• ८ जेठ २०८१, मङ्गलबार

विश्वविद्यालयको उपकुलपतिमा थपलिया र गौतम नियुक्त

blog

प्राडा. विजुकुमार थपलिया । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १८ गते । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्यगरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्नुभएको थियो। उहाँहरूलाई सोही मेरिटोक्रेसीअनुसार नै मंगलबार नियुक्त गरिएको उहाँको सचिवालयले जनाएको छ ।