अध्यादेशमा समाविष्ट मुख्य विषय
आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी ११, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवासम्बन्धी १३ र भूमि तथा वनसम्बन्धी तीन गरी २७ ऐनमा अध्यादेशमार्फत संशोधन गरिएका छन् ।
पेट्रोलमा २, डिजेल र मट्टितेलमा ३ रुपियाँको दरले बृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । माघ ३ गते विहान १ बजेदेखि बृद्धिभएको मूल्य लागुहुने निगमले जनाएको छ ।
चिनियाँ नागरिकको अपहरण आरोपमा चार भारतीय पक्राउ
मकवानपुरको भीमफेदीबाट प्रहरीले चिनियाँ नागरिक अपहरणको आरोपमा चार जना भारतीय नागरिक नियन्त्रणमा परेका छन् । काठमाडौँबाट मङ्गलबार चिनियाँ नागरिक अपहरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा भिमफेदी गाउँपालिका –६ स्थित जुरिखेतबाट भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
राष्ट्रपति पौडेलद्वारा भूमि सम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएको छ।
यो सरकार ८४ निर्वाचनसम्म चल्छ : सचिव भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकार ८४ को निर्वाचनसम्मै चल्ने बताउनुभएको छ । प्रेस चौतारी दोलखाले बुधबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले सरकारको स्थायित्व नहुँँदा धेरै समस्या भएकाले हालको सरकार ८४ सालको निर्वाचनसम्म टिक्ने बताउनुभएको हो ।
ट्रम्पको शपथ ग्रहण समारोह ऐतिहासिक हुने
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आउन एक साता पनि बाँकी छैन तर सपथ ग्रहण समारोहको चर्चा भने निकै चुलिएको छ ।
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री
नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित
पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ ।
‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान दुई दिनदेखि बन्द भएको छ ।
झापामा यात्रुवाहक बस दुर्घटना : ११ जना घाइते
झापाको शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । बुधबार बिहान ६ः३० बजे काँकडभिट्टा पूर्वबाट धरान पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
बाँकेमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लास्थित राप्तीसोनारी–७ फत्तेपुर सर्रामा मङ्गलबार साँझ सात बजेतिर नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको थियो ।
तराईमा बिहान सवारी चलाउन असहज (फोटो फिचर)
घाम माथि आइसक्ने बेला भयो । तर बाहिर हेर्दा अझै उज्यालो देखिदैन । हुस्सु यति बाक्लो लागेको छ कि १० मिटर अगाडिको बस्तु देख्न पनि हम्मेहम्मे पर्छ । यसले सबैभन्दा बढी समस्या बिहानको समयमा सवारी साधन चलाउनेहरुलाई परेको छ ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ पर्नुभएको छ । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।
सामाजिक कर्मको उदाहरण
नेपाली समाजलाई हिंसामुक्त बनाउने सङ्कल्पसहित स्थापित संस्था हो माइती नेपाल ।
भूकम्पीय जोखिम र सावधानी
भूकम्प (भुइँचालो) पृथ्वीमा लगातार आउन सक्ने नियमित प्रक्रिया वा प्राकृतिक विपत्ति हो ।
पूर्वतयारीले क्षति न्यून
गोरखाको बारपाक केन्द्रविन्दु बनाएर २०७२ वैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको महाभूकम्प गएको पनि नौ वर्ष पूरा भइसकेको छ ।
सामाजिक सञ्जालको सदुपयोग गर्दा...
सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ ।
भूकम्पीय जोखिमबाट बच्न पूर्व तयारी आवश्यकः प्रदेश प्रमुख
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले यसबाट जोगिन पूर्व तयारी आवश्यक भएको बताउनुभएको छ ।
भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी
विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा हुनुहुन्छ । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ ।
हामीसँग देश विकासको प्रष्ट भिजन छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक परिवर्तन गर्ने सरकारको भिजनको जरुरी हुने बताउनुभयो । उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धित सरकारसँग देश विकासको प्रष्ट भिजन रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग देश विकासको प्रष्ट भिजन छ ।”
सपना अधूरै छाडेर अस्ताए चुङ्बा
चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा हुनुहुन्थ्यो । उहाँले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गर्नुभएको थियो । पारिवारिक स्रोतका अनुसार, उहाँले प्लेन टिकट पनि लिइसक्नुभएको थियो ।
रत्नेचौरको तोरीबारी र धौलागिरि हिमाल
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा फुलेको तोरी र पृष्ठभूमिमा धौलागिरि हिमालको मङ्गलबार दिउँसो देखिएको दृश्य । तोरी फुलेर मनमोहक बनेको रत्नेचौरको सुन्दरताले पर्यटकलाई आकर्षित गरेको छ ।
मुलुकको समृद्धिका लागि क्रियाशील हुन पर्वले उत्प्रेरित गर्ने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माघेसङ्क्रान्तिलगायत चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।