मध्यपूर्वमा क्षेत्रीय तनाव
इजरायल र इरानबिच तनाव बढेसँगै अमेरिकाले भूभध्य सागरमा युद्धपोत तैनाथ गरेको छ । इरानबाट इजरायलमा हुन सक्ने सम्भावित आक्रमणलाई दृष्टिगत गरी अमेरिकाले युद्धपोत तैनाथ गरेको हो । पछिल्ला राजनीतिक हत्याका घटनाले मध्यपूर्वमा क्षेत्रीय तनाव बढेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासलाई समाप्त नपारेसम्म गाजामा सैन्य कारबाही नरोक्ने अडानका साथ इजरायलले कारबाही अगाडि बढाउने क्रममा पछिल्लो पटक प्यालेस्टाइनका पूर्वप्रधानमन्त्री तथा हमासका प्रमुख नेता इस्माइल हानिया, सैन्य प्रमुख मोहम्मद डेफ, कमान्डर राफा
नेपालमा जग्गा प्रशासन
जग्गाजमिन वा भूमिसँग मानिसको सम्बन्ध मानव सभ्यता जति नै पुरानो छ । मानिसको जन्म र मरण पनि जमिनमा नै हुन्छ । सानो छाप्रो बनाउनदेखि आलिसान महल बनाउन पनि जग्गा नै आवश्यक पर्छ । व्यापार चलाउन होस्, उद्योगधन्दा चलाउन होस् वा खेतीपाती गरी जीवन निर्वाह गर्न पनि जमिन नै चाहिन्छ । जमिन उत्पादनको साधन हो, खाद्य सुरक्षाको आधार हो, आवासको महत्वपूर्ण स्रोत हो, सामाजिक पहिचानको विषय पनि हो । नेपालमा वैदिक कालदेखि नै जग्गा प्रशासन रहेको देखिन्छ । ऋग्वेद र अथर्ववेदमा उल्लेख भएका तथ्यबाट पनि यसको पुष्टि हुन्छ । जग्गा प्रशासनको सन्दर्भमा किराँतकाल, लिच्छविकाल, मल्लकाल, शाहका
सडक दुर्घटनाको कहालीलाग्दो शृङ्खला
सुर्खेतको सडक दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको भदौ ४ गते निधन भएको छ । संविधान सभा सदस्य रीता शाहीका अनुसार सोही दुर्घटनामा हुम्लाकै ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसी घाइते हुनुभएको छ । आर्थिक वर्ष २०८१/८२ लागेपछि निर्वाचित जनप्रतिनिधिको दुर्घटनामा निधन भएको यो पहिलो घटना हो । आर्थिक वर्ष र जनप्रतिनिधिको मात्र कुरा होइन । भदौ १ देखि ४ गतेसम्ममा देशभरि भएका सडक दुर्घटनामा १४ जना सर्वसाधारणको मृत्यु भएको छ । सोही अवधिमा ७१ जना गम्भीर घाइते र ३०६ जना सामान्य घाइते भएका छन् ।
त्रिविमा फेरि किचलो
नयाँ पदाधिकारी नियुक्तिसँगै लयमा आउन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा फेरि किचलो सुरु भएको छ । बढ्दो राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको आरोप खेपिरहेको त्रिविमा एक विभागीय प्रमुख नियुक्तिको विवादले पदाधिकारी कार्यालयमै छिर्न नसक्ने अवस्था निम्त्याएको हो । समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख नियुक्तिको विवादका कारण शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई विद्यार्थीले ज्यान मार्ने धम्की दिएका छन् । जसका कारण केसीसहित रजिस्ट्रार प्राडा केदार रिजाल पछिल्लो समय सहज रूपमा कार्यालय प्रवेश गर्नसमेत सक्नुभएको छैन ।
भारतको झारखण्डमा हराएको विमानको खोजी सुरु
पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार दुई पाइलटसहित हराइरहेको एउटा प्रशिक्षार्थी विमान पत्ता लगाउन राष्ट्रिय प्रकोप प्रतिक्रिया बलसँग मद्दत मागेको बताएका छन् ।
घाँसीकुवामा र मौरीबजारमा पहिरो जाँदा पृथ्वीराजमार्गमा अवरोध
पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बुधबार साँझ ५:०० बजे पहिरो खस्दा पृथ्वीराजमार्गमा अवरोध भएको छ ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखको ध्यानाकर्षण
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ।
साफ यु–२० फुटबल : माल्दिभ्सविरुद्ध भुटानको रोमाञ्चक जित
१० खेलाडीमा समेटिएको भुटानले साफ यु–२० च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले बुधबार शिष्टाचार भेट गर्नुभएको छ।
बाढीले हुलाकी राजमार्ग अवरुद्ध
बाढीका कारण कैलालीमा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । कैलारी गाउँपालिका –५ स्थित पुरानो मनिकापुर सडक खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।
देशभर अविरल वर्षाले जनजीवन प्रभावित
बुधबार बिहानको रातिदेखि परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर अधिकांश ठाउँमा वर्षा भइरहेको छ।
राजमार्ग र पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध
पूर्व पश्चिम राजमार्ग अन्तर्गत ज्यामिरे–मनहरी सडक खण्डबाट गाउँपालिकाको केन्द्र जाने सिम्पानी–सरिखेत सडक र मनहरी–चैनपुर सडक अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको छ ।
गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा दुईजना घाइते
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा दुईजना घाइते भएका छन् ।
पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध
काठमाडौँ भित्रिने प्रमुख राजमार्ग नागढुङ्गानजिक पहिरो जाँदा दुईतर्फी आवत–जावत अवरुद्ध भएको छ । धादिङ जिल्लाको नागढुङ्गाबाट झण्डै दुईसय मिटर नौबिसेतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
खराब मौसमका कारण उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न युवालाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
अविरल वर्षाले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
मोहना नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता
कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ ।
भारतको राजधानीका सपिङ मलमा बम आक्रमणको धम्की
भारतको राजधानीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ ।
केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ ।
साफ यु–२० फुटबल : नेपाल र बङ्गलादेश एक खेल अगावै सेमिफाइनलमा
नेपाल र बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् ।
नेतृत्वले नराम्रा कामको पनि जिम्मेवारी लिनुपर्छ
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ।
पहिरोले गोठ पुरिँदा एकको मृत्यु
अर्घाखाँचीको शितगंगा नगरपालिकाको भङ्गलामा पहिरोले गोठ पुरिँदा एकजनाको मृत्यु भएको छ । मङ्गलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर–१३, सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
सांसदबिचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरू भित्रको असमानता हटाउन नेपाली कांग्रेस र नेकपा (एमाले)बिच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताउनुभएको छ ।