प्रेमसँगै विद्रोह
नेपाली साहित्यका लागि वर्तमान समय निकै ऊर्जावान् बनेको देखिन्छ । लेखन तथा गतिविधि उल्लेख्य मात्रामा भइरहेका छन् । पुस्तक प्रकाशनका शृङ्खला बाक्लै देखिन्छ । राम्रा गुणस्तरका पुस्तक तथा सिर्जना पढ्ने पाठकको सङ्ख्या पनि ठुलै छ । गुणस्तरीय पुस्तकहरू प्रकाशन पनि भइरहेका छन् । नेपाली कविताको पछिल्लो पुस्तक ‘बगावतनामा’ भित्रका कविताले पनि पाठकको मन जितेको छ ।
‘मानवस्रोत विकासमा ध्यान दिनु पर्छ’
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभामा समानुपातिक सांसद निर्वाचित गुरुप्रसाद बरालले गरिबीको रेखामुनि रहेका परिवारका लागि मानवस्रोत विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
चिहान मात्रै होइन ताजमहल
सबेरै उठी वृन्दावनको अटल्लाचुङ्गी तिराहाबाट अटोरिक्सा चढेर ‘मथुरा न्यु बस स्ट्यान्ड’ पुगियो । तै आगरा जाने बस लागेको रहेछ । २०८२ मङ्सिर २ गतेको कुरो हो । ठिक ६:३० बजे बस हिँडिहाल्यो । ५८ किलोमिटरको यात्रा करिब डेढ घण्टामै पूरा भयो । ‘आगरा’ ओर्लन पाएको छैन, ‘ताजमहल’ भट्याउँदै आउनेहरू बग्रेल्ती हुँदा रहेछन् । कतै काम नदिई हामी ‘यतै काममा आएको’ भनी बाहिर निस्किएर चियापान गरी आफ्नै सुरले अटोरिक्सा लिँदा उनीहरूले भनेभन्दा दसांश कम ६० रुपियाँले गन्तव्यमा पुगियो । ताजमहल प्रवेश गर्न टिकट काटियो, ज
फुटपाथ खाली हुँदै इरिक्सा नियमनमा
बुटवल उपमहानगरपालिकाले सहरलाई व्यवस्थित र पैदलयात्रीमैत्री बनाउने उद्देश्यसहित तीन वर्षपछि फेरि फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । त्यसका साथसाथै नगरपालिकाभित्र विद्युतीय रिक्सा (इरिक्सा) व्यवस्थापनलाई पनि कडाइका साथ लागु गर्ने तयारी गरिएको छ ।
सडक सुरक्षाबारे सुझाव सङ्कलन
सडक दुर्घटनाबाट जनधनको व्यापक क्षति बढ्न थालेपछि सडक सुरक्षामा सुधार ल्याउन प्रदेशस्तरीय सुझाव सङ्कलन गर्न थालिएको छ । राष्ट्रिय सडक सुरक्षा परिषद्, कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र एसियाली विकास बैङ्कको आयोजनामा सडकको सुरक्षा अवस्थामा सुधार ल्याउन सुझाव सङ्कलन गर्न थालिएको हो ।
मैत्री पुल सञ्चालनबारे नेपाललाई पत्राचार
नेपाल र चीनको सिमाना हिल्सामा निर्माण भएको मैत्री पुलबारे छलफल गर्न चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । पुल निर्माण पूरा भएकाले त्यसको अवस्थाबारे जानकारी गराउने र सञ्चालनमा ल्याउनका लागि चिनियाँ पक्षले नेपाली पक्षलाई पत्राचार गरेको हो । चीनको पुराङ काउन्टीको ताक्लाकोटबाट दुई देशको सिमाना हिल्सामा निर्माण भए पनि सञ्चालनमा आउन नसकेको मैत्री पुलबारे छलफलका लागि चिनियाँ पक्षले नेपाललाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताउनुभयो । गत मङ्सिरमा उक्त पुलको निर्माण पूरा भए पनि सञ्चालनमा आउन सकेको छैन ।
सवारीचालक अनुमति सेवा बन्द
करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ । यातायात व्यवस्था कार्यालयको आफ्नो ट्रायल सेन्टर नभएकाले लाइसेन्स सेवा पनि बन्द भएको हो । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय डडेलधुराले एक निजी ड्राइभिङ सेन्टरसँग सम्झौता गरेर लाइसेन्स सेवा दिँदै आएको थियो तर बिहीबार मात्रै सो सम्झौता खारेज गरिएपछि यो सेवा बन्द भएको हो ।
शुक्लाफाँटामा बाघको आहारा धेरै
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालका अन्य निकुञ्जको तुलनामा बाघको आहारा सबैभन्दा धेरै रहेका छन् । निकुञ्ज कार्यालयका अनुसार बाघले खाने बाह्रसिङ्गा, बँदेल, मृगलगायतका आहारा प्रजाति सबैभन्दा धेरै रहेका पाइएको छ । निकुञ्जमा प्रतिवर्गकिलोमिटरमा बाघको आहारा प्रजाति १४६ वटा पाइने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताउनुभयो ।
पुलको पर्खाइमा कर्णालीपारिका स्थानीयवासी
बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको कर्णालीपारिका स्थानीयवासी पुस्तौँदेखि कर्णाली नदीमा पक्की पुलको पर्खाइमा रहेका छन् । कर्णाली नदीमा पक्की पुल नहुँदा यहाँको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीय झोलुङ्गे तथा फेरीको सहाराले नदी वारपार गर्ने गरेका छन् । यहाँका स्थानीयले कर्णाली नदीमा राखेको फेरीका सहाराले दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् । यसबाट हिउँदको महिना केही सहज हुने गरेको भए पनि बर्खाको समय फेरी बन्द हुने गरेको भन्दै अहिले यहाँका बासिन्दा कर्णाली नदीमा पक्की पुलको माग गर्दै आएका छन् ।
माछापालनमा भविष्य खोज्दै जुम्ली युवा
जुम्लाका युवा परम्परागत कृषि पेसासँगै नयाँ सम्भावनाको खोजीमा छन् । पछिल्लो समय जिल्लामा माछापालनतर्फ आकर्षण बढ्दै गएको छ । आत्मनिर्भर बन्ने लक्ष्यसहित केही युवाले व्यावसायिक माछापालन सुरु गरेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–१० का देवन्द्रराज गिरी र वडा नम्बर ६ का दिल्लीबहादुर रावल छ वर्षदेखि रेन्बो ट्राउट जातका माछापालनमा सक्रिय हुनुहुन्छ । उहाँहरूले २०७७ सालमा नुवाकोटबाट १५ हजार भुरा ल्याएर माछापालन सुरु गर्नुभएको थियो । त्यतिबेला प्रतिगोटा भुरा १९ रुपियाँमा खरिद गरिएको थियो ।
दुई वर्षदेखि विद्युत् उत्पादन बन्द
पाटन नगरपालिका–६ स्थित सुर्नयागाड जलविद्युत् आयोजनाबाट करिब दुई वर्षदेखि विद्युत् उत्पादन बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन् । प्राविधिक व्यवस्थापन अभाव र एडिआर प्रणालीमा आएको समस्याका कारण आयोजना बन्द भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । एक समय एक सय किलोवाट विद्युत् उत्पादन हुँदै आएको आयोजना प्रणालीमा समस्या आएपछि पुनः सञ्चालन हुन सकेको छैन ।
तुलसीपुरमा पहिलो पटक चैते धान
तुलसीपुर उपमहानगरपालिकामा पहिलो पटक चैते धानको उत्पादन परीक्षण सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१७, वनकट्टीमा पाँच बिघा क्षेत्रफलमा चैते धान रोपिएको छ । जिल्लाको बङ्गलाचुली गाउँपालिकामा चैते धानको खेती हुँदै आएको छ भने तुलसीपुरमा यस वर्षदेखि सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख कुलराज चौधरीका अनुसार बिजौरी साना किसान सहकारी संस्थाको समन्वयमा धान रो
सामुदायिक विद्युतीकरण सुधार गर्न माग
