पृथ्वीमा अन्तरिक्षको बिजुली
कुनै दिन पृथ्वीमा हामीले अन्तरिक्षमा उत्पादन गरेको बिजुली प्रयोग गर्न पाउने छौँ। यसको सैद्धान्तिक पक्ष स्पष्ट छ र अन्तरिक्षमा बिजुली उत्पादन गर्न सकिन्छ, त्यो पनि तुलनात्मक रूपमा यहाँको भन्दा धेरै। मुख्य समस्या भनेको पृथ्वीसम्म बिजुली ल्याउनुमा छ।
भाइकिङ युगको जुत्ता
भाइकिङ युगको छालाको जुत्ता इङ्ग्ल्यान्डको योर्कमा फेला पारिएको छ। योर्कको कपरगेटमा उत्खननका बेला परेका ती जुत्ता पानी जम्ने माटोमा समेत हजार वर्षसम्म सुरक्षित देखेर वैज्ञानिक हैरान छन्। योर्कको योर्भिक भाइकिङ सेन्टरमा ती जुत्ता प्रदर्शनीमा राखिएको छ ।
भालु जस्तो बियर डग
छ लाख वर्ष पहिले युरोपमा यस्तो मांसाहारी सिकारी कुकुर विचरण गर्दथ्यो जसको आकार भालुको जस्तो थियो। तौलमा करिब तीन सय २० किलोसम्म हुने यो कुकुर लोप भइसकेको छ। वैज्ञानिकले यस कुकुरको अवशेष फेला पारेका छन्। जसबाट यस प्रजातिका बारेमा वैज्ञानिकलाई अध्ययन गर्ने मौका मिलेको छ। आधा कुकुर र आधा भालुको जस्तो यस कुकुरलाई वैज्ञानिकले बियर डग नाम दिएका छन्। यसको वैज्ञानिक नाम द टारटेरोसियन हो। स्विट्जरल्यान्डको बासेलमा अवस्थित नेच्युरल हिस्ट्री म्युजियमका बास्टियन मेनेकार्टको टोलीले बियर डगको अवशेष खोजेको थियो।
तपाईंको नाकले के भन्छ ?
मनौवैज्ञानिक दृष्टिकोणबाट अझै बढी चाखलाग्दो र परिज्ञान प्राप्त गर्न फिजिओनोमिस्ट (अनुहार पढ्ने)ले नाकको आकार अध्ययन गरी मानिसको स्वभाव र व्यक्तित्व बुझ्ने प्रयास गरिरहेका छन् । फिजिओनोमिस्ट व्यक्तिको नाकको आकार प्रकारले उसको व्यक्तित्व बयान गर्ने दाबी मात्र गरेका छैनन् स्वास्थ्य र आयुको निश्चित अवधि कसरी बित्ने छ भन्ने पनि विश्लेषण गरेका छन् । वास्तवमा अनुहारको अध्ययन गर्ने कला आज विकसित भएको होइन, तीन हजार वर्ष पहिले नै मानिसले अनुहारको अध्ययन गर्दथे। फिजिओनोमिस्ट जान हानरका अनुसार अनुहारको अध्ययन गर्दा खुला किताबसरह मानिसको व्यक्तित्वका विशेषता पढ्न सकिन्छ। आऔँ हेरौँ तपाईंको नाकको आकारले तपाईंको व्यक्तित्वका बारेमा के भन्छ :
झन्डाको आविष्कार
झन्डा शब्दको अर्थ नेपाली बृहत् शब्दकोशमा डन्डाको टुप्पामा जोडिने र खास गरी भवन, मन्दिर आदिमा फहराइने, कुनै देश, संस्था, दल आदिको विशेष प्रतीक वा चिह्न अङ्कित कपडाको विभिन्न आकार र रङको टुक्रा, त्यस्तै आकारमा बनेको कागत, धातु आदिको टुक्रो, परिचायक चिह्न, ध्वजा, पताका, भनेर उल्लेख गरिएको छ।
नेफाम गर्ल : निर्वस्त्र र नराम्रोसँग जलेकी बालिका
घातक नेफाम आक्रमणका कारण त्राहिमाम गर्दै भागिरहेका बालबालिकाको एउटा तस्बिर भियतनाम युद्धको मात्रै होइन २औँ शताब्दीमा युद्धको विभीषिका बयान गर्ने एक स्पष्ट विम्ब बन्न पुग्यो। कालो धुवाँ उनीहरूको ठीक पछाडि तरङ्गित भइरहेको छ, अबोधहरूको मुहार भय, पीडा र हडबडीले आक्रान्त देखिन्छ। दक्षिण भियतनामी सेनाको २५औँ डिभिजनका केही सैनिक असहाय भएर उनीहरूलाई पछ्याउँदै छन्– ऐतिहासिक तस्बिरमा यो स्पष्ट देख्न सकिन्छ।
कुश गोत्रका किसान
बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विशेषताले सम्पन्न देश नेपालमा द्रविडियन परिवारका सदस्यमध्ये पर्छन् किसान । किसान जातिको बसोबास झापा जिल्लामा रहेको छ । वि.सं. २०६८ को जनगणनाअनुसार मुलुकमा १२५ जातजाति र १२३ भाषाभाषी रहेका छन् । २०७८ को गणनाको अन्तिम प्रतिवेदन आइनसके पनि यस पटक यस्तो जातीय सङ्ख्या थप हुन सक्छ । किसान जातिको मूलथलो भारतको उडिसा र बिहारतिर पर्छ । अङ्ग्रेजहरूले पश्चिम बङ्गालमा चियाको खेती गर्न थालेपछि श्रमिकका रूपमा राँचीबाट ल्याइएका परिवार नेपाल प्रवेश गरेपछि किसान भएका हुन् पनि भनिन्छ तर यिनीहरू आफूलाई कुशबाट उत्पत्ति भएको र आफ्नो गोत्र पनि कुश नै भएको बताउँछन् ।
सूर्य पनि घुम्दै छ
सौर्यमण्डलको आकार कत्रो छ ? हाम्रो सौर्यमण्डल रहेको आकाशगङ्गा मिल्की वे आकारमा कति ठूलो छ ? मिल्की वेको केन्द्रमा के छ ? यी प्रश्नको उत्तर सजिलै बुझ्न गाह्रो छ । वैज्ञानिकले अनुसन्धानबाट स्पष्ट पारेका छन्, हाम्रो आकाशगङ्गामा खर्बौं तारा छन् र यस्ता आकाशगङ्गा ब्रह्मान्डमा खर्बौंको सङ्ख्यामा छन्। अब अनुमान लगाउनुस् आकाशगङ्गा र ब्रह्मान्डको आकार कति ठूलो होला।
बहुउपयोगी निम
मध्यपहाड र तराईका विभिन्न जिल्लामा बहुउपयोगी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार निम पाइने गर्छ। निमलाई अङ्ग्रेजीमा मारगोसा ट्रि भनिन्छ र यसको वैज्ञानिक नाम अजाडिरक्टा इन्डिका हो। मेलिएसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पति १५ देखि २० मिटरसम्म उचाइ हुने सदावहार रुख वर्गमा पर्दछ। बहुउद्देशीय बिरुवा निम धेरै पहिलेदेखि पहिचान भएको र समाजमा विभिन्न रोगको उपचारका लागि प्रयोग हुने गरेको छ।