‘पुष्पलालले बनाएको राजमार्गका हिँड्दै छौँ’
नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले बनाएको वैचारिक राजमार्गमा अहिले नेपाल अघि बढेको बताउनुभएको छ ।
गृहमन्त्रीसँग राजदूत चेन सङको भेटवार्ता
गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर राजदूत सङले गृहमन्त्री लेखकलाई बधाई दिनुभएको हो ।
राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन गरेको बताउनुभएको छ ।
परराष्ट्र मन्त्री राणासँग विद्यार्थीको आग्रह : बङ्गलादेशमा रहेका विद्यार्थीको सुरक्षा होस
बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् ।
६८ हेक्टर खाली जमिनमा एक लाख १० हजार वृक्षरोपण
डिभिजन वन कार्यालय बाँकेले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न स्थानका ६८ हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा रोपण गरेको छ । गत आर्थिक वर्ष ०८०–८१ मा उक्त सङ्ख्यामा वृक्षरोपण गरिएको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ ।
सम्बन्ध विच्छेदका मुद्दा बढ्दै
स्याङ्जा जिल्ला अदालतमा २०८०/८१ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
तनहुँ जिल्ला अदालतमा एक वर्षमा दुई हजार बढी मुद्दाको फैसला
तनहुँ जिल्ला अदालतले एक आर्थिक वर्षमा कुल मुद्दाको ७३.३ प्रतिशत मुद्दा फैसला गरेको छ । अदालतले गत आर्थिक वर्ष २०८०-८१ मा नयाँ र पुराना गरी दुई हजार सात सय ६६ मुद्दामध्ये दुई हजार २८ वटा अर्थात् ७३.३ प्रतिशत फैसला गरेको हो ।
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको दाबी पेस
नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएको छ ।
कर्णाली कोरिडोरको सलीसल्ला खार्पुनाथ सडक अवरुद्ध
कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि खार्पुनाथ गाउँपालिका-५ को खार्पुसम्मको सडक १८ दिनदेखि अवरुद्ध छ । हिल्सा सिमकोट सडक आयोजनाले अवरुद्ध सडक मर्मत नगर्दा यातायात सेवा अवरुद्ध भएको हो ।
बङ्गलादेशमा विरोध प्रदर्शनका क्रममा पाँच सयभन्दा बढी पक्राउ
बङ्गलादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ ।
इजरायलद्वारा गाजाका मानवीय क्षेत्र खाली गर्न आदेश
इजरायली सेनाले सोमबार गाजापट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ । दक्षिणी गाजा पट्टीमा अवस्थित मानवीय क्षेत्रको पूर्वी भाग इजरायलतिर रकेट प्रहार गर्न प्रयोग गरेको जानकारी दिँदै सेनाले हामास लडाकुविरुद्ध थप कारबाही सुरु गर्ने जनाएको छ ।
समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्छ : सांसद गौतम
राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सदस्य गौतमले यस्तो बताउनुभएको हो ।
‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणका बिरामी बढ्दै
बाँकेमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण बढ्दै गएको छ ।
सीमासम्बन्धी विषय कूटनीतिक संयन्त्रमार्फत समाधान गरिने : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका प्रधानमन्त्रीबिच भएका भेटवार्तामा सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत् समाधान गर्नेगरी अगाडि बढ्ने समझदारी भएको बताउनुभएको छ ।
नक्साबाटै बाढीको पूर्व सूचना दिने प्रणाली व्यवस्थापन
बबई नदीमा आउन सक्ने बाढीका विषयमा नक्साबाटै जानकारी लिन सक्ने प्रणालीको व्यवस्थापन गर्न थालिएको छ । नेपाल सरकार जल तथा ऊर्जा आयोगको एक टोलीले बबई नदीमा आउने बाढीका विषयमा अध्ययन गरी नक्सा प्रणालीका बारेमा व्यवस्थापन गर्न थालेको हो ।
‘संविधान संशोधनका लागि सबै दलसँग छलफल हुन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरुसँग छलफल गर्ने बताउनुभएको छ ।
इलाममा पुष्पलालको स्मृति दिवस
कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज इलाममा मनाइएको छ । नेकपा (एमाले) जिल्ला कमिटीले पार्टी कार्यालयमा पुष्पलालको स्मृति सभा गरेको हो ।
आन्तरिक राजस्व कार्यालयद्वारा छ अर्ब ६६ करोड राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा छ अर्ब ६६ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ दशमलव ७६ प्रतिशत सफलता प्राप्त भएको हो ।
भ्रष्टाचार नियन्त्रणका लागि सबै उपाय अवलम्बन गरिन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रुपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिने बताउनुभएको छ ।
‘कम्युनिष्ट र प्रजातान्त्रिक शक्ति मिल्दा राजनीति सङ्लिन्छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिष्ट र प्रजातान्त्रिक शक्ति मिल्दा धुमिलिएको राजनीति सङ्लो बन्ने बताउनुभएको छ ।
‘राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्नेगरी पाठ्यक्रम तयार पार्नुस्’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेडिकल शिक्षाले हाम्रा आवश्यकता पूरा गर्न सक्ने हुनुपर्ने बताउनुभएको छ ।
मल वितरणमा अनियमितता
मलको अभाव नभए पनि वितरण प्रक्रियामा अनियमितता देखिएको कृषि सहकारी संस्थाका सञ्चालकहरुले गुनासो गरेका छन् ।
लाइन काटिएका उद्योगको महसुलबारे प्रधानमन्त्रीद्वारा स्पष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधि सभाको आजको बैठकमा स्पष्ट पार्नुभएको छ ।