आफ्नै तरकारी विक्री गर्न कमिसन दिन बाध्य
बाँकेका विभिन्न पालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनामार्फत तरकारी पकेट क्षेत्र कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । तरकारी पकेट क्षेत्र कार्यक्रममा सयौँ कृषकहरू कृषि समूह बनाएर आबद्ध भएका छन् । यस कार्यक्रममा आबद्ध भएका कृषकहरूले धेरै बिघा जग्गामा तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् ।
नेपालगन्ज–गुलरिया सडक कालोपत्रे
राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडक खण्डको कालोपत्रेको काम सुरु भएको छ । नन्दनी मिलदेखि एकतर्फी सडक कालोपत्रेको काम सुरु भएको हो । निर्माण कम्पनी शर्मा एन्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै बजेट व्यवस्थापन हुन सकेमा आगामी एक वर्षभित्र सम्पूर्ण काम पूरा हुने बताउनुभयो । शर्माले भन्नुभयो, “यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने तयारीका साथ लागिपरेका छौँ ।”
मधेशमा जोडघटाउ सुरु
सङ्घीय सरकारमा नयाँ सत्ता गठबन्धन बनेपछि मधेश प्रदेश सरकारमा पनि यसको प्रभाव पर्ने देखिएको छ । नयाँ सत्ता गठबन्धनपछि मधेश प्रदेशमा कुन दलको नेतृत्वमा सरकार बन्नेबारेमा जोडघटाउ सुरु हुन
महानगरले किसानलाई दियो २७ लाख
पोखरा महानगरपालिकाले कृषिजन्य उत्पादनको लागतमा नोक्सानी बेहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य दिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले ती फार्मलाई समर्थन मूल्यबापत कुल २६ लाख ७९ हजार सात सय ६१ रुपैयाँ प्रदान गर्नुभएको हो ।
विद्युतीकरण अन्तिम चरणमा
पाल्पा जिल्लाभर विद्युतीकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको १० वटै पालिकाका ८१ वटै वडामा विद्युतीकरण गर्ने काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ । हालसम्म जिल्लाभरका ७२ वटा वडामा विद्युतीकरण भइसकेको छ । बाँकी नौ वटा वडामा यो आर्थिक वर्षभित्रै विद्युतीकरण गर्ने लक्ष्य अनुसार काम भइरहेको विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार निस्दीको वडा नं. १, बाकामलाङ, वडा नं. ३, झिरुबास र वडा नं. ७, ज्यामिरेका केही गाउँमा विद्युतीकरण हुन बाँकी छ ।
हरियो रुखमै विद्युतको तार
रुकुमपश्चिमको जिल्ला सदरमुकामनजिकै एक टोलमा हरियो रुखलाई विद्युतको पोल बनाएर विद्युत लाइन विस्तार गरिएको छ। मुसीकोट नगरपालिका–१ को रावलबारा टोलमा रुखलाई पोल बनाएर नाङ्गो विद्युत लाइन वितरण गरिएको हो । घाँसदाउराको प्रयोजनका लागि हुर्काइएको रुखमा विद्युतको नाङ्गो तार राखेर करेन्ट प्रवाह भएसँगै यहाँका बासिन्दा त्रसित भएका छन् । स्थानीय भानु केसीले रुखमै बेरेर आएको विद्युतको तारबाट टोलमा विद्युत् लाइन वितरण भएको बताउनुभयो । उहाँले उक्त स्थानका दुई वटा हरियो रुखलाई विद्युत को पोलका रूपमा प्रयोग गरिएको जानकारी दिनुभयो । हावा लाग्दा, रुख हल्लिँदा झन् डर लाग्ने गरेको उहाँको भनाइ छ ।
घर छिरेका चोरको कुटपिटबाट एकको मृत्यु, एक घाइते
बाँकेमा बुधवार राति चोरी गर्ने उद्देश्यले घरमा पसेका चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
पत्रकारितामा भविष्य खोज्दै किशोरी
कञ्चनपुरकी रक्षा भट्ट पत्रकारितामा लागेको पाँच वर्ष बित्यो । पत्रकारितासँगै अध्ययनलाई निरन्तरता दिँदै आउनुभएकी भट्टले स्नातक तहसम्मको पढाइ सक्नुभएको छ । २०७५ सालमा रेडियो सुदूर सञ्चार, दिनेश एफएम हुँदै पछिल्लो समय अत्तरिया अनलाइनमा कार्यरत भट्टले पत्रकारितामै आफूले भविष्य खोजेको बताउनुभयो । उहाँ पछिल्लो समय विभिन्न तालिम तथा लेखनवृत्ति अवसर पाएर लेखनकलामा निखार ल्याउने प्रयासमा रहेको बताउनुहुन्छ । पत्रकार महिलाको नेतृत्व विकाससम्बन्धी कार्यक्रममा भाग लिन डोटी आइपुगेकी भट्टले पत्रकारिता सुरुवातको अनुभव सुनाउँदै भन्नुभयो, “स्टाफ नर्स बन्ने इच्छा थियो तर स्थानीय रेडियोमा जोडिएपछि पत्रकारिता छोड्न मन लागेन ।” बेलौरीकी चन्द्रिका चौधरी बेलौरी एफएममा स्टेसन म्यानेजर हुनुहुन्छ । उहाँले पत्रकारि
निर्माणाधीन ग्वार्को फ्लाइओभर : भराउनुपर्ने जरिवाना, दिन खोजिँदै छ क्षतिपूर्ति
ग्वार्कोमा निर्माणाधीन आकासे मार्ग (फ्लाइओभर ग्रेट सेपरेटेड इन्टर्सेक्सन) को ठेकेदार कम्पनीबाट हर्जना तिराउनुपर्नेमा उल्टै क्षतिपूर्ति दिन चलखेल भएको छ । सम्झौता अनुसार निर्धारित समयमा काम सम्पन्न नहुने भएपछि निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले जरिवाना तिर्नुपर्नेमा सडक विभागले उल्टै ठेकेदार कम्पनीलाई नै क्षतिपूर्ति दिने देखिएको छ । त्यसका लागि ठेकेदार कम्पनीले क्षतिपूर्ति माग गर्दै सडक विभागमा निवेदन पनि दिइसकेको छ । आरसी, समानान्तर र रेलिग्रे (संयुक्त) निर्माण कम्पनीले सो फ्लाइओभर निर्माणको जिम्मा पाएको हो ।