सन्तोष दहित
दाङ, भदौ ३० गते । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका १०१ कैदीबन्दी कारागारमा फर्केका छन् ।
यस्तै १२ जना सम्पर्कमा आएको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर कारागरबाट २५३ कैदीबन्दी भागेका थिए । सम्पर्कमा आएका बाहेकका कैदीबन्दी बन्दहरुको खोजी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
"भागेका कैदीबन्दीहरुलाई फर्किनको लागि प्रशासनले सूचना जारी गरेपछि उहाँहरु फर्किरहनुभएको छ । अहिले फर्किने क्रम जारी छ, जेलर सिजवालले भन्नुभयो, १२ जना आजै सम्पर्कमा आइसक्नुभएको छ, सम्पर्कमा नआएकाहरुको खोजी गरिरहेका छौं ।"
जेनजीको अन्दोलनको मौका उठाएर पहिलो दिन १२४ जना भागेका थिए भने दोस्रो दिन १२९ जना कैदीबन्दी फरार भएका थिए ।