• १७ मङ्सिर २०८२, बुधबार

स्पेनिस ला लिगा : अग्रता बढाउँदै बार्सिलोना

blog

बल प्रहार गर्दै बार्सिलोनाका खेलाडी । तस्बिर : सिन्ह्वा/रासस

काठमाडौँ, मङ्सिर १७ गते । बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अग्रता बढाउँदै लगेको छ । 

घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई ३–१ गोलले हरायो । बार्सिलोनाले पुनरागमन जित निकालेको हो । 

बासिलोनाको जितमा राफिन्हाले २६औँ, ड्यानी ओेल्मोले ६५औँ र फेरान टोरेसले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई सजिलै जिताउनुभयो । यसअघि एट्लेटिकोका एले बाइनाले १९औँ मिनेटमा सुरुवाती गोल गर्नुभएको थियो । 

जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले १५ खेलबाट ३७ अङ्क बनाएको छ । एक खेल कम खेलेको रियाल म्याड्रिडको ३३ अङ्कसहित दोस्रो स्थानमा छ । यता पराजित एट्लेटिको १५ खेलबाट ३१ अङ्क जोड्दै चौथो स्थानमा छ । एजेन्सी