मिडियाका चुनौती
आमसञ्चार माध्यम, प्रेस वा मिडियाले प्रजातन्त्रको चौथो स्तम्भका रूपमा काम गर्दछ । हुन त माथि उल्लेख गरिएका आमसञ्चार माध्यम, प्रेस र मिडियाको अर्थ र दायरा फरक होला तर सबैको दायित्व सूचना प्रवाह नै हो । पछिल्ला वर्षहरूमा पत्रकारिताभन्दा पनि मिडियाकर्मी, सञ्चारकर्मी जस्ता शब्दहरू चल्तीमा छन् । जेसुकै भए पनि मिडियाकर्मीले जुनसुकै माध्यमबाट सूचनाको प्रवाह गर्नु हो र नागरिकलाई समाचार वा सूचना दिनु नै हो । मिडियाको विशिष्टीकृत परिभाषा हुने भएकाले यसबारे अलग्गै बहसको विषय बनाउन सकिन्छ । रिपोर्टर्स विद्आउट बोडर्र्सको दस्ताबेजमा ‘जर्नलिस्ट’ र ‘मिडिया वर्कर्स’ शब्दको
स्वतन्त्रतासँगै सङ्कटमा प्रेस
विश्वभर फैलिएको कोरोना भाइरस महामारीपछि नेपाली पत्रकारिता क्षेत्र आर्थिक सङ्कटबाट गुज्रिइरहेको छ । नेपाली पत्रकारिताको सुरुवातदेखि (विसं १९५५ सुधासागर साहित्यिक पत्रिका, १९५८ गोरखापत्र) आजका दिनसम्म आइपुग्दा यस क्षेत्रले विभिन्न खालका चुनौती सामना गरेको छ । पञ्चायतकालीन पत्रकारिता, विसं २०४७ सालपछि सुरु भएको व्यावसायिक पत्रकारिता । दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकाल हुम्दै २०६२/६३ सालको राजनीतिक परिवर्तन र २०७२ सालको नयाँ संविधानपछिको समय ।
अवरुद्ध इन्टरनेट सुचारु
झन्डै सात घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा सुचारु भएको छ । अपराह्न ४ बजेदेखि अवरुद्ध सेवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रयासपछि राति १० बजेपछि सुचारु भएको हो । यसअघि मन्त्रालयले इन्टरनेट जस्तो अत्यावश्यकीय सेवा अवरुद्ध गर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई चेतावनी दिएको थियो । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएका केही सेवा प्रदायकले ब्यान्डविथ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा सेवा अवरुद्ध भएको भनी प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सरकारलाई बलियो बनाउने विधेयक अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई बलियो बनाउने गरी विधेयक अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।
एक खेल अगाडि वेस्ट इन्डिजले जित्यो नेपालविरुद्धको सिरिज
पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले जितेको छ।नेपालको घरेलु मैदानमा बिहीबार वेस्ट इन्डिजले एक खेल अगाडि सिरिज ३-१ ले जितेको हो।
कहालीलाग्दो तम्बा भिरमा महको सिकार
गंगाजमुना गाउँपालिकाको २ र ३ को सिमानामा ताप्राङ खोलामा रहेको निकै कहाली लाग्दो तम्बा भिर । भिरको बिचमा निकै सुन्दर देखिने माहुरीका २९ वटा चाका । दुई दिनदेखिको तयारीपछि भिरमा टाँगिएका डोरीको भर्याङ ।
मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।
‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
डिभिजनल वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभई नियन्त्रणमा जाँदा ललितपुरमा दुई जानाको ज्यान गएको जनाएको छ।
टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)
काठमाडौँको टुँडिखेलमा आजबाट सीप मेला सुरु भएको छ। 'रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि' भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले सीप मेला बुधबारदेखि सुरु गरेको हो।
वेस्ट इन्डिजसँग नेपाल ७६ रनले पराजित
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा चुनौतीपूर्ण २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ बलमा १५१ रन बनाएर अलआउट भएको हो।
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !
तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहनुभएको थियो । छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्नुहुन्थ्यो ।
लामो खडेरीलाई जितेको थोल्म जिउलो
कालीकोट जिल्लामा किसानले लगाएको गहुँवाली खडेरीले सुकिरहेका बेला रास्कोट नगरपालिका वडा नम्बर ९ को थोल्म जिउलो भने हरियो देखिन्छ ।
तारेभीरमा ‘रक क्लाइम्बिङ’ परीक्षण
मनाङ चामे गाउँपालिका –५ रहेको अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण गरिएको छ । गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउन यस्तो साहसिक खेलले मद्दत पुग्ने भएकाले सहमतिपत्र दिइएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।
२७ सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय घटेको हो ।
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन वृद्धि गर्नुपर्छ : राष्ट्रिय सभा उपाध्यक्ष
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधबार मनाइँदै गरिएको १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।
‘श्रम अधिकार कानुनमा छ, व्यवहारमा छैन’
‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आज (बुधबार) नेपालभर १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष धुमधामका साथ यो दिवस मनाए पनि श्रमिकका पक्षमा खासै काम हुन नसकेको गुनासो भइरहेका छन् ।
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताउनुभएको छ ।
श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा तथा समतामूलक एवं समावेशी समाजको निर्माण गर्न आह्वान गर्नुभएको छ ।
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना
सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको सामाजिक सुरक्षा तथा श्रम बजार व्यवस्थित गर्दै उत्पादकत्व अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रिय सभा अध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिकको हितसँग जोडिएका नीतिगत तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।