पेनाल्टीमा धेरै गोल
सोचीमा विवादास्पद हिउँदे ओलम्पिक सम्पन्न गरेको चार वर्षपछि रुसले विश्वकप आयोजना ग-यो। सन् २००९ मै यस विश्वकपका लागि आयोजकको चयन प्रक्रिया अगाडि बढाइएको थियो। सुरुमा नौ राष्ट्रले यसमा चाहना राखे तर मेक्सिकोले पछि आफ्नो प्रस्ताव फिर्ता लियो। सन् २०१० मा इन्डोनेसियाको प्रस्ताव फिफाले खारेज गरिदियो। यसपछि अस्ट्रेलिया, जापान र अमेरिकाले क्रमगत आ–आफ्नो प्रस्ताव फिर्ता लिए। अन्त्यमा रुस, इङ्ग्ल्यान्ड, हल्यान्ड–बेल्जियम र पोर्चुगल–स्पेनको प्रस्ताव मात्र प्रतिस्पर्धामा रह्यो। त्यसपछि सन् २०१० मा मतदानबाट रुसले आयोजना अधिकार प्राप्त गरेको थियो।
पानीजहाजमै अभ्यास
सन् १९०४ मा स्थापना हुँदा नै फिफाले विश्वकप आयोजना गर्ने अधिकार ग्रहण गरिसकेको थियो तर उसलाई पहिलो विश्वकप आयोजना गर्न २६ वर्ष लाग्यो। आर्थिक मन्दी, विश्वस्तरको व्यावसायिक फुटबलमा चासोको कमी तथा दक्षिण अमेरिका पुग्न लामो समुद्री यात्राको झन्झटका कारण युरोपका धेरै राष्ट्रले पहिलो विश्वकपमा सहभागिता जनाएनन्। फिफाले आफ्ना सबै सदस्य राष्ट्रलाई छनोट प्रतियोगिताबिना नै विश्वकप सहभागी हुन निम्ता ग¥यो तर १३ राष्ट्रले मात्र आफ्नो टिम उरुग्वे पठाउने भए, जसमा सात टिम त अमेरिकी क्षेत्रकै थिए।
जतिबेला टाउकोको फुटबल खेलिन्थ्यो
विश्वका बहुसङ्ख्यक खेलप्रेमीको मन लोभ्याउने शीर्ष खेलमध्ये एक मानिने फुटबलको आदिम इतिहास दुई हजार वर्षभन्दा लामो देखिन्छ। ‘फुटबल हिस्ट्री’ वेबसाइटमा प्रकाशित एक लेखका अनुसार तीन हजार वर्षअघि प्राचीन मध्यअमेरिका ९ःभकयबmभचष्अब०मा ढुङ्गाको बल खेलिन्थ्यो । मध्यअमेरिकका आदिवासी एज्टेक (ब्शतभअक)ले त्यस प्रकारको खेललाई चिटाली (त्अजबतबष्)ि भन्ने गरेका थिए। ‘फुटबल हिस्ट्री’ वेबसाइटका अनुसार प्राचीन मध्यअमेरिकी संस्कृतिमा बललाई भगवान्को प्रतीक मानिन्थ्यो भने खेलमा हार्ने टिमका सदस्यलाई सोही भगवान्को नाममा बलि चढाइन्थ्यो । कुनै ठाउँमा त शत्रु तथा विरोधीको शिरच्छेद गरी टाउकोको फुटबल खेलिन्थ्यो भन्ने भनाइ पनि छ । यद्यपि यस प्रकारको हिंस्रक अभ्यासलाई खेलकै रूपमा स्वीकारिएको कुनै प्रामाणिक अभिलेखचाहिँ भेटिँदैन ।
फिफा ट्रफीका डिजाइनर
विश्वकपको इतिहासमा इटालीको मिलानका प्रसिद्व मूर्तिकार सिल्भियो ग्याजानिगालाई ‘म्यास्ट्रो’ अर्थात् ‘महान् गुरु’ भनेर सम्झिने गरिन्छ। उनी सन् १९२१ जनवरी २३ मा इटालीको मिलान सहरमा जन्मिएका थिए। ‘मोनालिजा’ बनाउने महान् कलाकार लिओनार्दो दा भिन्सी पनि मिलानमै जन्मिएका हुन्। मूर्तिकार ग्याजानिगाले स्टाविलिमेन्टो आर्टिसटिको वर्तोनी कम्पनीमा काम गर्दा ‘फिफा कप ट्रफी’ डिजाइन गर्ने अर्डर पाएका थिए। ब्राजिलले सन् १९५८, १९६२ र १९७० तीन पटक जुलेस रिमेट विश्वकप जितेपछि कहिले पनि नफर्काउने गरी ट्रफी लग्यो र फिफाले नवट्रफी निर्माण गर्नु आवश्यक भयो।
