नीति र एजेन्डामा बहस गरेर मात्र मतदान गरौँ : महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात्र मतदान गरिनुपर्ने बताउनु भएको छ ।
कांग्रेसमा अहिले नयाँ जोस र ऊर्जा देखिएको छ : विमलेन्द्र निधि
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले मुलुकलाई सही दिशामा अगाडि बढाएको बताउनु भएको छ ।
मतदान प्रकिया सिकाइँदै
जाजरकोटका गाउँमा मतदाता शिक्षा सञ्चालन गरिएको छ । प्रतिनिधि सभा निर्वाचनलक्षित जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
सडक यातायातको सुरक्षा
सडक यातायात सुरक्षित, विश्वसनीय र भरपर्दो बन्न नसक्दा मुलुकले जनधनको ठुलो क्षति भोग्नु परेको छ । मुलुक प्रतिनिधि सभा निर्वाचनको सँघारमा छ । पछिल्लो समय दिनहुँ जसो हुने गरेको सडक दुर्घटनाका कारण मतदानका लागि घर फर्कने यात्रुको सुरक्षा चुनौतीपूर्ण बनेको छ । चुनावको समयमा यातायातका साधनको बढी प्रयोग हुन्छ । सुगमदेखि दुर्गम सबै नि
लोकतन्त्र, निर्वाचन र सञ्चार
युवापुस्ताले भदौ २३ र २४ मा गरेको विद्रोहको पृष्ठभूमिमा अपर्झट घोषित विशेष निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोग अन्तिम घडीमा आइपुगेको छ । विशिष्ट राजनीतिक परिस्थितिमा निर्वाचन आयोगले संविधानले तोकेको समयसीमाभित्र निर्वाचन कार्य सम्पन्न गर्ने दिशाउन्मुख छ । निर्वाचनको वातावरण निर्माणका लागि देशमा स्थापित राजनीतिक दल, विद्रोहबाट आएको नयाँ पुस्ता, सरका
विकासको बहुआयामिक यात्रा
‘विकास’ शब्द आधुनिक राजनीति, अर्थशास्त्र र सामाजिक जीवनको सर्वाधिक चर्चित तर विवादास्पद शब्द हो । प्रायः विकासलाई आर्थिक वृद्धिसँग गाँसेर हेरिन्छ तर यो त्यसभन्दा धेरै व्यापक अवधारणा हो । विकास भनेको मानिसको स्वतन्त्रता, क्षमता र सम्भावनाको विस्तार हो, समाजका सबै वर्गको जीवनस्तरमा हुने ठोस सुधार हो र प्रकृति र मानवबिचको दिगो सन्तुलनको स्थापना हो ।
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. २५ औँ संस्करणको शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२६ फेब्रुअरी ६–२२, मिलान–कोर्टिना, इटाली – मोट्टो : इट्स योर भाइव – सहभागी राष्ट्र : ९२
सूचना प्रविधि न्यायाधिकरणको कार्य : विषयगत प्रश्नोत्तर
सूचना प्रविधि न्यायाधिकरणको कार्य १. सूचना प्रविधि न्यायाधिकरणको गठन र यसको कार्यक्षेत्र सम्बन्धमा के कस्तो कानुनी व्यवस्था रहेको छ ? सङ्क्षिप्तमा उल्लेख गर्नुहोस् । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६० मा सूचना प्रविधि न्यायाधिकरणको गठनसम्बन्धी व्यवस्था रहेको छ । कम्प्युटरसम्बन्धी कसुरको सुरु कारबाही र किनारा गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको योग्यता पुगेका व्यक्तिबाट कानुन सदस्य, सूचना प्रविधि सदस्य र वाणिज्य सदस्य रहने गरी तीन सदस्यीय सूचना प्रविधि न्यायाधिकरणको गठन गर्छ
यातायात कार्यालयका अधिकृतसहित दुई जना घुससहित पक्राउ
मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत छैटौं अमृत भेटुवाल घुस रकमसहित पक्राउ परेका छन् ।
सञ्चार मन्त्रालयका सचिव बस्नेतद्वारा गोरखापत्र संस्थानको अवलोकन निरीक्षण (फोटो फिचर)
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले गोरखापत्र संस्थान प्रकाशन गृहको आज स्थलगत अनुगमन निरीक्षण गर्नुभएको छ ।
निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने
चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
दाङ-२ लाई शैक्षिक हब र आत्मनिर्भर कृषि क्षेत्र बनाउने प्रतिज्ञापत्र
दाङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले समग्र क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राख्दै आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ।
कपिलवस्तु क्षेत्र नंं. १ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ ले प्रतिनिधिसभा निर्वाचनका लागि ‘सङ्कल्प पत्र (भिजन सेवन)’ सार्वजनिक गरेको छ ।
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय
सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सङ्घियता समाप्त पार्ने षडयन्त्र हुँदैछ : अध्यक्ष उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले एकपटक फेरी सङ्घियता समाप्त पार्ने षडयन्त्र भइरहेको बताउनुभएको छ ।
पश्चिमी न्यूनचापीय रेखाको प्रभावः आज हल्का वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
तनहुँमा चुनावको तयारी तीव्र : मतदान अधिकृत र सहायक अधिकृतलाई प्रशिक्षण
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण दिइएको छ ।
सडक दुर्घटनामा ज्यान गुमाएका कांग्रेस नेता न्यौपानेको अन्तिम संस्कार
नेपाली कांग्रेस कालीकोटका नेता जन्मप्रसाद न्यौपानेको मङ्गलबार कर्णाली नदीमा अन्त्येष्टि गरिएको छ ।
नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।
विश्वसनीय र सन्तुलित समाचार हाम्रो जिम्मेवारी
गोरखापत्र दैनिकले १२५ वर्ष पूरा गरी १२६ वर्षको खुडकिलो टेक्नै लाग्दा हामी डिजिटल प्रकाशनको चौथो वार्षिकोत्सव मनाइरहेका छौंं । यत्ति लामो इतिहास बोकेको गोरखापत्रको डिजिटल प्रकाशनमा भने २०६९ मंसिरदेखि गोरखापत्र अनलाइन डट कम डोमेनमा व्यवस्थित ढङ्गले समाचार प्रकाशन सुरु भएको हो ।
बहुगुणी वानस्पातिक उपयोग
नेपाल हिमाली र पहाडी भूबनोटले बनेको मुलुक हो । उचाइ र स्थानको अवस्थिति अनुरूप विविध हावापानी पाइन्छ । यसले जैविक विविधतालाई व्यापक बनाएको छ । जैविक विविधताले भरिपूर्ण नेपालको सबैभन्दा ठुलो सम्पत्ति भनेको नै बहुमूल्य आयुर्वेदिक जडीबुटी हो । अनेक जडीबुटी सुगन्धित छन् र त्यस्ता वनस्पतिको भण्डार पनि हो, नेपाल । नेपालको वनस्पति संसारभर प्रसिद्ध नै छन् ।
नैतिक नेतृत्व र विवेकपूर्ण मतदान
पवित्र देवभूमि नेपाल लामो र जटिल राजनीतिक परिवर्तनको यात्राबाट गुज्रिरहेको छ । राणाकालीन निरङ्कुश शासनको अन्त्यसँगै प्रजातन्त्रको उदयले जनतालाई स्वतन्त्रता, अधिकार र समृद्धिको
सिटिइभिटीको आगामी यात्रा
नेपालमा प्राविधिक शिक्षाको विकासका लागि संस्थागत रूपमा पहल गरिएको तीन दशकभन्दा धेरै भइसकेको छ । २०४५ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको स्थापनासँगै औपचारिक रूपमा प्राविधिक शिक्षाको सूत्रपात भएको हो । योभन्दा अघि पनि प्राविधिक शिक्षाको विकासका लागि केही प्रयास भए तर त्यो सार्थक हुन सकिरहेको थिएन
देश अब एमालेले सम्हाल्छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा (एमाले) मात्र रहेको बताउनुभएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उहाँले आगामी चुनावपछि एमालेलेनै देश सम्हाल्ने बताउनुभयो ।