तयारीमा नीति
नेपालमा पूर्वमिस नेपाली चलचित्रमा अभिनयका लागि आएको उदाहरण प्रशस्तै छन् । भलै केही सफल भए भने केही असफल । यही मेसोमा अब नीति शाह पनि जोडिएकी छन् । ‘ब्युटी विथ ब्रेन’ नीति अब चाँडै नै चलचित्रको अभिनयमा पाइला चाल्दैछिन् । त्यसो त उनलाई अभिनेता भुवन केसीले ‘ड्रिम्स’, प्रदीप खड्काले ‘प्रेमगीत ३’ र ‘हुतुतु’ मा अफर नगरेका होइनन् तर उनले स्वीकारिनन् । नीतिका मेनेजर निराजन गिरीका अनुसार नीतिले केही चलचित्रको स्क्रिप्ट अध्ययनको काम सुरु गरिसकेकी छन् । उनी सम्भवतः यसै वर्षभित्र चलचित्रमा पाइला चाल्दैछिन् । मोडलिङमा करिब १० वर्ष बिताइसकेकी नीति चलचित्रमा आउनका लागि अहिले नै आत्मविश्वासी देखिँदैनन् ।
रामोजीमा निताको चलचित्र
पछिल्लो दशकमा नेपाली चलचित्रले छायाङ्कनको दायरा फराकिलो पार्दै लगेका छन् । कुनै समय नेपालमा मात्र छायाङ्कन गरिने चलचित्र अहिले विदेशका उत्कृष्ट लोकेसनमा खिचिन थालिएको छ । यही क्रममा नेपाली चलचित्रको इतिहासमा पहिलो पटक चलचित्र ‘ह्रस्व दीर्घ’ भारतको प्रख्यात रामोजी फिल्म सिटीमा खिचिने भएको छ ।
मलाई मन परेका पाँच चलचित्र
बलिदानयो चलचित्रले देश प्रेमको भावना देखाएको छ । मैले सानो उमेरमै यो चलचित्र हेरेको थिएँ । त्यसले मेरो मानसपटलमा देश, राष्ट्रियताप्रति छुट्टै प्रभाव पारेको थियो । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाहलगायतका कलाकारको अभिनय बेजोड थियो । चिनो यो चलचित्रका सबै पात्र रमाइलो किसिमका थिए । चलचित्रमा विशेषतः सुनील थापाको चरित्र अझ गजबको छ । चलचित्रको सङ्गीत, कलाकारहरूको अभिनय, कथावस्तु मन छुने किसिमको छ । अहिले पनि बेलाबेलामा यो चलचित्रको सम्झना आउँछ ।श्री यो चलचित्रमा मैले अभिनयको मौका पाएँ । यो चलचित्र मेरो करियरकै एउटा उत्कृष्ट चलचित्र हो । मेरो जीवनकै एउटा अविस्मरणीय चलचित्रका रूपमा ‘श्री’ लाई लिन्छु । सायद अब यस्तो चलचित्र गर्छु या गर्दिनँ थाहा छैन ।पशुपतिप्रसादयो चलचित्रको प्रमुख पक्ष भनेको यसको कथावस्तु हो । चलचित्रमा खगेन्द्र लामिछाने, विपिन कार्कीको अभिनय आफैँमा बेजोड लाग्छ । एउटा युवाको सङ्घर्ष अनि त्यसभित्रको सफलता र असफलताको कुरालाई निर्देशकले निकै गहिरो ढङ्गले प्रस्तुत गरेका छन् ।जात्रैजात्रा हामी सबै परिवारले हेरेको अर्को मनपर्ने चलचित्र ‘जात्रैजात्रा’ हो । यसमा एउटा सानो विषयलाई निर्देशन प्रदीप भट्टराईले कति रोचक ढङ्गले प्रस्तुत गरेका छन् । विशेषतः मलाई चलचित्रमा विपिन कार्कीको क्यारेक्टर उत्कृष्ट लागेको छ । प्रस्तुति : युवराज गौतम
मोडल जेबिका कार्कीसंग १६ प्रश्न
तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ? मेरा लागि मेरो परिवार नै बहुमूल्य वस्तु हो । यदि घर छाडेर जानुपर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ? म त पैसा लिएर जान्छु । तपाईंलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ?
