भादा गाउँमा सामुदायिक होमस्टे कार्यशाला हुँदै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा गाउँ विकास समितिका अध्यक्ष सुरेशराज जोशीका अनुसार वैशाख २१ र २२ गते कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १६ स्थित भादा थारु सामुदायिक होमस्टे थारु गाउँमा सञ्चालन हुँदैछ।
कैलालीको राजकाँडा गुलजार हुन्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कैलालीको राजकाँडा तीन प्रदेशको पर्यटन पवर्धननका लागि संगमस्थलको रुपमा विकास हुने बताउनुभयो ।
सुरु भयो रातो मच्छिन्द्रनाथको जात्रा (फोटो फिचर)
बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान गराएपछि विधिवत रुपमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ।
शुक्रबार माइतीघरमा धर्ना दिन सम्पूर्ण चिकित्सकलाई आह्वान
नेपाल चिकित्सक संघले शुक्रबार माइतीघरमा मण्डलामा धर्ना दिन सम्पूर्ण चिकित्सकलाई आह्वान गरेको छ। संघले बिहीबार विज्ञप्ति निकाल्दै सम्पूर्ण उपत्यका भित्रका चिकित्सकलाई ११ बजे माइतीघर मण्डलमा र उपत्यका बाहिराका चिकित्सकलाई जिल्ला प्रशासन कार्यलयमा धर्ना दिन आह्वान गरेको हो।
जबजको गन्तव्य परिपूर्ण लोकतन्त्र : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज)को गन्तव्य परिपूर्ण लोकतन्त्र भएको बताउनुभएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले बिहीबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको सभामा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो।
झिल्का सल्केर घरमा आगलागी
वस्तुलाई खोले पकाउने क्रममा आगोको झिल्का सल्केर घरमा आगलागी भएको छ । मकवानपुरको बकैया गाउँपालिका –१२ कोलखोपमा आगोको झिल्का सल्केर आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
अटो दुर्घटना हुँदा तीन जना घाइते
तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततले नजिक गोठीखोलामा अटो दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताउनुभएको छ।
बागमती प्रदेश युवासम्मेलन २०८२ हुँदै
प्रदेश युवा परिषद बाग्मतीले बैशाख २८ गतेदेखि ३० गतेसम्म बागमती प्रदेश युवासम्मेलन २०८२ आयोजना गर्दैछ ।
ओम अस्पतालमा 'ब्लड बैँक' स्थापना
ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैँक) स्थापना गरेको छ । हस्पिटलले 'मे' दिवसको सन्दर्भ पारेर आफ्नै ब्लड बैँक स्थापना गरिएको हो ।
भोजपुर मेयर गोल्डकप : एपिएफ फाइनलमा
विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आफैँले ढालेको रुखले च्यापिएर युवककाे मृत्यु
मकवानपुरको मकवानपुरगढीमा आफैँले ढालेको रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको बर्दिया जिल्लाको पर्यटकिय क्षेत्र पछिल्लो समय भने पर्यटकको आगमन हुन थालेको छ ।
निसान र आरभ फाइनलमा
निसान श्रेष्ठ र आरभसम्राट हाडा ११ औं सिटिजन्स बैँक टेनिस प्रतियोगिताको पुरुष सिङ्गल्समा बिहीबार फाइनलमा प्रवेश गर्नुभएको छ ।
लायन्स भलिबलमा पाहुना टोली इरानको विजयी सुरुवात
प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा पाहुना टोलीले विजयी सुरुवात गरेको छ ।
१० किमी रोड रेसमा मुकेश च्याम्पियन
मदन भण्डारी रोडरेस च्याम्पियनसिप अन्तर्गत १० किमी पुरुष खुलामा मुकेश पाल च्याम्पियन बन्नुभएको छ ।
भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरण समावेश गर्ने
भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरणहरू समावेश गर्ने छ । यो जनगणनाले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशका लागि व्यापक सामाजिक–आर्थिक र राजनीतिक प्रभाव पार्ने सम्भावना छ ।
एसइईको उत्तरपुस्तिका परीक्षण गर्न सुरु
। सरकार र शिक्षकबिच सहमति भएलगत्तै कपिलवस्तुमा एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तरपुस्तिकाको परीक्षण कार्य सुरु गरिएको छ ।
असिनाले स्याउमा लाखौँको क्षति
बुधबार साँझ परेको असिना पानीले जुम्लाको स्याउमा लाखौँको क्षति गरेको छ । गुठिचौरको पुर्विक्षेत्रमा सबैभन्दा बढि असिना पानीले क्षति गरेको हो ।
सुनवलमा लागेको आगलागीबाट १० कट्ठाको उखुबाली नष्ट
नवलपरासी पश्चिमको सुनवलमा लागेको आगलागीबाट १० कट्ठाको उखुबाली जलेर नष्ट भएको छ ।
गैरआवासीय नेपालीलाई दिएको नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम नगरेको टिप्पणी गर्नुभएको छ ।
‘कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि कोशी प्रदेश अनुकुल रहेको बताउनुभएको छ । शान्तिसुरक्षा, श्रमिक र लगानीकर्ताहरूबिच सुमधुर सम्बन्ध, विद्युत, सडकलगायत पूर्वाधार आदिका हिसाबले कोशी प्रदेश निकै अनुकूल रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ।१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउने भएकाले सबैको सहयोग र समन्वय गर्नुपर्ने बताउनुभयो ।
मन्त्री पौडेलद्वारा नि:शुल्क मुटुरोग शिविरको उद्घाटन
तनहुँको शुक्लागण्डकी नगरपालिका तथा आसपासका पालिकाका मटुरोगका बिरामीले निःशुल्क परीक्षण प्रदान गरिएको छ। शिविरमा सेवा लिनेको भिड लागेको छ।