शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सरकारी तथा सार्वजनिक संस्थाको लिखत, छापलगायत दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा शुव्रmबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको हो । तिवारीविरुद्ध दायर भएको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । बिहीबार मात्रै आयोगले उनीविरुद्ध साढे १० करोड रुपियाँ बिगो राखेर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी पहिलो मुद्दा दायर गरेको थियो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादी दुवैलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको छ ।