मूल्यवृद्धि नरोकिए विकासनिर्माण ठप्प हुने
रुकुमपश्चिमका निर्माण व्यवसायीले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धि नरोकिए विकासनिर्माणका काम ठप्प हुने चेतावनी दिएका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गरेका उनीहरूले मूल्यवृद्धि रोक्न माग गरेका छन् । उनीहरूले इन्धनजन्य सामग्री डिजेल, पेट्रोल, मटितेलमा भइरहेको अप्रत्याशित र अत्यधिक मूल्यवृद्धिले निर्माण लागतलाई नियन्त्रणबाहिर लिएकाले विकासनिर्माणका कार्य ठप्प हुने स्थिति आएको जनाएका छन् । निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष परवीर डाँगीले देशको भौतिक पूर्वाधार विकासको मेरुदण्डका रूपमा रहेको निर्माण उद्योग अत्यन्तै विषम र जर्जर परिस्थितिबाट गुज्रिरहेको तथ्य जानकारी गराउँदै मूल्यवृद्धि रोक्न माग गरिएको बताउनुभयो ।
शिक्षक व्यवस्थापन नहुँदा शैक्षिक सिकाइ प्रभावित
सल्यानका सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात असन्तुलित हुँदा शैक्षिक सिकाइमा असर परेको छ । विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहँदा विद्यालयको संरचना नै पुनः व्यवस्थित गर्नुपर्ने अवस्था देखिएको छ ।
शालिग्राम शिलामा मूर्ति बनाइँदै
मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत जोमसोमस्थित कालीगण्डकी नदीको किनारामा २२ फिट अग्लो शालिग्राम शिलामा मूर्तिका लागि ढुङ्गा काट्ने र स्केच बनाउन मूर्तिकार व्यस्त हुनुहुन्छ । दिनेश्वर महतोसहितका २१ जना अनुभवी मूर्तिकार शालिग्राम शिलामा मूर्ति कुँद्न छिनो, हथौडा, ग्रेन्डर जस्ता औजारको प्रयोग गरिरहनुभएको छ । मुस्ताङ घुम्न गाएका पर्यटक, स्थानीयवासीले समेत यो कामलाई निकै चासोपूर्वक हेर्ने गरेका छन् ।
दलित बस्ती अझै अस्थायी टहरामा
गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको महाविनाशकारी गोरखा भूकम्पको १२ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले गोरखा जिल्लामा मात्र ४७१ जनाले ज्यान गुमाएका थिए । विनाशकारी भूकम्पबाट गोरखासहित १४ जिल्लामा अत्यधिक मात्रामा क्षति पुगेको थियो । जसबाट हजारौँ घर भत्किए, सयौँले ज्यान गुमाए र बाँचेकाको जीवन पनि बदलियो तर भूकम्प गएको लामो समय बितिसक्दा पनि बारपाक सुलिकोट गाउँपालिका–१, गैह्रागाउँस्थित दलित बस्तीका केही परिवारका अझै पनि अस्थायी टहरामै बस्न बाध्य छन् ।
पर्यटकीय गन्तव्य बन्दै टिटीताल
मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत लाम्चो आकारको टिटीताल हेर्न पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ । ताल अवलोकन भ्रमणमा आउनुभएकी छिमेकी जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी पुन तिलिजाले पौडिँदै गरेका हाँस र तालको बिच भागमा रहेको थुम्कामा हाँसको गुँड देखेर दङ्ग पर्नुभयो । आकर्षक पूर्वाधार, चारैतिर धुपी र सल्लाका रुखको जङ्गल रहेको टिटीतालको मनोरम प्राकृतिक वातावरणले तिलिजा जस्तै दैनिक घुम्न जाने पर्यटक लोभिने गरेका छन् । धवलागिरि र नीलगिरि हिमालसहित प्राकृतिक सुन्दरता, भौगोलिक बनावटका कारण टिटीतालको अवलोकनका लागि जाने पर्यटक सन्तुष्ट भएर फर्किने गरेका छन् ।
