थल सन्दकपुरसम्म ४४.२ किलोमिटरको दुूरीसम्म आयोजना गरिने आयोजकले जनाएको छ । 

पुरुष खुल्ला, महिला खुल्ला र स्थानीय तर्फ तीन वर्गमा विभाजन गरिएको जनाइएको छ । प्रतियोगितामा रेडपाण्डा संरक्षणको काम भइरहेको इलाम, पाँचथर ताप्लेजुुङका प्रतियोगि सहभागी हुनेछन् । प्रतियोगितामा  महिला र पुुरुष दुवैतर्फ पहिलो पुरस्कार एक लाख ५० हजार, एक लाख, ५० हजार, चौथो २० हजार राखिएको आयोजक समितिका राम रिमालले जानकारी दिनुुभयो । 

प्रतियोगिता अवधिमा तोकिएको दुुरीको विभिन्न स्थानहरुमा पानी, औषधीको व्यवस्था गरिने जनाइएको छ । प्रतियोगी सहभागीलाई भने गाडी र मोटरसाइकलबाट पछ्याइनेछ भने तोकिएको समयमा म्याराथन दौड पूरा हुने जनाइएको छ ।