• २० चैत २०८१, बुधबार

७३ मेगावट क्षमताको विद्युत उत्पादन ठप्प

blog

हाइड्रोपावरको ड्यामसाइडमा निर्माणको कार्य हुँदै । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, चैत १९ गते । ताप्लेजुङमा निर्माण सम्पन्न भएकामध्ये सबैभन्दा ठुलो हाइड्रोपावर सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको उत्पादन करिब तीन साता अघिदेखि बन्द भएको छ । ७३ मेगावट क्षमताको हाइड्रोपावरको उत्पादन गत फागुन २८ गतेबाट ठप्प भएको हो । 

आयोजनाको ड्यामसाइडमा मर्मत सम्भारको कार्य जारी रहेकाले विद्युत् उत्पादन बन्द रहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन भित्रै विद्युत् उत्पादनको कार्यलाई सुरु गर्ने गरी निर्माणको कार्य तिव्र गतिमा भइरहेको छ । 

बर्खायामको समयमा आएको बाढी पसेर ड्यामसाइडमा क्षति पुर्‍याएकाे थियो । जसका कारण क्षमता अनुसारको उत्पादन नभएकाले मर्मतको कार्य अघि बढाइएको आयोजनाले जनाएको छ ।

करिब एक वर्ष अगाडिदेखि उत्पादन सुरु गरेको आयोजनाको विद्युत् कोशी काेरिडोर प्रसारण लाइनमा जडान गरिएको छ ।