पुर्चौंडी प्रशासन कार्यालयमा प्रमुख, सेवा सुचारु हुने अपेक्षा
जिल्लाको पुर्चौंडीमा रहेको इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुखको अभाव अन्त्य भएको छ । लामो समयदेखि प्रमुखविहीन अवस्थामा रहेको उक्त कार्यालयमा उत्तमबहादुर विष्टलाई प्रमुखको जिम्मेवारीसहित खटाइएपछि सेवा प्रवाह पुनः सुचारु हुने अपेक्षा गरिएको छ ।
फोहोर नउठ्दा नगर दुर्गन्धित
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका एक सातादेखि फोहोर नउठ्दा दुर्गन्धित बनेको छ । सर्वोच्च अदालतले डन्डा नदी किनारमा फोहोर डम्प गर्न रोक लगाएपछि नगरपालिकाको फोहोर व्यवस्थापन प्रणाली ठप्प भएको हो । विगत एक सातादेखि फोहोर सङ्कलन हुन नसक्दा मुख्य बजारदेखि भित्री टोलसम्म दुर्गन्ध फैलिएको छ भने स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ ।
उद्योग व्यापार महासंघ गण्डकीको अध्यक्षमा बागलुङका चोखाल चयन
नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका अर्जुन चोखाल चयन हुनुभएको छ । बागलुङ बजारमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट चोखाल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
प्रदेशभरिका खानेपानी योजना अलपत्र
लुम्बिनी प्रदेशका १२ जिल्लामा बर्सौंदेखि सुरु गरिएका खानेपानीका तीन सय ६८ आयोजना अलपत्र अवस्थामा रहेका छन् । दुई दशकअघि सुरु गरिएका केही योजनासमेत अझै सम्पन्न नभएपछि स्थानीयवासीले स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित हुनु परेको छ । यी आयोजना निर्माण हुन नसक्नुमा पर्याप्त बजेट विनियोजन नहुनु र सङ्घ–प्रदेशबिच समन्वय अभावलाई मुख्य कारण मानिएको छ ।
लागुऔषध ट्याब्लेट र क्याप्सुलसहित एकजना पक्राउ
सुनसरीको इटहरीमा लागुऔषध ट्याब्लेट र क्याप्सुलसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–११ बाट २९ वर्षीय मोहमद सहनेवाजलाई ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
सहरमा गुजुल्टिएका तार हटाइँदै
बुटवल बजार सौन्दर्यीकरण अभियान अन्तर्गत बजार क्षेत्रमा रहेका विद्युत् तथा टेलिकमका पोलमा गुजुल्टिएका तार व्यवस्थापन गर्न थालिएको छ । बुटवल उपमहानगरपालिकाले नयाँ वर्षको सुरुवातसँगै बुटवल बजार सुन्दरीकरण अभियान अन्तर्गत सडक किनारका पोलमा रहेका तार र सडकपेटी तथा फुटपाथ क्षेत्रमा जथाभाबी पार्किङ, तरकारी र फलफूल पसल तथा ठेला व्यवस्थापन थालेको हो ।
क्षमताभन्दा बढी चुनढुङ्गा बोकेका १३ टिप्पर नियन्त्रणमा
मकवानपुर प्रहरीले क्षमताभन्दा बढी चुनढुङ्गा बोकेका टिप्परहरू नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गस्तीका क्रममा हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीबाट ती टिप्परहरू नियन्त्रणमा लिएको हो ।
सर्लाहीका आधारभूत अस्पताल आएनन् सञ्चालनमा
पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको सर्लाहीको अधिकांश आधारभूत अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । ओलीले २०७७ मङ्सिर १५
अत्यधिक गर्मीले जनजीवन प्रभावित