दर्शक बनेको इटाली
यस पटक पनि केही यस्ता टिम छन् जसमा क्षमता, समर्थक, विश्वस्तरीय खेलाडी सबैथोक हुँदाहुँदै पनि मन कुँड्याउन बाध्य छन्। विश्वकप खेल्ने अपेक्षा गरिएका तर छनोट हुन नसकेका टिम यस प्रकार छन् :
कतार विश्वकपका रङ्गशाला
कतार विश्वकपका खेलहरू आठवटा रङ्गशालामा खेलिने छ। आठै रङ्गशालाका आ–आफ्ना विशेषता रहेका छन्। यी रङ्गशालाको बनावटले कतारको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको देखिन्छ। पहिलो पटक खाडी क्षेत्रमा हुन लागेको विश्वकपलाई निकै महत्त्वका साथ हेरेको कतारले रङ्गशाला निर्माणमा कुनै कमी बाँकी राखेको छैन। सबै रङ्गशाला वातानुकूलित छन्।
कतार विश्वकपका तथ्य
अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई सन् २०१० मा पछाडि पारेर कतारद्वारा आयोजना अधिकार प्राप्त। यस प्रतियोगिताको पहिलो खेल सुरुमा हल्यान्ड र सेनेगलबीच हुने तय थियो तर पछि आयोजकबाटै सुरु गर्ने भएपछि कतार र इक्वेडरबीच उद्घाटन खेल हुने भएको छ। चार वर्ष पहिले विश्वकप आयोजना गरेको रुस युक्रेनमाथि हमला गरिरहेका कारण यसपालि विश्वकपमा प्रतिबन्धित छ। विश्वकपमा पहिलो पटक महिला रेफ्री।
विश्वकप विजेताले कति पाउनेछ ?
फिफाले कतार विश्वकपका लागि पुरस्कार, प्रोत्साहन र अन्य विषयमा खर्च गर्ने रकम सार्वजनिक गरिसकेको छ। यस पटक कुल राशिमा २९ प्रतिशतले वृद्धि गरी फिफाले एक अर्ब अमेरिकी डलर पु-याएको छ। विश्वकपमा सहभागी ३२ टिमले प्राप्त गर्ने स्थानका आधारमा ४४ करोड डलर वितरण गरिने छ भने बाँकी रहेको ६६ करोड डलर फुटबल कम विकसित भएका राष्ट्रिय सङ्घहरू, क्लबहरूको हित तथा क्लबको बीमा र खेलाडी सुरक्षा योजनामा फिफाले खर्च गर्ने छ । यस हिसाबले वास्तविक पुरस्कार रकम ४४ करोड डलर मात्र हो, जुन सन् २०१८ को दाँजोमा चार करोड डलर बढी छ।
विश्वकप २०२२ समूह विश्लेषण
कतारमा आयोजक र इक्वेडरबीचको खेलसँगै विश्वकप सुरु हुनुपहिले नै यसपालिको विजेताको अड्कल गर्न सुरु भइसकेको छ। टिमहरूको समूह विभाजन, विगतका विजेता, हालैका प्रदर्शन तथा समर्थनका दृष्टिबाट सम्भावित विजेताको सूचीमा पुरानै अनुहारको बाहुल्यता देखिन्छ। कतारमा नितान्त नौलो परिस्थिति, फरक मौसम र स्थानले टिमहरूको प्रदर्शनमा कत्तिको फरक पार्ने हो त्यो हेर्न बाँकी छ तर समूह विभाजन र हालसालैका प्रदर्शनका आधारमा केही टिमलाई सम्भावित विजेताका रूपमा विश्लेषण गर्न सकिन्छ। टिमहरूको समूह विभाजन भइसकेको छ र खेल तालिका समेत सार्वजनिक भएको छ। गत अप्रिलमा प्रतियोगिताको ‘ड्र’ निकालिएपछि ब्राजिललाई मुख्य दाबेदार मानेर हेरियो। अर्जेन्टिना लगातार ३५ खेलमा अपराजित रहेपछि उसलाई पनि कमजोर मानिएको छैन। फ्रान्स, इङ्ग्ल्यान्डमाथि दाउ लगाउनेको पनि कमी छैन।