श्रम मन्त्रीद्वारा ‘इपिए’को निरीक्षण
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले आज भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (इपिए)को निरीक्षण गर्नुभएको छ ।
वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण
आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ ।
पर्यटनमन्त्रीसँग पोखरेलीको अपेक्षा : ‘विदेश उडान होस्, फेवा जोगियोस्’
पर्यटन राजधानी पोखराकै बासिन्दा खडकराज पौडेल (गनेस) सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएपछि पोखरेली उत्साहित छन् ।
मुख्यमन्त्री यादवद्वारा संशोधन विधेयक फिर्ता
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभामा प्रस्तुत गरिएको गाउँ सभा, नगर सभा तथा जिल्ला सभा कार्य सञ्चालन (कार्यविधि) ऐन, २०७७ संशोधन विधेयक फिर्ता लिनुभएको छ ।
सङ्घीय संसद् बैठक बिहीबार बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २:०० बजे सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री
नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री वितरण गरेको छ ।
गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण
गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ ।
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
निजी क्षेत्रलाई सहज वातावरण बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शाहद्वारा सांसदहरूसँग छलफल
प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल आरम्भ गर्नुभएको छ ।
महासङ्घको स्थापना दिवसमा तनहुँका छ पत्रकार पुरस्कृत
नेपाल पत्रकार महासङ्घको ७१ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले जिल्लाका छ जना पत्रकारलाई विभिन्न विधाका पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।
सप्तरीमा लागुऔषध र दुई मोटरसाइकल सहित चार जना पक्राउ
सप्तरी प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।
तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट इजरायलले तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र पारेको जनाएको छ ।
मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण
मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल एयरलाइन्सद्वारा सुर्खेत सिमकोट उडान सुचारु
लामो समयपछि नेपाल एयरलाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतबाट सिमकोटका लागि उडान सुचारु गरेको छ ।
अभद्र व्यवहार मुद्दामा एक जना पक्राउ
सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
ठेकेदारको लापरबाहीः २६ करोडको गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
तनहुँ र नवलपुरको दुई पालिका जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो रहेको छ। ऋषिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन मोटर गुड्ने पुल ठेकेदारको चरम लापरबाहीका कारण अलपत्र परेको हो।
मन्त्रिपरिषद् बैठक आज बस्दै
मबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाउनुभएको हो ।
गोरखालाई विश्वभरि चिनाउने योजनामा लाग्छु
गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभामा निर्वाचित सांसद कवीन्द्र बुर्लाकोटीले गोरखालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरी समग्र विकासको योजना अघि सार्ने बताउनुभएको छ । नवनिर्वाचित सांसद बुर्लाकोटीले आफ्नो प्राथमिकता पर्यटन, पूर्वाधार र ऊर्जा विकासमार्फत जिल्लालाई नमुना बनाउने योजना रहेको जनाउनुभएको छ ।
सांसद खनाल सुस्तामा, स्थानीय समस्या बुझ्न स्थलगत अनुगमन
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधि सभा बिक्रम खनाल सुस्ताबासीको समस्या बुझ्न सुस्ता पुग्नुभएकाे छ। सोही निर्वाचन क्षेत्रमा पर्ने सुस्तामा स्थानीयले भोग्दै आएका विविध समस्या बुझ्न उहाँले स्थलगत जानकारी लिनुभयो।
गोर्खा इतिहास संरक्षण गर्न तस्बिर ग्यालरी
गुल्मीको सत्यवती गाउँपालिका भार्सेलाई लाहुरेगाउँ भनेर चिनिन्छ । सो गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रूपले समेत अध्ययन केन्द्र बन्दै गएको छ । गुल्मीको भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेको तस्बिर र इतिहासका लागि स्थापना गरिएको भार्से भूपू गोर्खा तस्बिर ग्यालरी उद्घाटन गरिएको छ ।
शासकीय सुधार मार्गचित्र
अब यथास्थितिमा पुरानो पाराले मुलुक चल्न सक्दैन र चलाउनु पनि हुँदैन । झन्डै दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ सरकारले नयाँ तरिकाले मुलुक चलाउने प्रतिबद्धता व्यक्त गरेको छ । यो सरकारप्रति आमनागरिकको ठुलो अपेक्षा छ । मुलुकमा सुशासन होस् र भ्रष्टाचार तथा अपराध नियन्त्रण होस् भन्ने कामना छ । जनअपेक्षा अनुसार काम गर्न सरकारले शनिबार शासकीय सुधारस
सुशासन र आर्थिक सुधार
इतिहास केवल अतीतको घटनाक्रमको अभिलेख मात्र होइन । वास्तविक इतिहास भनेको अतीतको यथार्थ र वस्तुपरक विश्लेषण हो । इतिहासका पाना पल्टाउँदा संसारमा अनेकौँ सभ्यता, साम्राज्य र शासन व्यवस्था उदाएको र कालान्तरमा पतन भएको पाइन्छ ।