लीलाराज खड्का
बिर्तामोड, चैत १० गते । नौ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बाह्रदशी गाउँपालिका ६ का ३५ वर्षीय विकास भट्टराईको मृत्यु भएको छ ।
बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा शनिबार राति ८ बजे भट्टराईको मृत्यु भएको हो । यही चैत १ गते राति १२ः४५ बजे बाह्रदशी ६ नारायण चोकस्थित भित्रि पक्की सडकखण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भट्टराई घाइते हुनुभएको थियो ।
उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।