• २६ मङ्सिर २०८२, शुक्रबार

मौसमी रुघाखोकीप्रति सजगता

blog

मौसम परिवर्तनसँगै नाक बन्द हुने, नाकबाट पानी बग्ने, घाँटी खस खस हुने, हाँच्छ्युँ आउने, स्वर भारी हुने, थकाइ लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता रुघाखोकीको मौसम सुरु हुन्छ । संसारमा रुघा नलागेको व्यक्ति भेट्टाउन मुस्किलै पर्छ, त्यसमा अझ जाडो मौसममा के बच्चा, के वयष्क, के वृद्धवृद्धा रुघाखोकीबाट आक्रान्त नहुने बिरलै पाइन्छ । त्यसै गरी चिसो मौसममा भाइरस सजिलै चारैतिर फैलन सक्ने भएकाले रुघाखोकी, नाकबाट सिँगान बग्नु, हाँच्छ्युँ हुनु, घाँटी दुख्नु जस्ता समस्या सबै जसोले भोग्ने गरेका छन् । हाल देशभरका स्वास्थ्य संस्था र हरेक घरमा बढोत्तरी छ । 

रुघाखोकी के हो ?

रुघाखोकी लागेकोलाई सामान्य बिरामीका रूपमा लिइए पनि करिब दुई सयभन्दा बढी भाइरस प्रमुखतया इन्फ्लुएन्जा भाइरसद्वारा हुने सङ्क्रामक सरुवा रोग हो । मिक्सो भाइरस समूहको इन्फ्लुएन्जा भाइरसका ए बी र सी प्रजाति हुन्छन् । यो भाइरसको एक पटकको आक्रमणले छोटो समयका लागि इम्युनिटी दिन्छ र हरेक पटक नयाँ भाइरसको सङ्क्रमण हुन्छ ।

विश्वमा र नेपालमा समेत हरेक वर्ष रुखाखोकी जस्ता श्लेष्माजन्य रोग इन्फ्लुएन्जाको प्रकोप बाहै्र महिना भइरहन्छ तर बढी प्रभाव जाडोको थालनी र अन्त्यमा भएको देखिन्छ । सन् १९१८–१९ मा भएको स्पेनिस इन्फ्लुएन्जा महामारीबाट विश्वका पाँच अर्ब मानिस प्रभावित भएका थिए र २१ करोडको मृत्यु भएको थियो । सन् १९५६–५७ मा ‘एसियन पान्डेमिक,’ सन् १९६७–६८ मा तेस्रो पटक हङकङ पान्डेमिक इन्फ्लुएन्जाको महामारी पैmलिएको थियो विश्वमा यस रोगको महामारी पटक पटक भई करोडौँ सङ्क्रमित र हजारौँ लाखौँको मृत्यु भएको देखिन्छ । 

सर्ने तरिका

प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले तथा भाइरस हावामा हुने भएकाले ज्यादा भिडभाड हुने स्थान, सिनेमा हल, बस, विद्यालय, जात्रा आदि धुलो तथा प्रदूषणयुक्त स्थानमा छिट्टै सर्ने सम्भावना हुन्छ । बिरामीले खोक्दा, बोल्दा, हाँच्छ्युँ गर्दा लाखौँ विषाणु हावामा पैmलिन्छन् अन्य मानिसले श्वास लिँदा उक्त विषाणु निरोगी मानिसको फोक्सोमा पुग्छ । विषाणुले अनुकूल वातावरण पाएमा त्यस विषाणुले असर गरी रोग देखाउँछ । पहिलो दुई दिनमा सङ्क्रमण बढी हुन्छ । 

रुघाखोकी मानिसबाट मानिसमा मौसम परिवर्तन हुने समयमा तथा शरीरको प्रतिरक्षात्मक ह्रास भएको स्थितिमा छिटो र सजिलोस“ग कुनै पनि उमेर तथा लिङ्गका धनी र गरिबलाई नछुटाई फैलिन्छ । यो रोगले खास गरी पाँच वर्षमुनिका बच्चा र ४५–५० वर्षमाथिका उमेर समूहलाई बढी नकारात्मक असर पार्छ । सङ्क्रमण बढी र गम्भीर प्रकृतिको हुनेमा बालबालिका, बुढापाका, मधुमेही, उच्च रक्तचाप, दम, मुटु, एचआइभी एड्स, क्षयरोग, हेपाटाइटिस, रक्तअल्पता, कुपोषण तथा संवेदनशील शरीर छिट्टै एलर्जी हुने पर्छन् । 

लक्षण

अमेरिकन लङ्स एसोसिएसनका अनुसार स्कुल जाने र प्राथमिक कक्षामा पढ्ने बच्चामा तीनदेखि १२ पटक प्रतिवर्र्ष र किशोरावस्था र यौवनावस्थामा बर्सेनि २–४ पटकसम्म इन्फलुयन्जा सङ्क्रमित हुन्छन् । एलर्जी सङ्घको तथ्याङ्कमा २० देखि ३० वर्ष उमेर समूहमा बालबालिकाको निरन्तर सम्पर्कका कारण पुरुषमा भन्दा महिलामा बढी सङ्क्रमण हुन्छ । अमेरिकामा पनि अस्पताल पुग्ने सबैभन्दा बढी बिरामी रुघाखोकीका हुन्छन् । 

सामान्यतया रुघाका लक्षण तथा चिह्न रोग प्रतिरोधात्मक क्षमताले भाइरसलाई नष्ट गर्दा, रुघाखोकी, ज्वरो आउने तथा टाउको दुख्ने हुन्छ र निम्न चार वटा अवस्था पार गरेपछि आफैँ निको हुन्छ ।

