‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई
टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) अन्तरविद्यालय स्तरीय समाचार प्रतियोगिताको छात्रातर्फ तेजस्वी एकेडेमी र छात्रतर्फ संस्कृत स्कुल प्रथम भएका छन् ।
चिसो बढेपछि तोक्पेगोला र घुन्साका बासिन्दाले गाउँ छाडे
ताप्लेजुङको हिमाली बस्ती पापुङको तोक्पेगोला र लेलेपको घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छाड्न सुरु गरेका छन् । जाडो बढ्न थालेपछि तोक्पेगोला र घुन्साका बासिन्दाले चिसो छल्न अर्थात चिसोबाट जोगिनलाई गाउँ छाड्न सुरु गरेका हुन् ।
मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस गर्न र सबैले खुलेर कुरा गर्न अपिल गर्नुभएको छ ।
बर्दियाबाट चार महिलासहित पाँच केन्द्रीय सदस्य निर्वाचित
बर्दियाबाट नेकपा एमालेको ११ औँ राष्ट्रिय अधिवेशनमा प्रतिनिधित्व गर्नुभएका पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ भने एक जना लेखा आयोगको सदस्यमा निर्वाचित हुनुभएको छ ।
एमाले महाधिवेशन : लमजुङबाट उपाध्यक्षसहित ८ जना निर्वाचित
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट लमजुङका उपाध्यक्षसहित ८ जना केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएको छ ।
हुस्सु र शीतलहरले हवाइ उडान अवरुद्ध
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा शुक्रवार दिउँसोसम्म नेपालगन्ज बिमानस्थल बन्द रहेकोले हवाई उडान अवरुद्ध भएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।
सार्थक आर्थिक बहस
पर्याप्त सम्भावना हुँदाहुँदै पनि नेपाल धनी तथा समृद्ध मुलुक बन्न सकेन । गरिबीमा बाँच्नुपर्ने अवस्था मुलुककै लागि विडम्बना हो । विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा आइपुग्दा पनि मुलुकमा राजनीतिक स्थायित्व भएन । सधैँको राजनीतिक अस्थिरताले अर्थतन्त्र कमजोर बन्यो । स्वदेशी तथा विदेशी लगानी आकर्षित हुन नसक्दा पर्याप्त उद्योगधन्दा र
अर्थतन्त्रबारे गहन विमर्श
नेपालको पत्रकारिता क्षेत्रमा गौरवमय इतिहास बोकेको ‘गोरखापत्र दैनिक’ को १२५ औँ वर्ष (शताब्दी रजत) तथा नेपालको पहिलो अङ्ग्रेजी भाषाको ब्रोडसिट दैनिक ‘दी राइजिङ नेपाल’ ६१ औँ वर्ष प्रवेश गरेको ऐतिहासिक अवसरमा ‘गोरखापत्र
कृषिले खोजेको क्रान्ति
सोभियत सङ्घको विघटनसँगै विश्वबाट समाजवादको अन्त्य भयो । अब समाजवादको विकल्प नवउदारवाद हो भनेर लागु गरिएको नवउदारवादी अर्थनीतिले उत्पादन र वितरणको क्षेत्रमा उदारीकरण र निजीकरणको नीति अवलम्बन ग¥यो । नवउदारवाद पुँजीवादको सिँगारिएको नयाँ नाम हो । मुलुकको आर्थिक विकास, उत्पादन र रोजगारीमा देशभित्र ध्यान दिनेभन्दा पनि बहुर्राष्ट्रि
वन व्यवस्थापनबाटै समृद्धि
वनको क्षयीकरणमा सुधार र गुणस्तरमा पारेको सकारात्मक प्रभावलाई उच्च मूल्याङ्कन गरेर सन् २०११ सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा घोषणा गरिएको ‘फ्युचर पोलिसी अवार्ड’ का लागि नेपालको सामुदायिक वन कार्यक्रम छनोट हुनु नेपालीका लागि गर्वको विषय हो । सहभागितामूलक कार्यक्रमबाट प्राप्त उपलब्धिले विश्वमा नेपाललाई सामुदायिक वनको सफल अभ्यासकर्ताको पहिचान दिलाए
सिकाइमा प्रविधिको उच्चतम प्रयोग
हरेक मानिसको मस्तिष्क र आत्माको विकास नै शिक्षा हो । शिक्षा मानवको चौतर्फी विकासको आधार पनि हो । शिक्षाको विकासका लागि हरेक देशले समयोचित विकासमा जोड दिएका हुन्छन् । शिक्षाले मानवलाई हरेक समस्याको समाधान गर्न सक्षम बनाउँछ । सामाजिक न्यायका लागि आवाज उठाउन, कानुनको पालना गर्न, समस्यामा सही निर्णय लिन र मानवलाई सक्षम बनाउने कार्य शिक्षा
‘स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन’ शीर्षकमा बहस
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ ।
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनुभएको छ ।
एमाले ११ औँ महाधिवेशन : निर्वाचितले लिनुभयो शपथ
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
हेटौँडाको प्रगतिचोकमा सवारी दुर्घटनामा सात जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका ९ स्थित प्रगतिचोक सडक खण्डमा सवारी दुर्घटनामा सात जना घाइते भएका छन् ।
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत
सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुग्नुभएका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित हुनुहुन्छ ।
राइजिङ नेपालको ६० औँ वार्षिकोत्सवमा पुरस्कार र सम्मान
नेपालको पहिलो अंग्रेजी दैनिक दि राइजिङ नेपाल दैनिकको ६० औँ वर्षगाँठको अवसरमा तीन जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ ।
प्रदीप ज्ञवालीलाई सदस्यमा सर्वाधिक मत
नेकपा (एमाले) को ११ औं महाधिवेशनमा उपाध्यक्ष पदलाई तिलाञ्जली दिएर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिनुभएका नेता प्रदीपकुमार ज्ञवाली खुला सदस्यतर्फ सर्वाधिक बढी मत ल्याएर निर्वाचित हुनुभएको छ ।
समयमा सङ्कट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा सङ्कट समाधान नभए विष्फोटको अवस्था आउने बताउनुभएको छ।
लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनुपर्ने बताउनु भएको छ ।
पुँजी परिचालन र नीतिगत सहजीकरण : प्रत्यक्ष प्रसारण
बहसमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक गुरु पौडेल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, अर्थशास्त्री डा. पारस खरेल सहभागी हुनुहुन्छ ।
सरकारले निजी क्षेत्रमा तोडफोड गर्नु हुँदैन भन्ने सन्देश दिनु पर्छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश दिनुपर्ने बताउनुभएको छ ।
एमाले महाधिवेशन : सर्वाधिक मत ल्याउने तीन पदाधिकारी
नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित हुनु भएको छ । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले १७३७ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ७८ प्रतिशत मत हो ।
उपाध्यक्षमा सर्वाधिक मत ल्याएर पृथ्वी सुब्बा गुरुङ निर्वाचित
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित हुनु भएको छ । निर्वाचितमा पृथ्वी सुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो ।