साढे छ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षमा
कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो ।
प्रभावकारी भएन नदी नियन्त्रण
तिनाउ नदी नियन्त्रण प्रभावकारी नहुँदा पाल्पा माडीका किसान धान खेती भित्र्याउनबाट वञ्चित भएका छन् । तिनाउ नदीको मुहान रम्भादेखि माडीफाँट सिमलघाँटसम्म सात किलोमिटरमा बगेको नदीलाई
चुनौतीका चाङमा कृषि क्षेत्र
दीर्घकालीन रूपमा नेपालको समृद्धिको आधार कृषि नै हो । परम्परागत रूपमा गरिँदै आएको कृषि प्रणालीलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै यसमार्फत कृषि उत्पादनमा बढोत्तरी गर्न सकिन्छ, जसले रोजगारी सिर्जनामा समेत ठुलो टेवा पुर्याउने छ । यसका लागि कृषि अनुसन्धान पहिलो सर्त हो तर सरकारले अनुसन्धानलाई खासै प्राथमिकतामा राखेको देखिँदैन ।
भोर्ले–दाहखानी सडकमा बजेट अभाव
चितवनको निर्वाचन क्षेत्र नंं. २ को पहाडी क्षेत्रमा जाने रणनीतिक सडकमा सरकारले बजेट नपठाएपछि एक वर्षदेखि निर्माण कार्य रोकिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले दिएको जानकारी अनुसार जिल्लामा सङ्घीय तीन वटा निर्वाचन क्षेत्रमा एउटा एउटा रणनीतिक सडक निर्माणका लागि योजना छ तर बजेटको अभावमा निर्माण कार्य ठप्प भएको छ ।
सवारी दुर्घटनामा कमी
धनुषामा विगतका तुलनामा आर्थिक वर्ष २०८०/८१ मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको ट्राफिक प्रहरीले जनाएको छ ।
नौमती जोगाउँदै सुङनामका मगर
तेह्रथुमको लालीगुराँस नगरपालिका–७, सुङनामका मगर समुदायले पन्चैबाजा बजाउने कला सिक्दै छन् । जातीय संस्कार र कर्मकाण्डमा पन्चैबाजा बजाउनेको अभाव हुँदै गएपछि मगर समुदाय आफैँले सो कला सिकेका हुन् ।
माग नभएपछि उत्पादन स्थगन गर्दै आइरन उद्योग
एक वर्षअघि मेल्टिङ प्लान्ट थप गरी उत्पादन सुरु गरेको सुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित प्रिमियर स्टिल उद्योगले उत्पादन बन्द गरेको छ । उद्योगले एक सातायता फलामे डन्डी उत्पादन र स्पन्ज मेल्टिङ गर्ने दुवै काम स्थगन गरेको हो । उद्योग बन्द भए पनि त्यहाँ कार्यरत कर्मचारीलाई भने बिदा दिइएको छैन । उद्योगले उत्पादन बन्द गरेर प्लान्ट तथा गोदाम सरसफाइमा ती मजदुरलाई खटाइरहेको छ ।
अभिलेख संरक्षणसम्बन्धी विधेयक ग्रहण
राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षण पहिलो संशोधन विधेयक–२०७७ सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधन ग्रहण गरेको छ । राष्ट्रिय सभामा सो विधेयक २०७७ असार १० गते दर्ता भएको थियो ।
पूर्वीनाकाबाट ८५ करोडको कोदो आयात
पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०र८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिनुभयो ।
बङ्गलादेशबाट एक हजार तीन सय स्वदेश फिर्ता
बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो ।
विराटनगरलाई डुबानमा पार्ने नाला खोलिँदै
दिउँसो २ बजेको चर्को घाम लाग्दा विराटनगरको सरदर तापव्रmम ३८ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रमको पर्वाह नगरी एक हुल युवा रबरको बुट लगाएर हातमा कोदालो र दाँते लिएर फोहोर नालीमा पस्छन् ।
रोपाइँ अन्तिम हुँदै
बागलुङ नगरपालिका–४ स्थित कुडुँले फाँटमा धान रोपाइँ गर्दै किसान । कुँडुले फाँट सहित बागलुङका अधिकांश फाँटमा रोपाई अन्तिम चरणमा पुगेको छ ।
सरकार गठनका लागि आह्वान
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई
राष्ट्रपति उम्मेदवारमा कमलालाई समर्थन
अमेरिकाका राष्ट्रपति जोए बाइडेन चुनावी मैदानबाट पछि हटेर राष्ट्रपतिको उम्मेदवारमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । सत्तारूढ डेमोक्रेटिक पार्टीले राष्ट्रपतिको उम्मेदवारी फि
‘प्रयोग गरेबापतको महसुल असुल हुन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रङ्क तथा डेडिकेटेड लाइन उपयोग गरेबापत उद्यमीले तिर्नुपर्ने महसुल असुल हुने बताउनुभएको छ । प्रयोग गरेको रकम असुल गर्नुपर्नेमा सरकार कुनै दुविधामा नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
वैदेशिक व्यापारमा सङ्कुचन: १५ खर्बको आयात, डेढ खर्बको निर्यात
मुलुकको समग्र वैदेशिक व्यापारमा सङ्कुुचन आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा आयात निर्यात दुवैमा गिरावट हुुँदा समग्र व्यापार खुम्चिएको हो । भन्सार विभागको तथ्याङ्क अनुुसार आर्थिक वर्ष २०८०/८१ मा आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख झरेको छ । आव २०७९÷८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपियाँ आयात भएको थियो ।
तलब समायोजनको गृहकार्य
नयाँ सरकार गठन भएसँगै सरकारले निजामती कर्मचारी र सुरक्षा निकायमा कार्यरत समान पदका कर्मचारीको तलब मिलान गर्न आन्तरिक गृहकार्य थालेको छ । सरकारले सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीको तलब मिलान गरी तलब वृद्धि गर्नका लागि आन्तरिक गृहकार्य गरेको हो ।
क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँचको मृत्यु, कैयौँ घाइते
क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
देशभरका नौ सडक खण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा
बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन् ।
सर्वोच्चमा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ
सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जनालाई पक्राउ गरिएको छ ।
पत्रकारिता अनुसन्धानबारे अभिमुखीकरण
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार विभागले एमफिल–पिएचडीका विद्यार्थीसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
मेषी दण्ड : मातृभाषामाथि दमनको एक इतिहास
सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ? आजका दिनमा सायद यो एउटा स्वैरकल्पना मात्र हुनसक्छ ।
न्यूरोड फुटपाथ विस्तारमा अध्ययन प्रतिवेदन बनाइने
काठमाडौँ महानगरपालिका अन्तर्गतको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने सम्बन्धमा अध्ययन प्रतिवेदन बनाउने सहमति भएको छ ।
माछा मार्नेक्रममा एकको मृत्यु
झापाको दमक नगरपालिका–३ धिमाल टोलको खोल्सीमा करेन्ट लगाइ माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।