सहर नजिकै बेहडाबाबा
सुदूरपश्चिमको उपमहानगरपालिका धनगढीमै बेहडाबाबा मन्दिर पर्दछ । धनगढी उपमहानगरको वडा नम्बर १६ मा बेहडाबाबा पर्ने भए पनि त्यहाँ पुग्न केही समय खर्चिनै पर्छ । धनगढीबाट बेहडाबाबा जान तीनवटा रुट छन् । देवहरिया, पथरी हुँदै जाँदा १४ किलोमिटर सडक छिचोल्नुपर्छ । दोस्रो रुट बेलीहुँदै जान्छ । त्यहाँबाट १८ किलोमिटरको सडकको यात्रा गर्नुपर्छ । तेस्रो रुट धनगढी, अत्तरिया, चौमाला हुँदै ४१ किलोमिटर दूरी तय गर्नुपर्दछ । तीन रुटमध्ये पहिलो छोटो रुटबाट दुईपाङ्ग्रे साधनमा जाँदा जङ्गल धेरै पर्ने भएकाले जङ्गली जनावरको आक्रमणमा पर्ने सम्भावना रहन्छ । साथै एउटा खोलामा पुल नहुँदा मोटरसाइकल तार्न गाह्रो हुनसक्छ ।
ग्रेटवालको भव्यता
ग्रेटवालबारे सबैलाई थाहा छ । ग्रेटवाल चीनको मात्र नभई संसारको सबैभन्दा लामो पर्खाल हो । यो संसारको सातौँ आश्चर्यमा पर्दछ । यसलाई अङ्ग्रेजीमा ग्रेटवाल अफ चाइना भनिन्छ । चीनलाई विश्वसामु चिनाउने सबैभन्दा चर्चित पर्यटकीय आकर्षण हो यो । त्यसैकारण ग्रेटवाल हेर्न दिनहुँ हजारौँ चिनियाँ र विदेशी पर्यटक पुग्छन् । चीनको राजधानी बेइजिङबाट झन्डै ५० किलोमिटर उत्तर पश्चिम यात्रा गर्दै त्यहाँ दुई घण्टामा पुगिन्छ । बिहान ८ बजेदेखि अवलोकनका लागि खुल्ने ग्रेटवाल हेर्न साँझसम्मै उत्तिकै भीड हुन्छ । भीड घटेको भान हुँदैनन् ।
गायिका टीका प्रसाईंसंग १६ प्रश्न
तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ? मोबाइल फोन नै हो। अहिले म रेडमीको एन्ड्रोइड फोन प्रयोग गरिरहेकी छु। यदि घर छाडेर जानु पर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?
पत्थरमा गाडिएको त्यो तरबार
भावी राजाको बलशाली पकडले मात्रै निस्कने गरी पत्थरमा गाडिएको तरबार राजा आर्थरसँग जोडिएका मिथकको एक महìवपूर्ण पक्ष मानिन्छ । प्रश्न उठ्छ, ब्रिटेनको विच्छृङ्खल अन्धकार युगको धूम्म त्यस्तो केही ऐतिहासिक आधार छ, जसमा कैयौँ इतिहासवेत्ता, लेखक र खजाना खोजकर्ता मथिङ्गल गरिरहेका छन् । कोही मानिस थियो वा कुनै स्थान, आर्थरको कुनै अंश भेटिन्छ कि भनेर अन्तहीन विश्लेषण अझै थामिएको छैन ।
डेढ वर्ष अन्धकार पार्ने ज्वालामुखी
इजिप्टको नवौँ विपत्ति (नाइन्थ प्लेग) मा तीन दिन पूर्ण अन्धकार भयो तर इस्वी संवत् ५३६ मा विश्वका अधिकांश क्षेत्र १८ महिनासम्म अन्धकारमा डुब्ने घटना भयो । रहस्यमय कुहिरोले युरोप, मध्य पूर्व तथा एसियाको ठूलो क्षेत्र ढाकियो । दिनको समयमा कुहिरोले सूर्यका किरण छेक्नाले तापक्रमसमेत धेरै घट्यो, जसले गर्दा अन्नपात उब्जनी नराम्रोसँग प्रभावित हुँदा मानिस भोकै मर्न थाले । वास्तवमा त्यस अवधिलाई हामी अन्धकार युग भन्न सक्छौँ ।
विषयगत–खण्डअन्तर्गत लोकसेवा आयोगबाट सोधिने नमुना प्रश्नको उत्तर
१. सार्वजनिक निकायमा खरिद कार्यको अनुगमनसम्बन्धी भएको व्यवस्थाबारे चर्चा गर्नुहोस् । सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाई सुशासनको प्रत्याभूति गर्न तर्जुमा गरिएको सार्वजनिक खरिद ऐन, २०६३ ले सार्वजनिक निकायबाट हुने खरिद कार्यको अनुगमन, नियमन र सार्वजनिक खरिद प्रणालीलाई व्यवस्थित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नेपाल सरकारको निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको कर्मचारीको नेतृत्वमा एक सार्वजनिक खरिद अनुगमन कार्यालयको व्यवस्था गरी उक्त कार्यालयको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ, जसलाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ ः
वस्तुगत–खण्डअन्तर्गत लोकसेवा आयोगबाट सोधिने नमुना प्रश्नको उत्तर
राष्ट्रिय–सन्दर्भ १. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा कहिले उद्घाटन गरियो ? वि.सं. २०७९ जेठ २
चम्किए मेसी
अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसीले आफ्नो टिमलाई फेरि अर्को उपाधि दिलाएका छन् । क्लब फुटबलमा थुप्रै उपलब्धि हासिल गरेको भए पनि देशका लागि उनले त्यति धेरै सफलता पाएका छैनन् । आफ्नो नेतृत्वमा पहिलो पटक कोपा अमेरिकाको उपाधि दिलाएका मेसीले यस पटक ‘फाइनालिस्मा’ उपाधि जिते ।
मार्कोसको उदय
फिलिपिन्सका तानाशाह पूर्वराष्ट्रपति फर्निनान्ड मार्कोसका छोरा फर्निनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । ६४ वर्षीय मार्कोस जुनियर पूर्वसिनेटर हुन् । चुनावमा तालमेल गरेकाले दुवैको जित सम्भव भयो । गएको मे ९ मा त्यहाँ आमनिर्वाचन भएको थियो । राष्ट्रपतिमा निर्वाचित मार्कोस जुनियरले आफ्ना निकटतम प्रतिस्पर्धीको भन्दा दोब्बर अर्थात् ५६ प्रतिशत मत पाए ।