मुस्ताङ भन्सारले झण्डै साढे तीन अर्ब राजस्व सङ्कलन
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले झण्डै साढे तीन अर्ब राजस्व सङ्कलन गरेको छ ।
जबरजस्ती करणी मुद्दामा फरार न्यौपाने पक्राउ
बालिकालाई जबरजस्ती करणी गरी कर्तव्य गरेको मुद्दामा १५ वर्ष कैद भुक्तान गर्न बाँकी त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका ३५ वर्षका रामकृष्ण न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
साढे दुई लाख नाघ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।
हुम्लामा एक करोडको स्याउ बिक्री
हिमाली जिल्ला हुम्लाबाट यस वर्ष एक करोडभन्दा बढीको स्याउ बिक्री भएको छ । यस वर्ष सिमकोट गाउँपालिका– ५ की नीता बोहराले ५० कार्टुन स्याउ बिक्री गरेको बताउनुभयो ।
गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै
आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ ।
इलाका प्रशासन कार्यालयमा टोकन प्रणाली लागू
इलाका प्रशासन कार्यालय कोहलपुरमा टोकन प्रणाली लागू गरिएको छ । कार्यालयले एक सूचना जारी गर्दै कार्यालयमा टोकन प्रणाली लागू गरिएको जनाएको छ ।
गृहले गरायो मिटर ब्याजसम्बन्धी गुनासो सुन्ने र लिने जिल्लास्तरीय संयन्त्र क्रियाशील
सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी तीन वटा आयोगको गठन र यसका खारेजी भएपछि मिटरब्याजसम्बन्धी गुनासो र उजुरी दर्ताका लागि जिल्ला स्तरीय संयन्त्र (समिति) क्रियाशील गर्ने गरी सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ ।
सेयर बजारको सेरोफेरो
भाइबहिनीहरू, सेयर भन्ने शब्द सुन्नुभएको छ ? मानिलिऊँ तपाईंको बुवाले कुनै चकलेट कम्पनी खोल्नुभयो । त्यो कम्पनीमा १० लाख रुपियाँ लगानी गर्नुपर्ने भयो तर तपाईंका बुवाले लगानी गर्दा पनि सात लाख रुपियाँभन्दा बढी जम्मा हुन सकेन ।
प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्को स्वीकृति
जिल्ला सदरमुकाम धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद् बैठकले धनकुटा बसपार्क छेउमा रहेको रेशम खेती विकास कार्यक्रमको नाममा रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति प्रदान गरेको हो ।
आफ्नो बिरानो( कथा)
ढिलो गरी ओछ्यान छाड्छु । आङसम्मै पारिलो घाम आइसकेछ । सकी नसकी ओछ्यानबाट उठेर बरन्डामा आएर बस्छु । नैनाले दिएको कालो चियाको सुर्को लिँदै आफ्नै हात र हत्केलालाई
निर्भयपूर्ण वातावरण भए निर्वाचनमा जान्छौं : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले निर्भयपूर्ण वातावर भए नेकपा एमाले निर्वाचनमा जाने बताउनुभएको छ ।
तुलसीघाटमा पुल निर्माण
पोखराको तुलसीघाटमा सेती नदीमाथि स्टिल पुल निर्माण भएको छ । पुलले पोखरा महानगरपालिका–९ र ११ को सेतीपूर्व र पश्चिमको सवारी चापलाई व्यवस्थित गर्न मद्दत पुर्याउने छ । ६५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको उक्त पुलको दुवैतर्फ १.५ मिटरको फुटपाथ रहेका छन् । रणनीतिक सहरी सञ्जाल अन्तर्गत निर्माण गरिएको उक्त पुलको भार क्षमता सय टन रहेको पुल सेक्टर पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । २०
बाजुरामा लोप हुँदै परम्परागत जाँतो
बाजुराका अधिकांश गाउँघरमा परम्परागत रूपमा आँटा पिठो पिस्नका लागि प्रयोग हुने ढुङ्गाको जाँतो लोप हुन थालेको छ ।
निर्माण हुँदै प्रशासनिक भवन
