सबै सार्वजनिक संस्थानलाई कम्पनी बनाइने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने भएको छ । विभिन्न ऐनमार्फत सञ्चालन हुँदै आएका ती संस्थानलाई कम्पनीसम्बन्धी एउटै ऐनमार्फत सीमित दायित्वका कम्पनीमा परिणत गर्ने नीति सरकारले अख्तियार गरेको हो । सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२ जारी गर्दै सरकारले सञ्चालनमा रहेका सबै सार्वजनिक संस्थानलाई क्रमशः कम्पनीमा परिणत गर्ने नीति लिएको हो ।
रिक्त पदको पूर्ति गर्न विवरण माग
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले चालु आर्थिक वर्ष २०८२/८३ का लागि निजामती सेवाको रिक्त पद पूर्ति गर्न रिक्त पदको विवरण खुल्ने गरी कात्तिक १६ गतेभित्र मन्त्रालयमा पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
कात्तिके वर्षा र हिमपात : हजारौँ पर्यटक प्रभावित
वर्षा र हिमपातका कारण हिमाली जिल्लाको पदयात्रामा रहेका हजारौँ पर्यटक प्रभावित भएका छन् । वर्षा र हिमपातले पदमार्ग र सडक दुवै अवरुद्ध हुँदा पर्यटक प्रभावित भएका हुन् । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन । हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट ७५० जना आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । साथै सोलुखुम्बुको
फरार कैदी पक्राउमा विलम्ब
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देशभरका कारागारबाट फरार भएका १४ हजार ५४९ जनामध्ये चार हजार ५९७ जना कैदीबन्दी र करिब दुई सय जना बालबिझ्याइँकर्ता (बालबन्दी) अझैसम्म पक्राउ हुन सकेका छैनन् ।
क्यालेन्डर कार्यान्वयनको दबाबमा त्रिवि
त्रिभुवन विश्वविद्यालयले यसअघि जारी गरेको विभिन्न अध्ययन संस्थान तथा सङ्कायका स्नातक र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०८२ को वार्षिक शैक्षिक पात्रो सार्वजनिक गरेको छ । त्रिवि कार्यकारी परिषद्ले स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको उक्त पात्रो हालै सार्वजनिक गरिएको हो । जेनजी समूहको आन्दोलनका कारण यसअघि सार्वजनिक भएको शैक्षिक पात्रो नै भताभुङ्ग भएपछि त्रिवि दबाबमा परेको छ ।
लेक लागेर तीन जनाको ज्यान गयो
नेपालमा यो वर्ष कात्तिक महिनामै हिउँ परेको छ । बेमौसमी हिमपातका कारण लेक लागेर तीन जनाको ज्यान गएको छ । सोलुखुम्बुमा एक जना कोरियाली पर्यटक र मनाङमा एक जना नेपाली पथपदर्शकको लेक लागेर मृत्यु भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विद्यालयको शैक्षिक भ्रमणमा गएका एक जना कार्यालय सहयोगीको मुस्ताङको मार्फामा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । त्यस्तै मनाङको तिलिचोताल घुम्न गएका काठमाडौँका ४५ वर्षीय एक जनाको लेक लागेर बेहोस भएको अवस्थामा उद्धार गरिएको छ ।
घाइतेलाई दुखाइ सहनै सकस
जेनजी आन्दोलनका क्रममा घाइते भएका १० जनाको अझै पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको पटक पटक शल्यक्रिया भइसकेको छ । घाइतेको दुखाइ सहन सक्ने अवस्था छैन ।
सञ्चालनमा आएन हिल्साको मैत्री पुल
नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको एक वर्ष भइसक्दा पनि मैत्री पुल अझै सञ्चालनमा आउन सकेको छैन । चिनियाँ पक्षले निर्माण पूरा गरेको सो पुल सञ्चालनका लागि आवश्यक प्रक्रिया भइरहेका कारण सञ्चाल आउन नसकेको हो ।
