• १८ चैत २०८१, सोमबार

नेकपा एसको कार्यालयमा आगजनी

blog

प्रदर्शनकारीले नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा गरेको आगजनी । तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ, चैत १५ गते । काठमाडौँको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेको छ ।

शुक्रबार पूर्वराजाका समर्थकहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगनजी गरेका हुन् ।

यसअघि समर्थक प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गरेका थिए भने पेरिसडाँडा नजिक एक सरकारी गाडीमा समेत तोडफोड र आगजनी गरेका थिए ।

त्यस्तै, पेरिसडाँडा क्षेत्र अहिले पनि तनावग्रस्त छ । प्रदर्शनकारीहरूले नेकपा (माओवादी केन्द्र)को कार्यालयमा प्रवेशको प्रयास गरिरहेका छन् । 

यसैगरी, नेकपा (एमाले)को पार्टी कार्यालयमा प्रहरी सुरक्षा तैनाथ गरिएको छ ।