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घले सामुदायिक विद्युतीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा नीतिगत सुधार गर्न सरकारसँग माग गरेको छ । महासङ्घले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई यससम्बन्धी मागपत्र बुझाएको छ ।
माग घटेपछि बुलेटमै थन्कियो ग्यास
आधा सिलिन्डर बिक्री गर्ने सरकारी निर्णय र बिजुलीमा खाना पकाउने प्रवृत्ति बढ्दा ग्यास उद्योगमा सिलिन्डर थन्किन थालेका छन् । अर्कोतिर बजारमा पहिले नै धेरै सिलिन्डर गइसकेकाले बुलेटबाट ग्यास ‘रिफिल’ गर्न नपाएको उद्योगीले जनाएका छन् । आधा तौल (७.१ केजी) को सिलिन्डर भर्न थालेपछि सिलिन्डर कम भएर ग्यास बुलेटमा थन्किन थालेका हो । ग्यास आपूर्ति नियमित हुन थालेपछि आयात पनि घटेको छ । नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा बजारमा मासिक ४५ हजारदेखि ४८ हजार मेट्रिक ग्यासको माग रहेकोमा १५ दिनको अवधिमा बजारमा १८ हजार मेट्रिक टन मात्र ग्यास आयात भएको छ । बजारमा ग्यासको अभाव हुन थालेपछि आपूर्ति व्यवस्था सहज पार्न निगमले २८ फागुनदेखि आधा तौलको सिलिन्डर वितरण गर्न उद्योगीलाई निर्देशन दिएको थियो ।
चैतेबाली भित्र्याउन महँगीको व्यवधान
महोत्तरी जिल्लाका किसान यतिबेला चैतेबाली अन्तर्गत गहुँ, रहरलगायत बाली भित्र्याउने चटारोमा छन् । बेमौसमी हावाहुरी र वर्षाको जोखिम बढेसँगै सम्भावित क्षति टार्न उनीहरू हतार हतारमा खेतमै खटिन बाध्य भएका हुन् । बिहानदेखि बेलुकासम्म किसान गहुँ काट्ने, थ्रेसरमार्फत दाना छुट्याउने र सुरक्षित भण्डारण गर्ने काममा व्यस्त छन् ।
एकैदिन पन्ध्र प्रतिशतसम्म सेयर घटबढ हुन सक्ने
आगामी सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकर तथा मूल्य सीमासम्बन्धी व्यवस्था लागु हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन गर्दै अब सूचीकृत कम्पनीको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था गरेको हो ।
भाइकाजीविरुद्ध दोस्रो मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सङ्घीय संसद् : सबै समितिमा नयाँ नेतृत्व
निर्वाचनपछि सङ्घीय संसद्को अधिवेशन प्रारम्भ भएको दुई सातामै विषयगत समिति गठन र नेतृत्व चयन प्रक्रिया पूरा भएको छ । विगतमा लामो समयसम्म नियमावली तर्जुमा नहुँदा समिति गठन र नेतृत्व चयनमा ढिलाइ हुने गरेकोमा यो पटक नियमावली मसौदाको काम जारी रहेकै अवस्थामा समिति गठन भएका थिए । नियमावलीमा समिति सङ्ख्या हेरफेर नगर्ने राजनीतिक सहमतिमा समिति गठन र नेतृत्व चयन सम्पन्न भएको हो ।
कीर्तिमान रच्ने तर्खरमा आरोही
सगरमाथाको ३१ औँ पटक आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएका प्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै कीर्तिमान तोड्ने तयारीमा लाग्नुभएको छ । वसन्तयामको सगरमाथा आरोहणका लागि काठमाडौँबाट लुक्ला, फाक्दिङ, नाम्चे हुँदै सगरमाथा आधार शिविरतर्फको यात्रामा रहनुभएका ५६ वर्षीय शेर्पा ३२ औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाउने तयारीमा लाग्नुभएको हो । उहाँले भन्नुभयो, “फोर्टिन पिक एक्सपिडिसन कम्पनीबाट सगरमाथा आरोहण गर्ने तयारी अनुसार नौ जना विदेशी आरोहीसहित सगरमाथा क्षेत्रमा प्रवेश गरेको छु । कीर्तिमानका लागि नभएर आरोहणको पेसालाई निरन्तरता दिँदै विदेशी आरोहीको पथप्रदर्शकका रूपमा आरोहणमा सहभागी हुन लागेको हुँ ।”
