• १८ वैशाख २०८२, बिहिबार

मन्त्री पौडेलद्वारा नि:शुल्क मुटुरोग शिविरको उद्घाटन

blog

शिविरको उद्घाटनको क्रममा बिरामीसँग भेट गर्ने क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल। तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १८ गते ।  तनहुँको शुक्लागण्डकी नगरपालिका तथा आसपासका पालिकाका मटुरोगका बिरामीले निःशुल्क परीक्षण प्रदान गरिएको छ। शिविरमा सेवा लिनेको भिड लागेको छ।

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आयोजनामा तथा सहिद गङ्गालाल हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएकोले निःशुल्क परिक्षणको अवसर पाएका हुन्। 

शिविरको बिहीबार नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभयो। सो अवसरमा मन्त्री पौडेलले स्थानीय स्तरमा हुने यस्ता परीक्षणले आर्थिक रूपमा कमजोर भएका जनतालाई सेवा प्रदान गर्न सहज हुने बताउनुभयो।

भविष्यमा जटिल खालका अन्य रोगका लागि परीक्षणको व्यवस्था मिलाइने मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सो अवसरमा मन्त्री पौडेलले केन्द्रबाट प्रदान गरिएको उपचारको सम्बन्धमा बिरामीसँग जानकारी लिनु भएको थियो। 

शिविरमा आठ सय जनाले परीक्षणका लागि नाम दर्ता गरेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो। शिविरमा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लको नेतृत्वमा उपचार भइरहेको छ।