गुल्मीको छत्रकोट गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । २०८० माघ १७ गते शिलान्यास गरिएको अत्याधुनिक प्रशासनिक भवन निर्माण गरी निर्धारित समयमा नै गाउँपालिकालाई हस्तान्तरण गर्ने गरी निर्माण व्यवसायीले काम गरेको बताइएको छ ।
प्रादेशिक अस्पतालमा एमआरआई सेवा
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १२ करोड रुपियाँको लगानीमा एमआरआई मेसिन जडान सुरु भएको छ । अस्पतालमा एमआरआई मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेसिन जडानको काम अघि बढाएको हो ।
सत्यवतीमा भेटी गणना
पाल्पाको तिनाउ–४, सत्यवतीमा पाँच दिनसम्म चलेको वर माग्ने मेलामा सहभागी भक्तजनले चढाएका भेटी गणना कार्य अझै सकिएको छैन । भेटी गणना गरेको छैटौँ दिनसम्म ३४ लाख ५० हजार गणना भएको सत्यवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
हिंसा न्यूनीकरणतर्फ प्रदेश सरकार
बढ्दो हिंसा न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले ‘छोरी सशक्तीकरण कार्यक्रम’ ल्याएको छ । आर्थिक, सामाजिक विकासमा पछि परेका परिवारका छोरीका लागि सो कार्यक्रम ल्याएको हो ।
पढाइ छोडेर बिरामी आमाको कुरुवा
यहाँको चन्दनाथ नगरपालिका–८, तलिउमकी ४० वर्षीय दर्शना दमाई करिब एक वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल बेडमै जीवन बिताइरहनुभएको छ ।
नयाँ मतदाता परिवर्तनका पक्षमा
जुम्लाका नयाँ मतदाताले आगामी निर्वाचनमा देश परिवर्तन गर्न सक्ने नयाँ व्यक्तिलाई भोट हाल्ने बताएका छन् । उनीहरूले भ्रष्टाचार अन्त्य, सुशासन कायम र युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिने बताएका हुन् । जिल्ला निर्वाचन कार्यालय जुम्लामा मतदाता नामावलीमा नाम दर्ता गराउन पुगेका नयाँ मतदाताले परिवर्तनका पक्षमा मतदान गर्ने प्रतिक्रिया दिएका छन् । जुम्ला चन्दननाथ नगरपालिका–१, आचार्यबाडाका विनोद आचार्यले पहिलो पटक मतदान गर्न पाउने उत्साह व्यक्त गर्दै भन्नुभयो, “देश अब पुराना नेताबाट चल्दैन । परिवर्तन गर्न सक्ने नेतृत्व आउनु पर्छ ।”
बन्दै छ छाङरु र टिङ्कर जोड्ने बाटो
चीन र भारतसँग सीमा जोडिएको दोपाखे, बयली र तम्बाकु क्षेत्रमा बाटो निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । व्यास गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा गरेको ठेक्का सम्झौता अन्तर्गत बाटो निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र
पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ ।
नदीजन्य पदार्थ उत्खनन सुरु
कञ्चनपुरका मध्यवर्ती क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि प्रक्रिया अगाडि बढेको छ । विगत तीन वर्षदेखि मध्यवर्ती क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण बन्द रहेको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, माटो) उत्खननको काम पुनः सञ्चालन गरिएको हो ।
सात लाखमा छ लाखले गरे स्वास्थ्य बिमा
राष्ट्रिय जनगणना अनुसार चितवनको जनसङ्ख्या सात लाख २२ हजार रहेकोमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या पाँच लाख ६९ हजार पुगेको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शा
समाज रूपान्तरणका लागि कचहरी
समाज रूपान्तरण गर्नका लागि यति बेला बाजुराका विभिन्न गाउँबस्तीमा स्थानीयको कचहरी हुने गरेका छन् ।