एक सातादेखि नेपालगन्ज र आसपासका क्षेत्रमा तातो हावा लु चल्नुका साथै तापक्रम निरन्तर बढ्दै गएपछि सर्वसाधारणको दैनिक गतिविधि प्रभावित हुन थालेको छ । अत्यधिक तातो हावा लु चलेर एक्कासि बढेको गर्मीका कारण बाँकेसहित पश्चिम नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित भएको हो । बिहानैदेखि घाम अत्यधिक चर्किने, शरीर पोल्ने तातो हावा चल्ने गरेका कारण बजार तथा ग्रामीण क्षेत्र सुनसान जस्तै बन्न थालेका छन् भने सर्वसाधारणको हिँड्डुलसमेत घट्दै गएको छ ।
वर्षापछि गर्मीबाट राहत, सर्लाहीमा चट्याङ र हावाहुरीको असर
सर्लाहीमा शनिबार राति पूर्व–पश्चिम राजमार्ग क्षेत्र र आसपासका स्थानहरूमा मुसलधारे वर्षा भएको छ । दुई दिनदेखि अत्यधिक गर्मीबाट प्रभावित स्थानीयले वर्षापछि मौसम शीतल भएसँगै राहत महसुस गरेका छन् ।
‘बुवाको प्रेरणाले गर्दा म राजनीतिमा आएँ’
दुर्गम हिमाली जिल्ला सोलुखुम्बुले यस पटकको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकै सबैभन्दा कान्छी सांसदका रूपमा गीता गुरुङलाई पठाएको छ । नेपाली कांग्रेसले गुरुङलाई समानुपातिक सूचीमा राखेपछि उहाँ निर्वाचित हुनुभएको हो ।
देशभर बदली, धेरै प्रदेशमा वर्षा र चट्याङको सम्भावना
आइतबार बिहानैदेखि काठमाडौँसहित देशभरको आकाश बादलले ढाकिएको छ र वातावरण धुम्मिएको देखिएको छ ।
पाइलैपिच्छे विद्यालय र क्याम्पस विद्यार्थी भने जिल्लाबाहिर
जिल्लामा पाइलैपिच्छे गरी करिब ५५० वटा शैक्षिक संस्था भए पनि गुणस्तरीय शिक्षा र प्राविधिक विषयको अभावका कारण विद्यार्थी अध्ययनका लागि जिल्लाबाहिर गएका छन् ।
ढकमक्क गुफापाताल
कोणधारी सल्लाघारीको बिचमा ढकमक्क फुलेको एन्जेलिया फूलले गुफापाताल सजिएको छ । एन्जेलिया फूल फुल्ने मौसम सुरु भएसँगै गुफापाताल फूलले सजिएको हो । नेपाल–भारत सीमाक्षेत्रमा रहेको सूर्योदय
बढ्दै छन् आर्थिक अपराधका घटना
बागमती प्रदेशमा आर्थिक अपराधका घटना दिनहुँ बढ्दै गएका छन् । प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा पाँच आर्थिक वर्षको तथ्याङ्कले आर्थिक अपराधका घटना बढेको देखाएको हो ।
हट्दैछ दानसाँगुखोलाको समस्या
बाजुराको पूर्वीउत्तर क्षेत्रका बासिन्दाको दानसाँगुखोलामा ज्यान जोखिम राखेर वारपार गर्नुपर्ने समस्या बल्ल हट्ने भएको छ । मार्तडी–कोल्टी सडकको बिचमा पर्ने दानसाँगुखोलामा पुनल बन्ने भएपछि स्थानीय खुशी भएका छन् । विगत लामो समयदेखि पुल नहुँदा कुन्डावासीले दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको थियो । बुढीनन्दा नगरपालिका–२ का स्थानीय दीपक विकले दानसाँगुखोलामा पुल निर्माणको काम तीव्र पारेपछि बुढीनन्दा हिमाली स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकालगायतका स्थानीयलाई समेत बर्खाको समय निकै सहज हुने अपेक्षा व्यक्त गर्नुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
छत्रकोटमा महिला स्वास्थ्य शिविर सम्पन्न
गुल्मीको छत्रकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सबै वडामा महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।