इस्केमिक स्टेज– सङ्क्रमण सुरु भएको एक देखि तीन दिनमा नाक सुक्खा हुने, नाक र घा“टीको भित्री भाग रातो भएर चिलाउने र पोल्ने, पातलो सिँगान बग्ने, हाँच्छ्युँ पटक पटक आइरहने, सु“ध्ने शक्तिमा ह्रास आउने, आ“खा रातो र रसिलो हुने, कमजोरीको अनुभूति हुने तथा खाना रुचि कम हुने गर्छ ।

हाइपरमिक स्टेज– सङ्क्रमणको चारदेखि सात दिनमा पातलो सिँगान प्रशस्त मात्रामा बगिरहने तत्पश्चात् सिँगान बाक्लो हुने, नाकको प्वाल बन्द भएर श्वास फेर्दा अवरोध आउने, टाउको दुख्ने र ज्वरो आउने गर्छ ।

सेकेन्डरी इन्फेक्सन– स्वास्थ्य स्थिति कमजोर हुने र त्यस्तो अवस्थामा जीवाणुले आक्रमण गरी सिँगान बाक्लो र पहेँलो बग्ने तथा टाउको दुखेर ज्वरो बढ्ने हुन्छ ।

रिजोल्युसन स्टेज– रुघा निको हुने यस अवस्थामा कतिपयमा सेकेन्डरी सङ्क्रमण भई रोगको जटिलताको रूपमा विभिन्न प्रकारका लक्षण देखा पर्छन् ।

जटिलता भएर ट्राकियाटिस, ब्रोङ्काइटिस, ब्रोङ्कोलाइटिस, ब्रोङ्कोनिमोनिया फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनिया, राइनाइटिस), साइनाइटिस, एक्युट ओटाइटिस मिडिया, ब्याक्टेरियल सङ्क्रमण, टकसिक कार्डियोमायोप्याथी, इन्सेफलाइटिस, इन्सेफेलोप्याथी, न्युरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ । अहिलेको अध्ययनले जा“डो याममा बढी हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयघातसमेत हुन सक्ने देखाएको छ । तसर्थ बढी जोखिमपूर्ण समूहमा बेलैमा उपचार नगरे मृत्यु हुन सक्छ । 

घरेलु उपचारले निको नभए, १०२ डिग्रीभन्दा बढी ज्वरो आए, जिउ कामे, टाउको बढी दुखे, घाँटी बागिए, वाक्वाकी लागे, वान्ता भए, छाती दुखे, सास फेर्न असजिलो भए तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ ।

उपचार

रुघाखोकी भाइरल इन्फेक्सन भएको हुँदा यसको रामवाण औषधी छैन, खासै उपचार पनि छैन । भाइरल इन्फेक्सनको उपचार गर्दा १–२ साता तथा उपचार नगर्दा ७–१४ दिनमा निको हुन्छ । विभिन्न चिकित्सा उपाय पनि छन् तर नेपालमा महँगा औषधी र खोपको आर्थिक भार बेहोर्न नसकिने भएकाले लक्षण अनुसार र थप सङ्क्रमण हुन नदिन उपचार गरिन्छ । ज्वरो नहट्दासम्म बिरामीलाई आराम गराउने, प्रशस्त मात्रामा तरल पदार्थ खान दिने, न्यानो गरी राख्ने र भेन्टिलेसन भएको कोठामा छुट्टै राख्ने सल्लाह दिइन्छ । भकभकी उमालेको पानी भा“डामा राखेर ओढ्नेले छोपेर दिनमा दुई तीन पटक वाफ लिँदा बन्द नाकको प्वाल खुला भएर श्वास फेर्न सजिलो हुन्छ । नेजल ड्रप एक–दुई थोपा नाकभित्र तीन–चार पटक राख्ने, चिसो पानीको विकल्पमा तातो पानी मात्र प्रयोग गर्ने, भिटामिन सी खा“दा र ओछ्यानमा पूर्ण रूपले आराम गर्दा फाइदा हुन्छ । एन्टिबायोटिकले ब्याक्टेरिया मात्र मार्छ भाइरस होइन र चिसो र फ्लुमा काम गर्दैन ।

बच्ने उपाय

रोग लागेका मानिसबाट टाढै बस्ने, भिडभाडमा नजाने, व्यक्तिगत सरसफाइमा ध्यान दिन पर्छ । पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, धुलो धुवाँबाट बच्ने, भिटामिन सी पर्याप्त मात्रामा भएको फलफूल सुन्तला, कागती, अमला खाने र मौसम अनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने । प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्दा पनि रुघाखोकीबाट बच्न सकिन्छ । यसका अतिरिक्त धुलो, धुवाँ, चिसो र सङ्क्रमणबाट जोगिन मास्क लगाउन पर्छ । दैनिक आठ ग्लास पानी, फलरसले पानीको अभाव हुन दिँदैन । कफी, चिया, कोल्डड्रिङ्क, अल्कोहलले नाक, घाटी सुक्खा बनाउने, पानीको अभाव गराउँछ ।

गर्भवती र दुध खुवाइरहेकी आमाले लगाउन नमिल्ने भ्याक्सिन किल, लाइभ र नेवरका रूपमा उपलब्ध छन् । खोपको असर तीनदेखि छ महिनासम्म मात्र रहने र खोपको प्रभावकारिता ७० प्रतिशत भएकाले रोकथामका उपाय– व्यक्तिगत सरसफाइ, जीवनशैली र खानपानमै जोड दिँदा रुघाखोकीबाट बच्न सकिन्छ ।