‘श्रमिकले हक अधिकारका लागि अझ धेरै लड्नु छ’
नेकपा (एमाले) का केन्द्रीय अनुशासन आयोग सदस्य एवम् संविधानसभा सदस्य देवराज भारले मजदुर र श्रमिकले अझ धेरै हक अधिकारका लागि लड्न बाँकी रहेको बताउनुभएको छ ।
श्रमिकको हक हितका लागि खबरदारी पुगेनः ट्रेड युनियन
जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरूले बताएका छन् । उनीहरूले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमीक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन् ।
ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार
ढोरपाटन सिकार आरक्षमा चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो याम (फागुन–वैशाख) मा ११ नाउर र सात झारलको सिकार भएको छ ।
विदेशबाट फर्किएर मौरीपालन
पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन हुनुहुन्छ । विगत छ वर्षदेखि उहाँ मौरीपालन व्यवसायमा लाग्नुभएको हो ।
छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर
चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिनुभयो ।
बङ्गलादेशमा तीन दिने सामूहिक राजनीतिक र्याली सुरु
गत वर्षको विद्रोहपछि उत्सुकताका साथ प्रतीक्षा गरिएको चुनावका लागि समर्थन जुटाउँदै प्रतिद्वन्द्वी समूहहरूले ढाकामा सामूहिक प्रदर्शन गर्ने तयारी गर्दै बिहीबार बङ्गलादेशमा तीन दिने राजनीतिक र्यालीहरू सुरु भएका छन् ।
रामजानकी मन्दिर निर्माणको काम सुरु
लहान नगरपालिका–१७ हरिपुर एकरतियामा स्थानीयहरूले सामाजमा शान्ति ल्याउन रामजानकी मन्दिर निर्माणको काम सुरु गरेका छन् ।
ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस
पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा बुधबार डोनाल्ड ट्रम्प र उहाँका समर्थकहरूको आलोचना गर्नुभएको छ ।
ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु
यहाँको ऋषिङ गाउँपालिका–१ र ३ जोड्ने दिउली खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । सङ्घीय सशर्त अनुदान अन्तर्गत रु तीन करोड ८५ लाख ९३ हजार लागतमा पुल निर्माण सुरु गरिएको हो ।
संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक
बालबालिकालाई कला, संस्कार, परम्परा चिन्न र चिनाउन संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक गरिएको छ ।
स्वास्थ्य मन्त्रीद्वारा जिपीमा सञ्चालिन डायलसिस सेन्टरको उद्घाटन
तनहुँको शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामीलाई डायलासिसका लागि टाढा धाउनु पर्ने तथा पालो कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
आवासीय र घुम्ती शिक्षा खोज्दै उपल्लो मुस्ताङ पुग्छन् विद्यार्थी
जाजरकोट जिल्लाका खगेन्द्र विक उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२, छोसेरमा रहेको दिव्यदिप माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । भूकम्प प्रभावित परिवारका सदस्य विक आफन्तको सहयोगमा मुस्ताङ पुग्नुभएको हो ।
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।
छेडागाड नगरपालिकाले बाटो मर्मत गरी मनाइयो श्रम दिवस
यहाँको एक स्थानीय तहले गोरेटो बाटो मर्मत गरी श्रम दिवस मनाएको छ । छेडागाड नगरपालिका–१२ स्थित मनघाटको प्रशासनिक केन्द्र आउजाउ गर्ने बाटो मर्मत गरी १३६ औँ श्रमिक दिवस मनाएको हो ।
बार्सिलोना र इन्टर मिलानको बराबरी
स्पेनिस महारथि बार्सिलोना र इटालियन टोली इन्टर मिलानले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा बराबरी खेलेका छन् ।
वन क्षेत्रबाट अवैध उत्खनन, ट्याक्टरसहित तीन जना पक्राउ
धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट रातिको समयमा अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय धनुषाले तीनवटा ट्याक्टरसहित तीन जनालाई पक्राउ गरेको छ ।
तामाकोसीमा प्रजनन स्वास्थ्य शिविर : ३४३ महिला लाभान्वित
दोलखाको तामाकोसी गाउँपालिकामा निःशुल्क स्त्री रोग तथा महिला प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तामाकोसी गाउँपालिकाको आयोजनामा मङ्गलबार र बुधबार दुई दिने सञ्चाल गरिएको शिविरमा ३४३ जना महिला लाभान्वित भएका छन् ।
चन्दा सङ्कलन गरेर सामुदायिक भवन निर्माण
बागलुङ नगरपालिका वडा नं. ४ को उपल्लाचौरवासीले चन्दा सङ्कलन गरेर सामुदायिक काजक्रिया भवन निर्माणका छन् । स्थानीय र प्रवासी नेपालीबाट सहयोग जुटाएर २३ लाख रुपियाँको लागतमा तीन कोठे भवन निर्माण गरिएको हो ।
राष्ट्रिय हक्कीमा आर्मीको दोहोरो जित
विभागीय टोली त्रिभुव आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन दोहोरो जित निकालेको छ ।
रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका
रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि गत बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।
श्रमिक आयोग बनाउनुपर्नेमा नेता कोइरालाको जोड
नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिनुभएको छ । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
श्रमिक दिवस : सञ्चारमाध्यममा कार्यरत श्रमिक सम्मानित
एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा रेडियो, पत्रिकामा कार्यरत श्रमिकहरूलाई सम्मान गरिएको छ ।
श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गुर्जामा सामूहिक तरकारीखेती
धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यवसायिक तरकारीखेती सुरु गरेका हुन् ।