त्रिपालको बसाइमा चिसोको चिन्ता
बाजुराको उच्चहिमाली क्षेत्रमा चिसो बढेसँगै हिमाली गाउँपालिकाको बिच्छ्यारुगिनका बाढीपहिरोपीडितलाई चिन्ता लाग्न थालेको छ । गत साउन २८ गते राति साढे छ बजे बिच्छ्याखोलामा आएको बाढीले यहाँका वडा नम्बर १ बिच्छ्या र वडा नम्बर ५ रुगिनका ४१ घरपरिवार विस्थापित भएपछि अहिले उनीहरू त्रिपालको भरमा रहेका छन् । गर्मी समयमा पनि चिसो हुने यो ठाउँमा हिउँदमा कसरी त्रिपालको बास बेहोर्ने भन्ने चिन्तामा परेका छन् ।
अपि सडक निर्माणमा ढिलाइ
अपि हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने गरेर निर्माणाधीन मकरीगाड–खण्डेश्वरी सडक निर्माणमा ढिलाइ भएको छ । प्रत्येक वर्ष बजेट अभाव र निर्माण व्यवसायीको सुस्तताका कारण सडक निर्माणमा ढिलाइ भएको हो ।
सरकारीमा सेवा नपाएपछि निजीतर्फ बिरामी
पाल्पामा स्वास्थ्य बिमा गर्ने बिमित परिवारले उपचारमा सास्ती बेहोर्दै आएका छन् । जिल्लाका सरकारी स्वास्थ्य संस्थाको सेवा गुणस्तरीय र विश्वासिलो बन्न नसक्दा बिमाबाट सेवा लिने सेवाग्राहीले रेफर लिँदै निजी स्वास्थ्य संस्थामा सेवा लिन जान बाध्य भएका छन् ।
दाङ र बाँकेमा कैदीबन्दी खोजी, अझै एक सय बिस जना फरार
जेनजी आन्दोलनका क्रममा देशभरका कारागार र बाल सुधारगृहबाट कैदीबन्दी फरार हुने घटनाले व्यापक असर पारेको छ । विशेष गरी तुलसीपुर कारागार र बाँकेको नौबस्ता बाल सुधारगृहबाट ठुलो सङ्ख्यामा कैदीबन्दी अझै फरार छन् ।
तातोपानी कुण्डमा पर्यटक भरिभराउ
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक छेउमा रहेको भुरुङ तातोपानी कुण्डमा स्नान गर्ने पर्यटकको भिड लागेको छ । बेनी हुँदै अन्नपूर्ण आधार शिविर, घोडेपानी र मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको भिड लागेको हो । पर्यटकका कारण तातोपानी कुण्ड आजकल दिनभर जसो भिडभाड हुने गरेको छ ।
बाह्र ठेकेदार कम्पनीलाई स्पष्टीकरण
यतिबेला मेची कोरिडोरका इलाम, पाँचथर र ताप्लेजुङ भरपर्दो सडक सञ्जाल नभएर समस्यामा छन् । गत असोज १८ गते रातिको वर्षासँगै आएको बाढी र पहिरोले मेची राजमार्ग अवरुद्ध हुँदा यी तीन जिल्लाले ११ दिनसम्म सडक सञ्जालबाट वञ्चित हुनु परेको थियो ।
सहयोगका लागि सम्झौता सम्पन्न
धनकुटाको सहिदभूमि गाउँपालिकालाई व्यापारिक घराना खेतान समूहको खेतान फाउन्डेसनले पाँच अर्ब रुपियाँ बराबरको सहयोग गर्ने भएको छ । आइतबार धनकुटाको सहिदभूमि गाउँपालिका र खेतान फाउन्डेसनबिच पालिकालाई पाँच अर्ब रुपियाँ बराबरको सहयोग हस्तान्तरण गर्ने सम्झौता भएको हो । गाउँपालिकाका तर्फबाट अध्यक्ष मनोज राई र खेतान फाउन्डेसनका तर्फबाट अध्यक्ष निर्मलमान सिंहले सहयोगका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
नर्सको आन्दोलन देशव्यापी फैलिदै
श्रमशोषण भएको भन्दै पोखरास्थित मणिपाल र गण्डकी मेडिकल कलेजबाट सुरु भएको नर्सको आन्दोलन देशव्यापी रूपमा फैलिइसकेको छ । आन्दोलन फैलिएपछि प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई नर्सका माग सम्बोधन गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले निर्देशन दिएलगत्तै सचिव डा. देवकोटाले कार्यदल गठन गरेर नर्सका माग सम्बोधन गर्ने बताउनुभएको छ तर आन्दोलन एकपछि अर्को अस्पताल हुँदै देशव्यापी फैलिइसकेको छ ।
