सुत्केरी दिदी र कुरुवा बहिनीको निधन
जुम्लामा १२ दिनको सुत्केरी र उहाँलाई कुर्न एकै कोठामा सुतेकी बहिनीको निधन भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका –५, कालेखोलीस्थित कोठामा सुतेको अवस्थामा निसास्सिएका दुई दिदीबहिनीको निधन भएको प्रहरीले जनाएको छ ।
आँगनमा खेल्दाखेल्दै बालकको मृत्यु
रुकुमपश्चिममा एक बालकको आँगनमा खेल्दाखेल्दै मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा १ माथिल्लो कैलदेऊ निवासी लंबहादुर बोहराका दुई वर्षीय छोरा तनव बोहराको मृत्यु भएको हो ।
एमालेले टुङ्गो लगायो मन्त्री
नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता साझेदारी गर्ने सहमतिअनुसार बागमती प्रदेश सरकारमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको टुङ्गो लगाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय र भारतको एक इन्स्टिच्युटबिच सहकार्यको सम्झौता
सुदूरपश्चिम विश्वविद्यालय (एफडियु) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटिआर)बिच शैक्षिक र अनुसन्धानात्मक सहकार्यलाई सुदृढ गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ
ऊर्जा, जल स्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्नु आवश्यक रहेको बताउनुभएको छ।
निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छ
उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको छ।
एक अर्ब ११ करोड रुपियाँको आलु आयात
बाँके पश्चिम नेपालका विभिन्न जिल्लामा तरकारी खेती गर्ने किसान र उत्पादन दुवै बढ्दै गए पनि भारतबाट हुँदैआएको आलुको आयात भने घट्नुको साटो बर्सेनि बढ्दैगएको छ ।
फुटबलकर्मी लालबहादुरको निधन
नेपालका पूर्व राष्ट्रिय फुटबल तथा एथलेटिक्स खेलाडी लालबहादुर खड्काको मङ्गलबार ५९ वर्षको उमेरमा निधन भएको छ। उहाँ मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो।
कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्दा अचल सम्पत्ति नहुने व्यक्तिको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने बताउनुभएको छ।
कोशीमा हाम फालेकी महिलाको उद्धार
सुनसरीको कोशी ब्यारेजमा हाम फालेर आत्महत्या प्रयास गरेकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । महोत्तरी जिल्ला घर बताउने ६५ वर्षीय महिला मन्दीदेवी यादवले कोशी ब्यारेजको ११ नम्बर ढोकाबाट हाम फालेकी थिइन् ।
सरकारलाई असफल हुने छुट छैन : शेखर कोइराला
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
चुरे पहाड र राप्ती नदी
बाँकेको नरैनापुर गाउँपालिका–६ स्थित पहाडको टाकुरामा अवस्थित सन्तानेश्वर मन्दिरबाट देखिएको चुरे पहाड र फेदमा बगिरहेको राप्ती नदी ।
एसइई ग्रेड वृद्धिका लागि परीक्षा केन्द्र तोकियो
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि गुल्मीमा छ परीक्षा केन्द्र तोकिएको छ । यही साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि यस जिल्लाका विभिन्न चार विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।
भीमसेन थापा गाउँपालिकामा बुधबार सार्वजनिक बिदा
गोरखाको भीमसेन थापा गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन ९ गते नेपालका प्रमुख मुख्तियार जनरल भीमसेन थापाको जन्म दिन परेकाले सार्वजनिक बिदा दिन लागिएको भीमसेन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो ।
प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न माग
सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।
विपद् पीडितका लागि सबै जिल्लामा राहतको प्रबन्ध गरिएको छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो।
पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
गोरखामा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि गोरखा नगरपालिकामा निःशुल्क स्त्री रोग जनरल स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।
पहिरोपीडित परिवारलाई राहत वितरण
पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राहत रकम हस्तान्तरण गरेको छ । पोखरा–१९ पुरुन्चौर, तल्लाकोट टारीमा गत संसार २७ गते पहिरोमा परेका परिवारलाई राहत दिइएको हो ।
बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्थाबारे संसद्लाई जानकारी गराउन माग
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।
सेवाग्राहीको लागि टोल फ्री नम्बर
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सहजताको लागि नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको जनाएको हो ।
महिला एसिया कप : बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल
महिला एसिया कप क्रिकेटमा मङ्गलबार साँझ नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’को समूह चरणको अन्तिम खेलमा नेपाल र भारतको प्रतिस्पर्धा हुन लागेको हो।
मताने बेँसीमा बेठीको रमझम (फोटो फिचर)
नौमती बाजा, पाँच हल गोरु, २९ रोपाहार अनि १८ बाउसे छन् । फिदिम –५ को मताने बेसी मङगलबार घञ्चमञ्च देखियो । नौमती टोलीका सदस्यहरु खेतका गह्रामा पसेर बाजा बजाइरहेका छन् । रमितेहरु डिल र आलीबाट हेरिरहेका छन् ।
पहिरोको जोखिममा नाइना बस्ती
बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ को नाइना पहिरोको उच्च जोखिममा छ । अविरल वर्षातका कारण गाउँको बिचमा पहिरो लागेपछि अहिले नाइनाको पुरै गाउँ बस्ती नै पहिरोको उच्च जाेखिममा परेको हो ।
‘लोडसेडिङ छैन, बत्ती पनि आउँदैन’
पूर्वी नवलपरासीमा सूचनाबिना विद्युत् जाँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । दैनिक २० पटकसम्म विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत् कटौती) हुँदा विद्युतीय उपकरण बिग्रने गरेको स्थानीयको गुनासो छ ।