ऊर्जामा सहायता बढाउन विद्युत प्राधिकरणको आग्रह
नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तराष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ ।
भक्तराजको स्वरमा शास्त्रीयताको अनुपम जादू थियो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादू अद्भुत तथा अनुपम भएको बताउनुभएको छ ।
निर्वाचन आयोगद्वारा उपनिर्वाचन कार्यतालिका स्वीकृत
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै सो जानकारी गराउनुभएको हो ।
परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ ।
तीन हजार किलाे मकैको बिउ उत्पादन
स्याङ्जामा ३० हजार ५९४ किलाे उन्नत मकैको बिउ उत्पादन गरिएको छ । यहाँका १० समूहका कृषकले बीउँबिजन प्रयोगशाला पोखराबाट स्विकृति लिएर मकैको बिउँ उत्पादन गरेका हुन् ।
कोपिला स्याहार केन्द्रमा अनियमिता भएको आरोप
कालीकोटको शुभकालिका गाउँपालिका –६ मा रहेको कर्णाली कोपिला स्याहार सुसार केन्द्रमा अनियमित्ता भएको आरोप लागेको छ ।
नगरको सौन्दर्यकरणका लागि कार्यक्रम
झापाको दमक नगरपालिकाको नगरभित्रका सबै १० वटा वडामा लक्षित गरी नगरको सौन्दर्यकरण तथा हरियाली प्रवर्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेभएको छ ।
आगलागीबाट दुई घर जलेर नष्ट
सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका –३, झण्डाटोलमा शुक्रबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ ।
बालविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
कास्की प्रहरीले बालविवाह मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिकाका सरस्वती विक र विनिता सुनार रहेका छन् ।