• १८ वैशाख २०८२, बिहिबार

भोजपुर मेयर गोल्डकप : एपिएफ फाइनलमा

blog

बिहीबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

गोकुल भुजेल

भोजपुर, वैशाख १८ गते । विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

बिहिबार भएको सेमीफाइनल खेलमा एपिएफले जर्जीयन फुटबल क्लब भारतलाई १–० गोलले हरायो । एपिएफको जितमा दोस्रो हाफको अन्तिम मिनेटमा समिरोह थोकरले निर्णायक गोल गर्नुभयो । 

उहाँ म्यान अफ दी म्याच हुनुभयो । शुक्रबार भगवती स्पोर्ट्स क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेडबिच खेल हुने छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपियाँसहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।