• ३० भदौ २०८२, सोमबार

चीनको रोजगार बजार अगस्टमा सन्तुलित, बेरोजगारी दर ५.३ प्रतिशतमा

blog

बेइजिङ, भदौ ३० गते । चीनको रोजगारी बजार अगस्ट महिनामा समग्ररूपमा स्थिर देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस)का अनुसार, अगस्टमा शहरी बेरोजगारी दर ५.३ प्रतिशत पुगेको छ, जुन जुलाईको तुलनामा ०.१ प्रतिशतले बढी हो ।

सन् २०२५ को पहिलो आठ महिनामा चीनको औसत शहरी बेरोजगारी दर ५.२ प्रतिशत रहेको ब्युरोले जनाएको छ । अगस्टमा देखिएको बेरोजगारीको सामान्य वृद्धि मौसमी कारणले भएको र यो दर अघिल्लो वर्षको सोही अवधिसँग मिल्दोजुल्दो रहेको एनबीएसले स्पष्ट पारेको छ ।

रोजगारीमा ग्रामीण क्षेत्रका आप्रवासी श्रमिकहरूमा पनि स्थिति स्थिर रहेको देखिएको छ । उहाँहरूको बेरोजगारी दर अगस्टमा ४.७ प्रतिशत मात्र रहेको छ, जुन राष्ट्रिय औसतभन्दा कम हो । चीनले सन् २०२५ सम्ममा शहरी बेरोजगारी दर ५.५ प्रतिशत भित्र सीमित राख्ने लक्ष्य लिएको छ । साथै, यस वर्ष १२ लाखभन्दा बढी नयाँ शहरी रोजगारी सिर्जना गर्ने योजनासमेत अघि सारेको छ । रासस/सिन्ह्वा