नारायणीले भत्काएको तटबन्ध मर्मत
नारायणी नदीमा आएको बाढीले भत्काएको तटबन्धको ड्याम मर्मत गरिएको छ । भरतपुर महानगरपालिकाको वडा नं. २६ को सिसईमा निर्माण गरिएको ड्याम गत भदौमा आएको बाढीले भत्काएको थियो ।
ऐतिहासिक कार्तिकनाच सुरु
लोकको चरित्र उदाङ्गो पार्न देखाइने प्रसिद्ध कार्तिकनाच (काती प्याखँ) सोमबार ‘भक्त सुरदास प्याखँ’ मञ्चनसहित प्रारम्भ भएको छ । पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा छेउको डबलीमा विसं १६९७ (नेसं ७६१) मा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले कार्तिकनाच सुरु गर्नुभएको हो । धार्मिक र तान्त्रिक महत्वसँग जुडिएको काती प्याखँ १० दिन चल्ने छ । कार्तिकनाच समितिका सदस्य तथा तलेजु मन्दिरका पुजारी सञ्जय शर्मा राजोपाध्यायले ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले संसारलाई बिउँझाउनका लागि देखाउन लगाएको नाचको अहिले पनि उत्तिकै महत्व रहेको जानकारी दिनुभयो । जनतालाई नैतिक शिक्षा दिनका लागि कार्तिकनाच देखाउने गरेको उहाँको भनाइ छ ।
उद्योग बन्द, मजदुर कामविहीन
तिहारको भोलिपल्ट देशभर घर घरमा उज्यालो थियो । रुपन्देहीका उद्योगमा भने अन्धकार छायो । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल नबुझाएको भन्दै गत शुक्रबार साँझदेखि विद्युत् काटेपछि बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १० वटा उद्योग बन्द भएका छन् ।
सुरक्षा प्रत्याभूति माग
नेपाल उद्योग वाणिज्य महासङ्घले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ ।
तीन महिनामा पैँतिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ३५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि असोजसम्म ३११ परियोजनामार्फत ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । असोजमा मात्र ५४ वटा परियोजनामार्फत चार अर्ब ९४ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
बढेन फलफूलको कारोबार
दसैँतिहारलगत्तै फलफूलको कारोबार घटेको छ । नेपाल फलफूल थोक व्यवसायी महासङ्घका अनुसार तिहारअघिको तुलनामा तिहारपछि फलफूलको व्यापार घटेको हो । महासङ्घ काठमाडौँका अध्यक्ष अमर बानियाँले तिहारअघिको तुलनामा तिहारपछि फलफूलको कारोबार झन्डै आधाले घटेको जानकारी दिनुभयो ।
पोकली समाजको अध्यक्षमा ढुङ्गेल
पोकली झरना सेवा समाजको अध्यक्षमा कृष्ण ढुङ्गेल निर्वाचित हुनुभएको छ । ओखलढुङ्गामा रहेको पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । यसको उचाइ १३० मिटर रहेको छ ।
जाँचबुझ आयोग स्थलगत अनुगमनमा
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तथ्य सङ्कलनका लागि स्थलगत अनुगमन सुरु गरेको छ । आयोग पदाधिकारीको नेतृत्वमा उपत्यकाबाहिरबाट घटनास्थल अनुगमन र तथ्य सङ्कलन थालेको हो । कोशी प्रदेशका तीन जिल्लाको अनुगमन सकेपछि आयोगका पदाधिकारी सोमबार बागमती र गण्डकी प्रदेश गएका छन् । यसअघि आयोग सदस्य विज्ञानराज शर्मा नेतृत्वको टोलीले कोशीका झापा, मोरङ र सुनसरीमा अनुगमन गरेको थियो ।