हुम्लाका परम्परागत घर लोप हुँदै
जिल्लाका अधिकांश गाउँका घरहरू परम्परागत रूपमै माटोले छापेका थिए तर हिजोआज यी घरहरू लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
व्यापार घाटाको अर्थतन्त्र
व्यापारले वस्तु तथा सेवाको माग पूर्ति गर्छ । उत्पादन वृद्धि गरी माग पूर्ति गर्न व्यापार रणनीति महìवपूर्ण छ । व्यापार अर्थतन्त्रको गतिशीलता बढाउने प्रणाली हो । माग सिर्जना गरी निर्यात बढी गर्न सकिएमा सफलता मानिन्छ भने आयात बढी भएमा अर्थतन्त्र कमजोर भएको मानिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार प्रभावकारी बनाउन होडबाजी नै भएको पाइन्छ । व्यापार घाटाले अर्थतन्त्रको परनिर्भता बढाई उत्पादन र रोजगारी सिर्जनाका अवसर कमजोर देखिन्छन् । सोधनान्तर स्थिति प्रतिकूल भई विदेशी मुद्राको माग बढाएको हुन्छ भने अर्कोतिर विदेशी मुद्रा आर्जन गर्ने क्षमता कमजोर हुँदा समस्याको सामना गर्नु पर्ने हुन्छ । आन्तरिक स्रोतसाधनको उपयोगमा आकर्षण न्यून भई अर्थतन्त्र चलायमानमा अवरोध देखिन्छ ।
मौद्रिक नीतिले पार्ने प्रभाव
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा वस्तुस्थितिको विश्लेषणका आधारमा सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई ध्यान दिई अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशा रहने उल्लेख्य गरिएको छ । उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरू तर्जुमा गरिएको र समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिहरूबिच तादात्म्यता कायम गरिएको छ ।
नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने
नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पु¥याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ ।
गुरुदेव कामत : शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय
नेपाली शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताउनुभएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलिसिस गरिरहनुभएका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो ।
‘मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालन स्वीकृत दिऊ’
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन दिएको छ ।
धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु : बालेन्द्र साह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताउनुभएको छ ।
सङ्क्रमणकालीन न्याय : कार्यदलमा सहमति जुटेका यी विषय
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बिच भएको विस्तृत शान्ति सम्झौताअनुरूप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबिच समझदारी भएको छ ।
जनकपुरधाम-अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने
जनकपुरधाम-अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने भएको छ । नेपालको भौतिक मन्त्रालय तथा नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जनाएको हो ।
एमाले सचिवालय बैठक : १७ केन्द्रीय सदस्य मनोनीत
नेकपा (एमाले) ले १७ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
काभा महिला भलिबल : नेपालको विजयी सुरुवात
नेपालले काभा महिला नेसन्स भलिबल लिगमा विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार देखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो ।
लुम्बिनीमा हिमशृङ्खलाका मनोरम दृश्यले पर्यटकलाई लोभ्यायो
बुद्ध जन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छ भन्दा धेरैले नपत्याउन सक्छन् तर असार-साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।
एमाले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर
सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले) ले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। बुधबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो।
धानमा फेद कुहिने रोग
बागलुङको धानमा फेद कुहिने रोग देखिएको छ । सो रोगले धानको बोट मर्न थालेपछि किसान निराश बनेका छन् ।
बङ्गलादेश प्रशासनद्वारा पक्राउ विद्यार्थी नेता रिहा
बङ्गलादेशमा निजामती सेवामा जागिरको अराक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीबार रिहा गरेको छ ।
कास्कीबाट कन्याकुमारी हिँडे डुलुवा
बेला-बेलामा नेपालदेखि भारतसम्मका पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको डुलुवा टोली बिहीबार बिहान कास्कीबाट कन्याकुमारी प्रस्थान गरेको छ। टोली रक्सौल हुँदै भारतको दक्षिणी सीमामा पर्ने तमिलनाडुको कन्याकुमारीसम्म पुगेर फर्किनेछ।
सडक बत्तीको महसुल ६०–४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउँछु : उपप्रधानमन्त्री
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महसुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।
एमाले सचिवालय बैठक जारी, नेताको कार्य विभाजन हुने
केहीबेरअघि सुरु भएको नेकपा (एमाले) सचिवालय बैठक जारी छ । बैठक हनुमानथानस्थित होटल बसेरामा चलिरहेको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका देउवाको सम्भावना बलियो
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा नियुक्त हुने सम्भावना बढेको छ ।
बाघको आक्रमणबाट महिलाको मृत्यु
बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिका–२ का २३ वर्षीया हीरा शाहको ज्यान गएको हो ।
जुवा खेल्ने अस्ट्रेलियालीको सङ्ख्या बढ्दै
जोखिमपूर्ण स्तरमा जुवा खेल्ने अस्ट्रेलियालीहरूको सङ्ख्या बढ्दै गएको नयाँ तथ्याङ्कले देखाएको छ । नयाँ प्रतिवेदनअनुसार अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) मा जुवा अनुसन्धान केन्द्रद्वारा प्रकाशित गरिएको थियो ।
कृषि मन्त्रालयका कर्मचारी पुनः धर्नामा
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरुले पुनः धर्ना सुरु गरेका छन् । विगत एक महिना यता प्राविधिक समूहतर्फका कर्मचारीहरुले धर्ना गरिरहेका हुन् ।
तोलामा एक हजार छ सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको छ ।
सङ्क्रमणकालीन न्याय विधेयकमा तीन दलबिच सहमति
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबिच सहमति जुटेको छ ।बिहीबार सिंहदरबारमा बसेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलको बैठकबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति गरिएको हो ।