जलवायु परिवर्तन विश्वकै गम्भीर चुनौती
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले युवा सहभागिता, समावेशिता, विकास, जलवायु र डिजिटल रूपान्तरणका विषयमा विश्वभरिका सांसद एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले विश्व भूराजनीतिक प्रतिस्पर्धा, द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक सङ्कट, असमानता र युवा बेरोजगारी जस्ता बहुआयामिक चुनौतीसँग जुधिरहेको उल्लेख गर्नुभयो ।
नारायणगढ–बुटवल सडकखण्ड : चौँतिस पुल र कल्भर्ट निर्माण
विस्ताराधीन पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवलखण्डको पूर्वी भाग (नागरायणगढ–दाउन्ने) मा पुल र कल्भर्ट निर्माण सम्पन्न भएको छ । यस भागमा साना र ठुला गरी कुल ३४ वटा पुल निर्माण भएको हो । यसमध्ये साना २२ र ठुला १२ वटा पुल निर्माण भएका हुन् । त्यसै गरी यस भागमा सबै कल्भर्टसमेत निर्माण सम्पन्न भइसकेको छ । सडक विभाग एडिबी निर्देशनालय प्रमुख ई. चूडाराज ढकालले विस्तारक्रममा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवलखण्डको पूर्वी भाग (नारायणगढ–दाउन्ने) मा निर्माण गर्नुपर्ने पुलको काम सम्पन्न भएको जानकारी दिनुभयो । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ ।
गगन नेतृत्वलाई वैधानिकता
नेपाली कांग्रेसको आन्तरिक विवादको न्यायिक निरूपण भएको छ । विशेष महाधिवेशन वैधानिक वा अवैधानिक भन्ने विवाद सर्वोच्च अदालतले शुक्रबार किनारा लगाएको छ । सर्वोच्चको संयुक्त इजलासले गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई नै वैधता प्रदान गरेको छ । विशेष महाविधेशनको निर्णय राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानविपरीत रहेको भन्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको रिट निवेदन सर्वाेच्चले खारेज गरेको छ । मुलुककै पुरानोमध्येको एक पार्टीको चार महिना लामो आन्तरिक किचलो सर्वोच्चको आदेशसँगै टुङ्गो लागेको छ ।
निजामती विधेयक तर्जुमा चाँडै : मन्त्री रावल
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सङ्घीय निजामती सेवा विधेयकको मसौदा बाहिर चर्चा भए जस्तो तोडमोड नभएको बताउनुभएको छ । विधेयकको मसौदाका विषयवस्तुका बारेमा विभिन्न सञ्चार माध्यममा विभिन्न चर्चा भएको भन्दै उहाँले बाहिर चर्चा भए जस्तो परिवर्तन नभएको स्पष्ट पार्नुभयो ।
जोखिम मोलेर बचाउने सङ्कल्प
बाढी, पहिरो, दुर्घटना, आगलागी वा डुबान जस्ता प्राकृतिक तथा दैवीप्रकोपमा परी जोखिममा परेका व्यक्तिलाई बचाउन होमिने उद्धारक सधैँ सकुशल नफर्किन पनि सक्छन् । हरदम आइपर्न सक्ने जोखिम, चुनौतीपूर्ण तथा ज्यानको पर्वाह नगरी निरन्तर कर्तव्यपथमा लाग्न राष्ट्रभक्ति र देशप्रतिको समर्पण नभई सम्भव हुँदैन, यही समर्पणलाई आफ्नो वृत्ति (करिअर) बनाउने देशभक्तको पनि यहाँ कमी छैन ।