खोकनामा रुद्रायणी जात्रा सुरु
काठमाडौँ उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा सुरु भएको छ । खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन (हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ ।
धनकुटामा गाईजात्रा (फोटो फिचर)
धनकुटामा मङ्गलबार गाईजात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा धनकुटामा पनि मनाइएको हो ।
गाजाबाट छ जना बन्धकको शव बरामद
इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट छ जना बन्धकको शव बरामद गरिएको मङ्गलबार जनाएको छ ।
हस्तान्तरण नहुँदै उप्किएको रङ्गशालाको सेन्थेटिक ट्रयाकको छानबिन सुरु
नेपालगन्ज रङ्गशालामा करिब १० करोडको लागतमा निर्माण भएको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै उप्किएपछि सो बारेमा राष्ट्रिय खेलकुद परिषद्ले उपसमिति गठन गरेर छानबिन सुरु गरेको छ ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले माग्नुभयो विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत माग्नुभएको छ । चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्नुभएको हो ।
यात्रुवाहक बसमाथि पहिरोसहितको ढुङ्गा खस्दा दुई जना घाइते
पोखराबाट जोमसोमका लागि छुटेको ग १ ख ७७१७ नम्बरको बसमाथि रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा दुई जना घाइते भएका छन् ।
स्वास्थ्य बिमामा नागरिकको आकर्षण बढ्दै
जिल्लामा स्वास्थ्य बिमा प्रति नागरिक आकर्षण बढ्दै गएको छ । उपचारमा आफूले पैसा तिर्नुपर्ने भएपछि पछिल्लो समय नागरिक स्वास्थ्य बिमा प्रति आकर्षित हुँदै गएका हुन् ।
पहिरोले घर पुरिँदा एकजना घाइते
अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले बलेफी गाउँपालिका–४ कोलेमा एक घर पुरिएर पूर्णरुपमा क्षति भएको छ । साथै एक जना घाइते भएका छन् ।
प्रतिकूल मौसमले उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो ।
विमानस्थलको व्यवस्थापन
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थलको बढ्दो उडान चापलाई व्यवस्थापन गर्न कठिनाइ हुन थालेपछि थप अन्तर्राष्ट्रियस्तरका विमानस्थल निर्माण गर्नुपर्ने आवश्यकताबोध गरेर दुई वटा विमानस्थल निर्माण भइसकेका छन् । अर्बौं रुपियाँको लगानीमा निर्माण भएका भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित सेवा प्रारम्भ भएपछि त्रिभुवन विमानस्थलको चाप स्वतः कम हुने विश्वास गरिएको
सङ्क्रमणकालीन न्यायमा फड्को
लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण अभिभारा देशका प्रमुख दलहरूले सहमतिका साथ पूरा गरेका छन् । दलहरूबिच मतैक्यता हुन नसक्दा अलपत्र जस्तै भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) संसद्बाट पारित भएको छ । यसले दिगो शान्ति पक्षधर सबैमा उत्साह बढाएको छ भने द्वन्द्वपीडितमा न्यायको आशा जागृत भएको छ । यसबाट द्वन्द्वमा मारिएका, बेपत्ता पारिएका, अङ्गभङ्ग भएका मात्र होइन, आफन्त, घर र धनसम्पत्ति हरण भएकाले न्याय पाउने सम्भावना बढेको छ ।
खुसी हुने कि दुःखी ?
हालै अस्ट्रेलियाले आफ्नो देशमा अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीको प्रवेश अनुमतिपत्र (भिसा) मा कडाइ गर्न थालेको छ भन्ने समाचार प्रकाशमा आएको छ । नेपालबाट अस्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीमध्ये गत वर्षको तुलनामा यस वर्ष आधाले पनि भिसा पाएनन् । अझ प्राविधिक विषयमा अध्ययन गर्नका लागि आवेदन दिने विद्यार्थीको अनुपात हेर्ने हो भने पहिलेको तुलनामा यो वर्ष निकै थोरैले मात्र यस्तो अनुमति प्राप्त गरे ।
संविधान समीक्षाको समय
संविधान जारी भएको एक दशकको सन्निकट समयमा आइपुगेका छौँ । संविधानको समयानुकूल संशोधनको मुख्य एजेन्डासहित संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको सत्ता सहकार्यमा छन् । संशोधनको कार्यादेशतर्फ जानुपूर्व यसको सामयिक समीक्षा अनिवार्य छ । संविधान मुलुकको मूल कानुन, यसको जति धेरै समीक्षा, व्याख्या र चिन्तन गरिन्छ, त्यति धेरै संविधानप्रति स्पष्टता, यथार्थता र अपनत्व कायम हुन सक्छ । संविधान संशोधन त्यति धेरै जटिल
श्रमबजारका परिदृश्य
उत्पादकत्व बढाई आर्थिक विकास गर्न श्रमशक्तिको मुख्य भूमिका रहन्छ । उत्पादन क्रियामा श्रमिक सक्रिय साधनसहित उपभोगकर्ता पनि हो । श्रमिक सबल भए आर्थिक पक्षको सबै पाटो सक्रिय हुन्छन् । विश्वमा श्रमिकको बेग्लै पहिचान भएकाले कार्लमाक्र्सको दास क्यापिटलमा श्रमिक उत्पादनका महत्वपूर्ण साधन हुन् भन्ने व्याख्या गरिएको पाइन्छ । कम्युनिजमको अवधारणा श्रमिकको भूमिकाबाट आएको हो । आर्थिक रूपान्तरणको बलियो र सक्रिय जीवित साधन श्रमिक भएकाले उत्पादन क्रिया गरी स्वआर्जन गर्न सक्रिय हुन्छन् भने श्रमदातासँगको सहमतिमा उत्पादनमुखी भूमिकामा क्रियाशील भएको पाइन्छ ।
विद्युत् निर्यात एक हजार मेगावाट नाघ्यो
नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ । नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएसँगै यस्तो सुनिश्चिता भएको हो । नेपालका लागि भारतीय दूतावासले नेपालबाट थप विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त भएको जानकारी दिएको हो ।
खस्कियो विश्वमा मानवीयता
विश्वमा मानवीयता खस्कँदै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सोमबार विश्व मानवीय दिवसका सन्दर्भमा सङ्घले प्रकाशित गरेको तथ्यले विश्वमा मानवीयता खस्कँदै गएको देखाएको हो । विश्वका शक्तिमध्ये रुस र युक्रेन, इजरायल र गाजा, म्यानमार, मेक्सिको, इथियोपिया, सिरिया, यमन, अफगानिस्तान, सुडान र दक्षिण सुडान, कङ्गो, लिबिया, लेबनानलगायतका मुलुकमा आन्तरिक द्वन्द्व तथा द्विदेशीय युद्ध भइरहेका छन् । द्वन्द्वका कारण उत्पन्न अवस्था अन्त्य गर्न शक्ति राष्ट्रहरूले ध्यान नदिई शक्ति प्रदर्शनमा केन्द्रित रहेकामा राष्ट्रसङ्घले रोष प्रकट गरेको छ ।
जलवायु परिवर्तनसँग सम्बन्धित तस्बिर प्रदर्शनी
ललितपुर, भदौ ३ गते । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले फोटो प्रदर्शनी गरेको छ । ललितपुरको मंगलबजारमा गरिएको एक दिने प्रदर्शनीमा जलवायु परिवर्तनसँग सम्बन्धित तस्बिरहरु राखिएको थियो ।ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्घाटन गर्नु भएको थियो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै देशभरको हिमालको फोटो समेटेर जलवायु परिवर्तनले हिमालमा पारेको असरका विषयमा फोटोको माध्यमबाट उजागर गर्न खोज्नु राम्रो काम भएको बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पनि अवलोकन गर्नुभएको तस्बिर प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारले खिचेका हिमालसँग सम्बधित तस्विरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
बगुबनमा आतङ्क मच्चाएको बाघ नियन्त्रणमा
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा आतङ्क मच्चाएको बाघलाई नियन्त्रणमा लिइएको छ ।
इन्टर कलेज इन्डोर क्रिकेटमा ३२ टोली
प्रथम उपत्यका व्यापी इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि ८ गतेसम्म काठमाडौँको चुनिखेलमा हुने भएको छ ।
यारी भन्सार कार्यालयको आम्दानीभन्दा खर्च दोब्बर बढी
उत्तरी सीमा क्षेत्र हिल्सास्थित यारी नाका भन्सार कार्यालयको वार्षिक आम्दानीभन्दा खर्च बढी हुने देखिएको छ । कर्मचारीको पारिश्रमिक र अन्य खर्च जोड्दा आम्दानीभन्दा बढी खर्च हुने देखिएको हो ।
हाइस पल्टिँदा ६ जना यात्रु घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा सोमबार बिहान इलेक्ट्रिक हाइस पल्टिँदा ६ जना यात्रु घाइते भएका छन् ।
राष्ट्रपतिद्वारा नवयज्ञोपवीत जनै एवम् रक्षा बन्धन ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले महत्त्वपूर्ण सांस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप नवयज्ञोपवित जनै एवम् रक्षा बन्धन ग्रहण गर्नुभएको छ।
गाजा वार्ता युद्धविरामका लागि वार्ता ‘सम्भवतः अन्तिम’ मौका
गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताउनुभएको छ ।
मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ ।