• २५ मङ्सिर २०८२, बिहिबार

लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको चुनौती

blog

विराटनगरविरुद्ध ब्याटिङ गर्दै लुम्बिनीका कप्तान रोहित पौडेल । तस्बिरः एनपिएल

काठमाडौँ, मङ्सिर २५ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई १३५ रनको चुनौती दिएको छ । 

 त्रिवि मैदान कीर्तिपुरमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३४ रन बनाएको हो । 

लुम्बिनीका लागि डार्सी सटले सर्वाधिक ४५ रन बनाउनुभयो । उहाँले ४१ बलमा तीन चौका र एक छक्का हान्नुभयो । यस्तै कप्तान रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९, रुवेन ट्रुम्पलम्यानले ११ र शेर मल्लले सात रन बनाउनुभयो । 

ओपनर दिनेश अधिकारी र दिलिप नाथ एक एक रनमा आउट हुनुभयो । सन्दीप जोरा र जेजे स्मिथ शून्य रनमा पेभेलियन फर्किनुभयो । 


बलिङमा विराटनगरका सुवास भण्डारी, प्रतिश जिसीले तीन तीन विकेट लिनुभयो । भण्डारीले चार ओभर पूरा बलिङ गर्दै १४ रन खर्चिनुभयो । यस्तै प्रतिश जिसीले पूरा चार ओभर बलिङ गर्दा २७ रन खर्चिनुभयो । सन्दीप लामिछानेले दुई विकेट लिनुभयो । आज जित्ने टोलीले उपाधिका लागि सुदूरपश्चिमसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।