पर्यटकीय गन्तव्य बन्दै झरना खोला
पूर्वी नवलपरासीमा रहेका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्राय सुनसानजस्तो रहने पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
टिपर दुर्घटना हुँदा मजदुरको मृत्यु
रामेछापको मन्थली नगरपालिका –६ सेलेघाटमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । शुक्रवार बिहान ११ बजे मन्थली सेलेघाट सडक खण्डको सेलेघाट तर्फबाट आउँदैगरेको बा २ क ४५०७ नम्बरको टिपर सेलेघाटस्थित थापा पँधेरोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
फावाखोलामा मोटर गुड्ने पुल निर्माण
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा मोटर गुड्ने (मोटरेवल) पुल निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र पाथीभरा याङ्वरक गाउँपालिकाको बजेट साझेदारी लगानीमा फावाखोलामा मोटरेवल पक्की पुल निर्माण गरिएको हो ।
राप्ती–सोनारी ग्रामीण आँखा केन्द्र सञ्चालन
बाँकेको दुर्गम मानिने राप्ती सोनारी गाउँपालिका र सो वरिपरिका क्षेत्रका सर्वसाधारणको आँखा उपचारलाई सहज र सरल बनाउने उद्देश्यले राप्ती सोनारी गाउँपालिकामा ‘राप्ती सोनारी ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आएको छ ।
देउता रिसाउने कुप्रथाले कृषकलाई दुध बेच्न गाह्रो
दुध बेचेमा देउता रिसाउने कुप्रथाको डरले बैतडीका ग्रामीण क्षेत्रका अधिकांश किसान दुध बेच्दैनन् । पशु पालेर गाउँमा दुध बेच्नुभन्दा भारतमा ज्याला मजदुरी गर्न सजिलो मानेर काममा जान्छन् ।
नेपालगन्जका सार्वजनिक शौचालयहरूलाई व्यवस्थित गरिने
नेपालगन्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका सार्वजनिक शौचालयहरूको सही व्यवस्थापन नहुँदा केही सङ्ख्यामा बन्द भइसकेका छन् भने अधिकांश फोहोर र जीर्ण भई काम नलाग्ने हुन थालेका छन् ।
कालिकोटमा युवा लक्षित रोजगार कार्यक्रम खारेज
कालिकोटका दुई स्थानीय तहमा युवा लक्षित रोजगार कार्यक्रम सरकारले सञ्चालनमा ल्याएको थियो । लामो समयपछि २०७४ मा निर्वाचित स्थानीय सरकारले नागरिकले आहा गर्ने खालका कार्यक्रम सार्वजनिक गरेका थिए । केहीले कार्यविधि बनाउँदै समय गएको भनेर आफैले तयार गरेका कार्यक्रम लागु गर्न सकेनन् भने रास्कोट नगरपालिका र पलाँता गाउँपालिकाले भने युवालाई विदेशीनबाट रोक्न युवा लक्षित कार्यक्रम लागु गर्यो ।
दोजाममा ल्याइयो चौँरी
उच्च हिमाली क्षेत्रमा पालन हुने चौँरीगाई सिमकोट गाउँपालिका–१ को दोजाम गाउँमा ल्याइएका छन् । हिमपात कम भए पनि यस वर्ष चिसो निकै बढेका कारण ती चौँरीगाईलाई पालनकै लागि उक्त गाउँमा ल्याइएको हो । दोजाम गाउँका स्थानीय स्याम्जोर लामाले हिउँदमा चार हजार पाँच मिटर उचाइमा रहने चौँरीगाई यतिबेला दुई हजार चार सय मिटरको उचाइमा झारिएको बताउनुभयो ।
घुमन्ते राउटे कृषि व्यवसायमा
आफूलाई जङ्गलको राजा भनेर चिनाउँदै आएका राउटे समुदाय पछिल्लो समय गाउँमै बसेर कृषि व्यवसायमा लाग्न थालेका छन् । घुमन्ते शैलीमा जङ्गली जीवन बिताइरहेका राउटे समुदायले तरकारी खेती गर्न थालेपछि परशुराम नगरपालिका–१२, आमपानीमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण गरिएको थियो ।