गौरवमय सिम्रौनगढ
बारा जिल्लाको सदरमुकाम कलैयाबाट करिब २२ किलोमिटर दक्षिण–पूर्वको यात्रापछि मध्य मधेशको रहनसहनयुक्त सिम्रौनगढ बजार पुगिन्छ । बजारको मध्यभागमा करिब आठ बिघा क्षेत्रफलमा फैलिएको शताब्दीयौँ पुरानो इशरा तलाउ छ । इतिहासको एउटा कालखण्डका रूपमा जीवित इशरा तलाउको पश्चितर्फ कङ्काली मन्दिरसहित केही धार्मिक पीठ रहेका छन् । जहाँ मूर्तिकलाको जीवन्त वैभव बोकेका केही खण्डित मूर्ति देख्न सकिन्छ ।
जीवनशैली र स्नायु रोग
विज्ञान/प्रविधिको यस समयमा समाजमा तीव्र प्रतिस्पर्धा छ । साथै अहिलेको विश्व युवाको संसार हो । आधुनिकतामा रमाउने तथा प्रविधिको अधिकतम ज्ञान राखी त्यसको प्रयोग गर्ने र प्रतिस्पर्धामा अगाडि बढ्दै जाने युवा नै हुन् । युवावर्ग कुनै कारणले थला परे भने सिङ्गो समाज नै थला पर्दछ । तसर्थ स्वस्थ र सुरक्षित हुनु आजको आवश्यकता मात्रै होइन एक चुनौती पनि भएको छ ।
स्पर्श सञ्चार
प्रस्तुत दृष्टान्तहरूले हाम्रो जीवनमा स्पर्श कति महत्त्वपूर्ण हो भन्ने तथ्यलाई पुष्टि गर्छन् । स्पर्शलाई मानिसले सिकेको पहिलो भाषा हो भन्ने भनाइ छ । यो निःशब्द सञ्चार हो । स्पर्श सञ्चार (Tactile communication)मा शब्द आवश्यक पर्दैन । बोली नफुटेका बच्चादेखि प्रेमिल जोडीले मात्र होइन, जीवनको अस्ताचलमा पुगेका वृद्धजनले स्पर्श सञ्चारलाई भरपूर उपयोग गर्छन् ।
जीवन रक्षक खोप
कतिपय रोग लाग्नबाट बच्न हामीले खोप लगाउनुपर्छ । लागत प्रभावकारिताको हिसाबले पिउने पानी पछिको दोस्रो नम्बरमा खोपलाई विश्व समुदायले लिने गर्दछ । खोपलाई एक उत्तम खरिद वस्तु मानिन्छ । विश्वबाट हालसम्म उन्मूलन भएको एक मात्र रोग बिफर खोपले गर्दा नै सम्भव भएको थियो । पोलियो रोगलाई चाँडै उन्मूलन गर्ने अभियान चलिरहेको छ ।
द्वैध चरित्रले भयो जर्मनी विभाजन
जर्मनीलाई भोगचलनका आधारमा चार क्षेत्रमा विभाजित गर्ने अस्थायी उपाय अन्ततः शीतयुद्धमा एक राष्ट्र विभाजनको कारण बन्यो । जतिबेला सन् १९४५ मे ८ मा मित्रराष्ट्रहरू युरोपमा जितको विजय दिवस मनाइरहेका थिए बेलायती सैनिक कमान्डर बर्नार्ड ल मन्टगोमरीले आफ्ना सैनिकलाई सचेत गराउँदै भने, “हामीले जर्मनीसँगको युद्ध जितेका छौँ । अब हामीले शान्ति हासिल गरौँ ।”