महिला फुटबलकी अग्रज रमा
नेपाली महिला फुटबल टिमले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्न सकेको छैन। पाँच पटकसम्म फाइनलमा पुगे पनि नेपालले चार पटक भारतसँग र एक पटक बङ्गलादेशसँग पराजय बेहोरेको छ। एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। यसपालि घरेलु मैदानमा भएको छैटौँ संस्करणमा नेपाललाई उपाधि जित्ने सुनौलो अवसर थियो। किन कि नेपालले पहिलो पटक भारतलाई सेमिफाइनलमा पराजित गरेर कीर्तिमान रच्यो। त्योसँगै उपाधि जित्ने सम्भावना बढेको थियो तर फाइनलमा नेपाल बङ्गलादेशद्वारा ३–१ गोल अन्तरले पराजित हुन पुग्यो ।
भाग्यले जुरेको सात दशकको गद्दी
बेलायतले ७० वर्षपछि नयाँ राजा पाएको छ। रानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएपछि ७३ वर्षीय युवराज चाल्र्स बेलायतको नयाँ राजा बनेका छन्। बेलायतको नौ सय वर्षको राजतन्त्रको इतिहासमा उनी ४०औँ राजा हुन्। उनलाई राजा चाल्र्स तृतीय भनिएको छ। एलिजाबेथको स्कटल्यान्डस्थित बालमोरल दरबारमा भदौ २३ गते निधन भएको थियो। भदौ २५ गते युवराज चाल्र्सलाई औपचारिक रूपमा राजा घोषणा गरियो। असोज ३ गते राजकीय सम्मानका साथ एलिजाबेथको अन्तिम संस्कार सम्पन्न भयो।
विवाह राजनीति
कतिपय व्यक्तिलाई राजनीतिसँग ‘एलर्जी’ नै हुन्छ । राजनीतिमा चासो नहुँदा नहुँदै पनि कोही पनि राजनीतिको बाघपञ्जाबाट उम्कन सक्दैन। कसैलाई पत्यार नलाग्न सक्छ, मानव जीवन राजनीतिकै एक हिस्सा हो। यस सम्बन्धमा एउटा सर्वप्रचलित भनाइ उद्धरणीय छ, ‘राजनीति जताततै छ।’ हुन पनि राजनीतिले नछोएको कुनै क्षेत्र नै छैन।
चरा मार्ने चिडीमार
नेपालका विविध जातजातिमध्ये पर्दछ चिडीमार। वि.सं २०५८ को राष्ट्रिय जनगणनाअनुसार मुलुकमा रहेका एक सय एक जातिमध्ये चिडीमार ७०औँ बढी जनसङ्ख्या भएको जाति हो, त्यतिबेला यसको सङ्ख्या १२ हजार २९६ थियो। तर २०६८ सालको जनगणनामा यस जातिको कुल सङ्ख्या एक हजार २५४ मात्र देखाइएकाले एक दशकमा चिडीमारको सङ्ख्या कुन गतिले घटेको होला र भन्ने प्रश्न उठ्छ।
‘निर्वाचनमा जान्नुपर्ने २२ म’
मतदानको माध्यमबाट जनप्रतिनिधि छनोट गर्ने प्रक्रियालाई निर्वाचन भनिन्छ। निर्वाचन लोकतन्त्रको प्राण र शासन व्यवस्थाले वैधता प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम हो। निर्वाचनबाट चुनिएका प्रतिनिधिहरू मतदाताप्रति उत्तरदायी भई वास्तविक शक्तिको प्रयोग गर्छन् भने मान्यता रहिआएको छ। एक प्रकारले लोकतन्त्रको आधारशिला निहित हुन्छ आवधिक निर्वाचनमा।
दोहनले सुकेको अराल
सन् २००९ सेप्टेम्बरमा वाटर फाउन्डेसनले अराल सागरका बारेमा एक डकुमेन्ट्री बनाएको थियो, जुन इसाबेलले बनाएकी थिइन्। सन् १९५० को दशकसम्ममा आरल पृथ्वीको चौथो ठूलो सागर थियो। पहिलो थियो क्यास्पियन समुद्र तथा त्यसपछि लेक सुपेरियर र लेक भिक्टोरिया थिए, ६७ हजार तीन सय वर्ग किलोमिटर क्षेत्रफल भएको अराल चौथो स्थानमा पर्दथ्यो। अराल सागरमा धेरै माछा पाइन्थे र सोभियत सङ्घमा त्यति बेला उपभोग गरिने कुल माछाको छ भागको एक भाग अरालबाटै आपूर्ति हुने गथ्र्यो। अरालका माछाको स्वाद राम्रो हुने भएकाले विश्वभरि त्यहाँको माछाको माग हुने गर्दथ्यो।
हराएका परमाणु बम
बी–५२ बम्बर विमान स्पेनको भूमध्य सागर तटीय क्षेत्रमा इन्धनवाहक केसी–१३५ विमानसँग आकाशमै ठोक्किएको थियो। सम्भावित भयङ्कर घटनाबाट जोगिन विमानमा रहेका ७० किलो टनका हाइड्रोजन बममध्ये तीनवटा पालोमेस नगर नजिकै र एउटा समुद्रमा खसालियो। यसरी अमेरिकाले परमाणु दुर्घटना बेहोरेको यो पहिलो र अन्तिम घटना थिएन।
ई–सिमको दुनियाँ
केही समयअघि अमेरिकी कम्पनी एप्पलले आइफोन–१४ सार्वजनिक ग-यो। एप्पलले आइफोन–१४ का विभिन्न चार मोडल ल्याएको छ, जसमा सिमकार्ड चल्दैन र हाल्ने ठाउँ पनि छैन । अमेरिकाका लागि ल्याइएका यी सेटमा ई–सिम मात्रै लाग्ने गरी बनाइएको छ तर अमेरिकाबाहेक अन्य देशका लागि दुवै प्रकारको सिम हाल्न मिल्ने संस्करण कम्पनीले उत्पादन गरेको छ।
क्वान्टमले भन्छ मृत्यु हुँदैन
शरीरको स्नायु प्रणालीबाट क्वान्टम चेतना जब आफ्नो स्थान छोड्न थाल्छ अनि मृत्यु जस्तो अनुभव हुन्छ। यस सिद्धान्त वा निष्कर्षको आधार के हो भने मस्तिष्कको क्वान्टम कम्प्युटरमा चेतनाले एक प्रोग्रामसरह काम गर्दछ। ‘बायोसेन्ट्रिज्म ः हाउ लाइफ एन्ड कन्सियोसनेस आर द किज टु अन्डरस्ट्यान्डिङ द नेचर अफ द युनिभर्स’ नामको पुस्तकमा क्वान्टम सिद्धान्त र मृत्युका बारेमा उल्लेख गरेर सनसनी मच्याएको छ। मृत्युपछि पनि जीवनी समाप्त नहुने र त्यसको एक रूप कहीँ कतै सदाका लागि जीवित नै रहने कुरा यस पुस्तकमा उल्लेख छ । यो पुस्तक क्वान्टम सिद्धान्तको जानकार वैज्ञानिक डा. रोबर्ट लेन्जद्वारा लेखिएको हो।