देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।
‘अदालतले विवादरहित न्याय सम्पादन गर्नुपर्छ’
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अदालतले विवादरहित न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
‘खाद्य सुरक्षा र व्यावसायिक खेतीमा जोड दिनुपर्छ’
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषिखाद्य सुरक्षा तथा व्यावसायिक खेतीका बारेमा फरक ढङ्गले सोचेर काम गर्नुपर्ने बताउनुभएको छ।
एरिकालाई ‘हिमालयन वारियर’ उपनाम
१९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल कराते खेलाडी एरिका गुरुङलाई नेपाल कराते महासङ्घले ‘हिमालयन वारियर’ उपनामले सम्मान गर्ने भएको छ ।
‘कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य हुँदैन’
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताउनु भएको छ ।
घ्याम्पेसालदेखि ताकुकोट जाने सडकखण्ड चार दिन बन्द
गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ को बहाकोटदेखि वडा ७ को वडा कार्यालय पाँचखुवा देउरालीसम्मको मुख्य सडक चार दिनको लागि बन्द हुने भएको छ ।
होटलमा मुख्यमन्त्रीको अनुगमन : म्याद गुज्रिएको मःमः, गन्हाएको तरकारी फेला
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका विभिन्न होटलको अनुगमन गर्नुभएको छ । यहाँका होटलहरूमा अस्वच्छ खाना पाइने गुनासो बढेपछि आइतबार साँझ उहाँको नेतृत्वको अनुगमन टोलीले विभिन्न होटल तथा मिठाइ पसलको निरीक्षण गर्दै मापदण्ड विपरीत रहेका खाद्य सामग्री जफत गरेर नष्ट गरेको छ ।
तस्बिरमा प्लाई उद्योगमा भएको आगलागी
दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सांग्रीला प्लाई तथा भेनियर उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
विद्युत् नीति परिमार्जनको प्रश्न
आर्थिक विकासको मेरुदण्डका रूपमा रहेका प्राकृतिक स्रोत र साधनमध्ये जलस्रोत एक प्रमुख हो । जलस्रोतका दृष्टिले विश्वमा दोस्रो धनी मुलुक भनेर चिनिएकाले यसलाई विकासको प्रमुख आधारका रूपमा परिचालन गर्न आवश्यक छ ।
असफल प्रयोगको पुनरावृत्ति असम्भव
जननिर्वाचित संविधान सभाको दुई तिहाइभन्दा बढी सदस्यको समर्थनबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागु भएको हो ।
उदार अर्थतन्त्रका आयाम
सरकार कसका निम्ति ? यो संसारभर विमर्श भइरहेकै प्रश्न हो ।
घर आगलागी हुँदा लाखौंको क्षति
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–५ थुकिमाको सिङथाप टोलका सन्तोष तामाङको घर आइतबार जलेर नष्ट हुँदा लाखौंको क्षति भएको हो ।
नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु
हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गएको पश्चिम नवलपरासीमा १३ जनाको मृत्यु भएको छ । दुई वर्ष अगाडि क्षयरोग पहिचान भएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सार्थक समावेशीकरणको खाँचो
राज्यको मूल प्रवाहमा आउन नसकेको तथा सहभागिता र अवसरबाट वञ्चित रहँदै आएको वर्ग, क्षेत्र, लिङ्ग तथा समुदायलाई राज्यप्रदत्त लाभ र अवसरमा समान हिस्सेदारी र सहभागिता सुनिश्चित गर्ने प्रक्रिया नै समावेशीकरण हो ।
आजको मौसम : देशभर आंशिक बदली
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सोमबार देशभर आंशिक बदलीदेखि मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दाङमा प्लाई उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी
दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो ।
हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ जना घाइते
काठमाडौँको चन्द्रागिरि नगरपालिका –२ नागाढुङ्गामा आज साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।
४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर
नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेका छन् ।
मुक्तिनाथ मन्दिरको खातामा साढे ९ करोड बढी भेटी
"नगद रसिद र दानपेटिकाको भेटीलाई बैंकमा जम्मा गरिन्छ, कर्मचारीको तलबसुविधा र आवश्यक क्षेत्रमा खर्च हुन्छ," सदस्य सचिव अर्यालले भन्नुभयो ।
चर्चामा नेपालगन्जको सुर्खेत रोड, फोटो खिच्नेको भिड
नेपालगन्जको चार लेन सडक अन्तर्गत सुर्खेत रोडको किनारका ‘बगमबेली’ फूलको चर्चा अहिले सामाजिक सञ्जालमा व्यापक देखिन्छ।
सुख्खा बन्दरगाह भन्सारद्वारा ३२ अर्बभन्दा बढी राजस्व असुली
वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
सुनको मूल्य तोलामा नौ सय घट्यो
गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आइतबार सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा नौ सय र चाँदी तोलामा १५ रुपियाँले घटेको छ ।
मोटरसाइकल दुर्घटनामा घाइते भट्टराईको मृत्यु
नौ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बाह्रदशी गाउँपालिका ६ का ३५ वर्षीय विकास भट्टराईको मृत्यु भएको छ । बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा शनिबार राति ८ बजे भट्टराईको मृत्यु भएको हो ।
समाज परिवर्तनमा सक्रिय बन्दै बर्दियाका किशोरी
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं.१२ मा रहेको भैसाही गाउँका २५ जना किशोरी यतिबेला समाज परिवर्तन गर्न जुटेका छन् । वडालाई बालबिवाह मुक्त गराउनेदेखि लागु औषध प्रयोग नियन्त्रण, महिला हिंसा रोकथामलगायत विभिन्न काममा सक्रिय बन्दै आएका हुन् ।