इन्द्रसरोवरमा सुमो दुर्घटना : तीन जना गम्भीर घाइते
हेटौँडा–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर–२, बतासेमा सुमो दुर्घटना भएको छ। बुधबार दिउँसो ३ बजेर ५५ मिनेटको समयमा सुमो दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
तीन महिनादेखि यारी नाकाको भन्सार बन्द
नेपाल र चीनको सिमानामा स्थापना भएको यारी नाका भन्सार कार्यालय तीन महिना भन्दा बढी समयदेखि बन्द रहेको छ। हिउदको समयमा चीनको ताक्लाकोटबाट व्यापार गरेर सामान नभित्रिने भन्दै बन्द गरिएको कार्यालय हालसम्म नखुलेको हो।
भीमफेदीस्थित नेपाली सेनाको ब्यारेकमा आगलागी
मकवानपुरको भीमफेदीस्थत नेपाली सेनाको बहुउद्देश्यीय प्लास्टिक कारखाना परिसरमा रहेको सेनाको ब्यारेकमा आगलागी भएको छ । बुधबार बिहान आगलागीबाट सेनाको जवान बस्ने भवन जलेर नष्ट भएको हो ।
प्रसारणको जननी रेडियो नेपाल
रेडियो नेपालले आफ्नो औपचारिक स्थापनाको ७५ औँ वार्षिक उत्सव (हिरक महोत्सव) आज मनाउँदै छ ।
उपभोक्ता अदालतले जगाएको आशा
नेपालको संविधानले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने हकको व्यवस्था गरेको छ
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. विश्व बैङ्कले सन् २०२५ मार्च २४ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको तीन दशकको आर्थिक वृद्धिदर कति रहेको छ ? ४.२ प्रतिशत
सार्वजनिक सेवा प्रवाह : विषयगत प्रश्नोत्तर
सार्वजनिक सेवा प्रवाह १. सार्वजनिक सेवा प्रवाह सुधारका सम्बन्धमा विकसित बाथो पेले अवधारणाबारे प्रकाश पार्दै नेपालमा सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता हासिल गर्न सेवा प्रदायक र सेवाग्राहीको भूमिकाहरू उल्लेख गर्नुहोस । दक्षिण अफ्रिकामा सार्वजनिक सेवा प्रवाह
चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै
सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत बुधबार दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताउनुभयो ।
आजको मौसम : वर्षाको सम्भावना छैन, तापक्रम बढ्दै जाने
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
सिमेन्टको मूल्य पच्चिस रुपियाँ घट्यो
सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्टको मूल्य बढ्नुको कारणसहितको विवरण पेस गर्न निर्देशन दिएको एक साताभित्रै सिमेन्ट उद्योगीले मूल्य घटाएका हुन् ।
७३ मेगावट क्षमताको विद्युत उत्पादन ठप्प
ताप्लेजुङमा निर्माण सम्पन्न भएकामध्ये सबैभन्दा ठुलो हाइड्रोपावर सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको उत्पादन करिब तीन साता अघिदेखि बन्द भएको छ ।
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ ।
खोर्लावेशीमा पाँच करोडको लागतमा बेलीब्रिज निर्माण हुने
उत्तरी गोरखाको धार्चे गाउँपालिका–३, खोर्लावेशीस्थित मिङरुङ खोलामा करिब ५ करोडको लागतमा बेलीब्रिज निर्माण हुने भएको छ ।
स्याङ्जामा बढ्न थाल्यो आगलागी र डढेलोका घटना
स्याङ्जामा आगलागीका घटना बढ्न थालेको छ । केही दिन यता जिल्लाका विभिन्न स्थानमा आगलागी भइरहेको छ । आगलागीले घर, गोठ जलेका छन् भने वनजङ्गलमा भएको आगलागीले खानेपानीका पाईप लगायत जलेका छन् ।
पाथीभरामा चढाइएको चार करोडभन्दा बढीको सुनचाँदी भएन लिलामी
ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन तथा चाँदी लिलामीमा बिक्री हुन सकेन । लिलामीका लागि तीन पटक सूचना जारी गरिए पनि एक सय ७८ तोला ८२ लाल सुन र पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी लिलामीमा बिक्री हुन नसकेको हो ।
नाै वर्षदेखि सुब्बाको भरमा इलाका प्रशासन
रौतहटको मध्य भागमा रहेको इलाका प्रशासन कार्यालय गरुडा विगत ९ वर्षदेखि नायव सुब्बाको भरमा सञ्चालन हुँदै आएको छ ।
असामान्य रूपमा तातो ग्रीष्म ऋतु आउने मौसम पूर्वानुमानकर्ताको चेतावनी
भारतमा यस गर्मीमा सामान्यभन्दा बढी तापक्रम हुने अपेक्षा गर्न सकिने र गर्मीका अधिक दिनहरूले जीवन र जीविकोपार्जनमा प्रभाव पार्ने मौसम कार्यालयले चेतावनी दिएको छ ।
१६ वर्षपछि त्रि–चन्द्र क्याम्पसमा स्ववियु निर्वाचन : मतदान जारी
त्रि–चन्द्र बहमुखी क्याम्पसमा मङ्गलबार बिहानदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान जारी रहेको छ । त्रि–चन्द्रका क्याम्पस प्रमुख प्रा.डा. निलम श्रेष्ठ प्रधानका अनुसार सोमबार विद्यार्थीको सर्वदलीय बैठक बसेर सहमति भएपछि आज बिहानदेखि मतदानको वातावरण बनेको हो ।
गणतन्त्र रक्षामा संसद् एक हुनु पर्छ
भोलिबाट मित्रराष्ट्र थाइल्यान्डमा मेरो औपचारिक भ्रमण हुँदै छ ।
ज्येष्ठ नागरिकप्रतिको दायित्व
हरेक वर्ष पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिन्छ ।
अपाङ्गता भएकाको अधिकार रक्षा
नेपालमा भएका विभिन्न आन्दोलनपछि समावेशीकरण र समानताको मुद्दा पेचिलो छ ।
बढ्दै भाइरल सङ्क्रमण
विगत केही हप्तादेखि भाइरल सङ्क्रमण र ज्वरोको प्रकोप बढेको छ ।
मंगलबारदेखि प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण : २२ गते सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन मङ्गलबार बैंककतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
बागमती प्रदेशको क्यालेन्डरमा थप चार सार्वजनिक बिदा समावेश गरिने
बागमती प्रदेश सरकारले बागमती प्रदेशको क्यालेन्डरमा चार सार्वजनिक बिदा समावेश गर्ने निर्णय गरेको छ ।