राजेन्द्रको ज्याकेट सम्झिरहेको छु : प्रचण्ड
‘राजेन्द्रको ज्याकेट सम्झिराखेको छु। उहाँले गरिरहेको तर्क सम्झिराखेको छु। एउटा बौद्धिक, तर्कशील युवा हुनुहुन्थ्यो’, राजेन्द्र ढकाल ‘चेतन’को २६ औं स्मरण दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो।
तिब्बतमा भूकम्पपछि छ सय ४६ परकम्पन
दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल छ सय ४६ परकम्पनहरु पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।
रूसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा आक्रमण
युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसी वायु सेनालाई सेवा प्रदान गर्ने रूसी तेल डिपोमा आफ्नो सेनाले आक्रमण गरेको बुधबार जनाएको छ ।
नेपालीहरु शान्तिबाट समेत पीडित बनेका छन् : पूर्व कानुनमन्त्री शर्मा
पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएको बताउनुभएको छ ।
मूलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको स्राेत सुनिश्चितता गर्न निर्देशन
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणका लागि स्राेत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुङ्गिन सकेन : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताउनुभएको छ ।
यो वर्षको हिउँद पनि सुख्खा हुने, थपियो चुनौती
लगातार दुई वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मङ्सिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ ।
भुक्तानी नपाउँदा समस्यामा निर्माण व्यवसायी
गत आर्थिक वर्षको बक्यौता नेपाल सरकारबाट भुक्तानी नपाउँदा समस्यामा परेको निर्माण व्यवसायीले बताएका छन् । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघद्वारा आयोजित पत्रकार सम्मेलनमा निर्माण व्यवसायीले बक्यौता नपाउँदा टाट पल्टेको बताएका हुन् ।
ठुलीभेरी किनारमा एक पुरुषको शव फेला
रुकुमपश्चिममा एक व्यक्तिको शव फेला परेको छ । बुधबार बिहान आठबिसकोट नगरपालिका –१३ भल्ल गाउँ नजिक ठुलीभेरी नदि किनारमा एक पुरुषको शव फेला परेको हो ।
नारायणीको पानी फर्काउन स्थानीयको अवरोध
जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणीपीडितले अवरोध गरेपछि नदीको बहाव परिवर्तन गराउने का
सोलुखुम्बु प्रहरीले सुरु गर्यो ‘चालकसँग दुई मिनेट कार्यक्रम’
हिमाली जिल्ला सोलुखुम्बुमा मङ्गलबार अपराह्नदेखि यस वर्षको पहिलो वर्षा तथा हिमपात भएसँगै सोलुखुम्बु प्रहरीले ‘चालकसँग दुई मिनेट कार्यक्रम’ सुरु गरेको छ ।
काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण हुने क्रम जारी
नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी छ ।
ताप्लेजुङमा वर्षा र हिमपात
ताप्लेजुङमा मङ्गलबार राति वर्षा र हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च भेगमा बाक्लो हिमपात भएको हो । ताप्लेजुङमा यो दोस्रो पटक हिमपात भएको हो ।
तिब्बत भूकम्प : १२६ जनाको मृत्यु
चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ ।
सिम्जुङ–महाभीर–घ्याच्चोक सडक दैनिक १० घण्टा बन्द
गोरखाको अजिरकोट र बारपाक सुलीकोट गाउँपालिका जोड्ने सिम्जुङ – महाभीर–घ्याचोक सडक खण्ड आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । अजिरकोट गाउँपालिकाले एक सूचना जारी गर्दै बुधबार बिहान ७ देखि बेलुका ५ बजेसम्म दैनिक १० घण्टा सडक बन्द हुने जनाएको हो ।
देशभर पश्चिमी वायुको प्रभावः तराईमा हुस्सु
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।
हाइटी हिंसामा गत वर्ष पाँच हजार छ सयभन्दा बढीको मृत्यु : राष्ट्रसङ्घ
हाइटीमा बढ्दो गिरोह हिंसाले गत वर्ष पाँच हजार छ सयभन्दा बढीको ज्यान लिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । अघिल्लो वर्षको तुलनमा यो आँकडा एक हजारभन्दा बढी हो । यस अवधिमा हजारौँ घाइते भएका वा अपहरणमा परेका छन् ।
सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भेट गर्नुभएको छ।
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ ।
तिब्बत भूकम्प : सोलुखुम्बुमा दर्जन घरमा क्षति
भूकम्पका कारण सोलुखुम्बुमा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयको भवनसहित आधा दर्जन घरमा क्षति पुगको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा रहेको भवन चिरा परेको जानकारी प्राप्त भएको छ ।
हमासले केही बन्दी रिहा गर्दै : विपिन छुट्ने प्रतीक्षामा नेपाल सरकार
हमास आतङ्ककारी समूहले इजरायलको गाजा नजिकैको सहरबाट अपहरण गरी लगेका बन्दीमध्ये ३४ जनालाई अपहरण मुक्त गर्ने भएको छ। सन् २०२२ को अक्टोबर ७ मा सयौं सर्वसाधारण अपहरणमा परेका थिए।
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गर्नुभएको छ ।
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।