प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबिचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ।
प्रेस स्वतन्त्रताको सीमा निर्धारण गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
मङ्गलबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सीमा भित्र रहेर प्रेस र न्यायपालिकाले कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। उहाँले सीमा भन्दा बाहिर केही नरहेको भन्दै लोकतन्त्रको पनि सीमा रहेको बताउनुभयो।
वन सम्बन्धी २३ वटा मुद्दा दर्ता
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष ०८०-०८१ मा वन र वन्यजन्तु सम्बन्धी विभिन्न किसिमका २३ वटा मुद्दा दर्ता गरेको छ ।
बागमतीको मुख्यमन्त्रीमा लामाको नियुक्ति आजै, बुधबार शपथ
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) लाई आजै मङ्गलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरिनेभएको छ।
दुधालु गाई पालनमा कृषकको बढ्यो आकर्षण
स्याङ्जाको वालिङ नगरपालिकाका कृषकहरु व्यावसायिक गाई पालनतर्फ आकर्षित भएका छन् । गाई खरिदमा अनुदान दिएको पालिकाले उत्पादनमा आधारित नगद अनुदान समेत दिदैआएको छ ।
बाँकेमा एक लाख १० हजार वृक्षरोपण
डिभिजन वन कार्यालय बाँकेले यो वर्ष ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । वृक्षरोपणअन्तर्गत विभिन्न जातका एक लाख १० हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
गोरखामा ८५ लाख ७१ हजार राजस्व सङ्कलन
गोरखामा ट्राफिक प्रहरीले एक वर्षको अवधिमा करिब ८५ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट कारबाही तथा जरिवाना गरी राजस्व रकम असुल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिव पाठकले जानकारी दिनुभयो ।
‘मौसमजन्य रोगबाट बालबालिकालाई यसरी जोगाऔँ’
आनन्दवन अस्पतालका बालरोग विशेषज्ञ डा.कालेबकुमार बुढाले वर्षायामको मौसममा बान्ता हुने, झाडापखाला लाग्ने, पेट दुख्ने लगायतका समस्या लिएर बालबालिका अस्पताल पुग्ने बताउनुहुन्छ ।
दाङमा जडीबुटी उत्पादन बढ्यो
दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
कांग्रेसका लामाद्वारा बागमतीको मुख्यमन्त्रीमा दाबी पेस
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) ले दाबी पेस गर्नुभएको छ।
बङ्गलादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक
बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बिच बङ्गलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैङ्क र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्सु नामक समूहद्वारा ह्याक गरिएको छ ।
कोदो खेतीमा किसानको आकर्षण घट्दाे
डोटी जिल्लाको ग्रामीण क्षेत्रमा कोदो उत्पादनतर्फ किसानको आकर्षण घट्दाे छ ।
प्रभावकारी ढङ्गले मौसमसम्बन्धी सूचना प्रवाह गर्न निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि उहाँले जनताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर विभागले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय समितिमा सदस्यहरुको नाम हेरफेर गरेको बारे जानकारी गराउनु हुनेछ ।
ताप्लेजुङमा सालकको उद्धार
ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ । सोमबार फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो ।
राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : उपराष्ट्रपति ह्यारिस
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताउनुभएको छ ।
कर्णालीमा एमाले–कांग्रेसको सरकार बनाउन बाटो खुल्यो
कर्णाली प्रदेश सरकारमा माओवादीले समर्थन फिर्ता लिएसँगै एमाले–कांग्रेसलाई औपचारिक रुपमा नयाँ गठबन्धनको सरकार बनाउन बाटो खुला भएको छ ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सञ्चालनमा
काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।
अध्यागमन ऐन निर्माणमा सघाउने गृहमन्त्रीको प्रतिबद्धता
गृहमन्त्री रमेश लेखकले अध्यागमनसम्बन्धी ऐन, कानुन निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय एकताका लागि नयाँ सरकार : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको अवस्था परिवर्तन गर्नका लागि नयाँ सरकार गठन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीद्वारा तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
जितेन्द्रको सपना त्रिशूलीमै बग्यो
गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोे खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुप¥यो । नदीमा बससँगै धेरैकोे जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य मात्रै गुमाएनन्, बाँच्ने आधार पनि सधैँको लागि अन्त्य भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरु हुँदैछ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीका एक चौथाई प्रदेश सभा सदस्यको मागमा प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान गर्नु भएको हो ।
मानव बेचबिखनबाट बालबालिकालाई जोगाउने प्रयासमा जोड दिन राष्ट्रसङ्घका प्रमुखको आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जुलाई ३० मा मनाइने अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा सन्देश जारी गर्दै बालबालिकालाई मानव बेचबिखनबाट जोगाउने प्रयासलाई थप सुदृढ गर्न आह्वान गर्नुभएको छ ।
सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु
पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म करिब पाँच सय मीटर भन्दा बढी दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ ।