चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो ।
छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ
छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
संसदीय राजनीतिबाट सन्यास लिने डा.सिके राउतको घोषणा
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ ।
निकुञ्जमा सिकार खेल्न गएका पाँच जना बेपत्ता
बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन् ।
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ ।
इनिशा विक हत्या प्रकरणः दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन संशोधन गर्ने कोशी सरकारको निर्णय
कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्ने भएको छ ।
१० महिना बित्दा पनि सञ्चालनमा आएन राजविराज बसपार्क
निर्माण कार्य सम्पन्न भएर उद्घाटन भएको १० महिना बित्न लाग्दा पनि राजविराज बस पार्क अझै सञ्चालनमा आउन सकेको छैन् ।
मातृभूमिप्रतिको दायित्व
रोजगारी, अध्ययन, व्यापारलगायत विविध कार्यका लागि नेपाली विश्वभर छरिएर बसेका छन् । जहाँ बसे पनि नेपालीका लागि मातृभूमि नेपाल प्राणभन्दा प्यारो छ । कहिल्यै पराधीन नभएर स्वतन्त्र रूपले पहिचान बनाएको यो मुलुक सुन्दर छ । हिमाल, पहाड र तराइले बनेको नेपाल विभिन्न जातजाति, धर्म, संस्कृति, परम्पराले धनी छ । प्राकृतिक स्रोतको पनि कमी छैन । अहि
आत्मसमीक्षा गर्ने अवसर
निर्वाचन लोकतन्त्रको विशेष पर्व र नागरिकले एकसाथ मनाउने उत्सव हो ।
कांग्रेसको आगामी कार्यभार
फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक अनि एमाले र माओवादी जस्ता कम्युनिस्ट पार्टीहरूको कमजोर अवस्थाका बिच राष्ट्रिय स्वतन्त्र पार्टीले सोचेभन्दा बढी सफलता हात पारेको छ ।
रुख ढल्दा घर र विद्यालयमा क्षति
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा हावाहुरीका कारण रुख ढलेर घर र विद्यालय संरचनामा क्षति गरेको छ । आइतबार बेलुका वर्षासँगै आएको हावाहुरीका कारण रुख ढलेर सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनमा क्षति गरेको हो ।
आज तीन प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना
हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ ।
इजरायली आक्रमणमा हमासका नेताको मृत्यु
तटीय शहर लेबनानको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर रहेको स्थान हो । यहाँ इजरायलले हालैका महिनाहरूमा हमासलाई लक्षित गरिरहेको भन्दै आक्रमण गरेको थियो।
हत्यारालाई कारबाहीको माग गर्दै विरोध र्याली
बलत्कारपछि हत्या गरिएकी भनिएकी सुर्खेतकी इनिशा वि.क.का दोषीलाई कडा कारबाहीको माग गर्दै डोटीमा विरोध र्यालीको आयोजना गरिएको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
उदयपुरको बेलका नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खेत जोत्न जाँदै गरेको ट्याक्टर उकालो चढ्ने क्रममा अनियन्त्रित भई पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
रुद्रवेणी-वामीटक्सार सडक एक महिना बन्द
गुल्मीको रुद्रवेणी-वामीटक्सार सडक आजदेखि एक महिनाका लागि बन्द हुने भएको छ।
अब बन्ने सरकारले शपथअघि जेन-जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस् : रक्षा बम
जेन-जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ ।
जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
गत भदौ अन्तिम साताको जेन-जी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
इरानमा इजरायलसँग जासुसी गरेको आरोपमा २० जना पक्राउ
इरानी सुरक्षा अधिकारीले देशको उत्तरपश्चिमी क्षेत्रमा जासुसीमा संलग्न ठानिएका कम्तीमा २० जनालाई पक्राउ गरेका छन् । पक्राउ परेकाले सैन्य, कानून र सुरक्षा सम्बन्धी गोप्य विवरण इजरायली पक्षलाई पठाएको पाइएको छ ।
भेडेटार-राजारानी-रविराँके सडक ४८ घण्टादेखि अवरुद्ध
निर्माणधीन भेडेटार-राजारानी-रविराके सडक खण्डअन्तरगत साँगुरीगढी गाउँपालिका भेडेटार–६, स्थित थुम्की क्षेत्रको करिब ४८ घण्टादेखि सडक अवरुद्व भएको छ ।
ठूलो परिमाणको गाँजासहित भारतीय कार नियन्त्रणमा
महोत्तरीको रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्वर प्लेटको कार नियन्त्रणमा लिएको छ ।
मजदुर अभाव र निर्माण सामग्री विवादले मुग्लिन–मलेखु सडक विस्तार प्रभावित
मजदुर अभाव र निर्माण सामग्री आपूर्तिमा देखिएको समस्याका कारण मुग्लिन–मलेखु सडक विस्तारको काम प्रभावित भएको छ।