• ५ वैशाख २०८३, शनिबार

सम्पन्नताको प्रतीक राष्ट्रप्रेम

blog

देशभक्त नभई राष्ट्र विकसित हुँदैन । कुनै पनि काममा बुद्धि, साधन, श्रम र जनसहयोग नै राष्ट्रको सफलता हो । कतारकै कुरो गरौँ, अमेरिकाका धनाढ्यले रोयल्टी दिने गरी यहाँका तेल खानी लिए । राजाले रोयल्टीबाट प्राप्त रकम घर, महल, सडक, स्कुल र अस्पताल बनाएनन्; बरु अमेरिकाका लगानीकर्ताको सेयर खरिद गर्न थाले । विभिन्न कलकारखाना, उद्योग र तेल खानीमा कतारवासीले जागिर पाए । जनता धनी हुँदै गए । बजार विस्तार हुँदै गयो । आयकरलगायत करबाट पनि सरकारलाई आम्दानी हुँदै गयो । यो आम्दानी पनि सेयरमै लगानी हुँदै गयो । आज कतार तेल खानीका धनी राष्ट्र बनेको छ । त्यस्तै मलेसियामा महाथिर मोहम्मदले पाम आयलबाट विकासको सुरुवात गरे । आज मलेसिया युरोपेली स्तरमा पुगेको छ । राष्ट्र उत्थानमा होस नपु¥याउँदा अधोगतिमा गइन्छ । यहाँ अमेरिकाको श्रीवृद्धिबारे चर्चा गर्ने प्रयास गरिएको छ । 

अमेरिकाको संविधानले भन्छ, सबै मानव समान हो । जर्ज वासिङ्टनले अमेरिकालाई ब्रिटिसको लुटबाट जोगाए र देशलाई अमेरिकी रैथानेको हातमा सुम्पिदिए । यस स्वतन्त्रता युद्धमा अधिकांश सेना काला जाति थिए । विजयपछि जर्ज वासिङ्टनले शासनसत्ता फ्रैङ्कल्यान्ड आदि नेताको हातमा सुम्पे । सत्कारस्वरूप उनले भर्जिनियामा धेरै जमिन प्राप्त गरे । सो जमिन शिक्षा क्षेत्रलाई दान दिए । आफ्ना साथी दासलाई लिएर फुपूले दिएको घरजग्गामा गएर खेतीकिसानी गरी बसे । काला जातिलाई आपूm समान राखे । उता नेताहरूले संविधान बनाउन सकेनन् । सत्तरी जना नेता जर्ज वासिङ्टनको घरमा पुगे । नेताहरूले संविधान बनाउन सकिएन भनेनन् । बरु फिलाडेल्फियाका जनताले हामीलाई शासन सञ्चालन गर्न दिएनन् भने । जनताले चाहिँ हामीलाई वासिङ्टन नै चाहिन्छ भने । उनी घरबाट बग्गी चढी फिलाडेल्फियातिर लागे । फिलाडेल्फियाको नदीपारि जनताको अपार भिड थियो । उनी जनताको भिडमा पुगे । उनलाई जनताले छोड्दै छोडेनन् । बग्गीमा राखी फिलाडेल्फिया पु¥याए । सारा जनतालेभन्न थाले– हामीलाई संविधान चाहिएको छ । जनताको माया र अनुरोधलाई अस्वीकार गर्न नसकी उनी संविधान निर्माणमा लागे । संविधान निर्माण भयो । अनि उनी घर फर्किन खोजे । जनताले जान दिएनन् । निर्माण गर्नेले सञ्चालन गर्नु पर्छ भनेर अनुरोध गरे । जर्ज वासिङ्टनलाई दुई वर्षको निमित्त प्रथम राष्ट्रपति बनाए । समय बित्यो, उनी फेरि घर जान खोजे तर राष्ट्रपति भवनमा जनताले घेरा हाले । घेराबन्दीमा परेका राष्ट्रपति जनताको माया र अनुरोध इन्कार गर्न सक्ने अवस्थामा थिएनन् । दोस्रो पटक पनि राष्ट्रपति भए । समय बित्यो घर जाने यस पटक फेरि तयार भए । जनतामाझ बिन्ती बिसाए– म वृद्ध भएँ, अरूलाई पनि मौका दिनु पर्छ भनेर हात जोडे । अब चाहिँ जनताको केही लागेन । उनी घर फर्के । राष्ट्रपति पद छाडी उही खेताला बने । केही वर्ष बिरामी परे । सरकारले बेलायतमा औषधी उपचार गर्न पठाउने निर्णय ग¥यो । शत्रु राष्ट्रमा जान चाहेनन् । अन्त्यमा देहत्याग गरे । उनका आधा घरजग्गा काला दासलाई सुम्पिदिए ।

यसै गरी अर्का अमेरिकी राष्ट्रपति हुन्– अब्राहम लिङ्कन । उनी गरिब घरका अमेरिकी राष्ट्रपति हुन् । गरिबीको कष्ट स्वयं उनले भोगेका थिए । उनले दास मुक्तिको घोषणा गरे । सबै काला दास अमेरिकी जनता बने । गोराहरूले ठुलो युद्ध सुरु गरे । २० लाख जति मानिस यस घरेलु युद्धमा मारिए । यस युद्धमा पनि कालाहरू धेरै मारिए तर उनीहरूले विजय प्राप्त गरे । यसप्रकार काला दास नै अमेरिकी स्वतन्त्रताको ठुलो पात्र बने । अमेरिकाको एकतालाई बचाउने अधिकांश काला भए । अमेरिकाको माया कालागोरा सबैले गरे । मानवको समानता र एकता नै श्रीवृद्धिको आधार बन्यो ।

अर्का अमेरिकाका सपुत थिए– जर्ज किङ्ग । जर्ज किङ्ग काला जातिका नेता थिए । उनको नेतृत्वमा आन्दोलन भयो । धेरै गोराले साथ दिए । आन्दोलनमा लाखौँ गोरा पनि थिए । कालागोरा दुवै मिले । अमेरिकाका समान नागरिक बने तर व्यवहारमा समानता कायम भएन । काला र गोराको भेद कायम नै रह्यो । उदय भयो बाराक ओबामाको । उनी छात्र जीवनदेखि नै कम्युनिटी सर्भिसमा काम गर्थे । उनी अमेरिकी जनताको प्यारो बन्दै गए । अध्ययनपछि वकालत सुरु गर्न मिचेलको फर्ममा गए । मिचेलबाटै काम सिके । मिचेलमा अद्भुत स्वभाव देखे । ओबामाले साथ दिन आग्रह गरे । गुरु मिचेलसँग ओबामा वैवाहिक सम्बन्धमा गाँसिए ।  सिनेट भए सेवा गरे । सन् २००४ मा फिलाडेल्फियामा भाषण गर्दा भने, “म सेती आमा र कालाको सन्तान हुँ । मेरो माया काला र गोरा दुवैमा समान छ । म काला र गोराको सम्मिश्रण हुँ । म अमेरिकामा काला गोराको शक्ति प्राप्त गरी शक्तिशाली, सभ्य र विशाल अमेरिका बनाउन चाहन्छु ।” उनलाई साथ दिए जोन केरीले । जोन केरी गोरा र बाराक ओबामा मिश्रित । पछि श्रीमती हिलारी क्लिन्टनले पनि साथ दिए । राष्ट्रपतिमा विजय प्राप्त गरे । आज पनि जोन केरी अमेरिकाको सान बढाउन व्यस्त छन् । वास्तविक शासन कसरी चलाउने भन्ने उदाहरण मिचेल, जोन केरी र हिलारी क्लिन्टनले पेस गरे । हिलारी क्लिन्टन परराष्ट्रमन्त्री भए । ओबामा अति मेहनती र बुद्धिमानी पनि । उनले देखे एक्लै काम गर्न सकिन्न । उखान छ– एक्लो वृहस्पति झुटा । भित्र साँठगाँठ, बाहिर एक्लै भन्ने नीति ओबामाले अमेरिकामा अख्तियार गरे ।

ओबामाको शासनकालका केही घटना सुनाउन चाहन्छु । उनी महिलावादी र दुःखी जनताको साथी । उनले भर्खर केही वर्ष काम गरेकी एउटी महिलालाई एटर्नी जेनरलमा नियुक्त गर्ने निधो गरे तर अधिकांश मिडियाले आलोचना गरे । यत्रो ठुलो पदमा आलोकाँचो भनेर । ती महिलाले आफ्नो महìव दर्साउन आफूले गरेको काम र यसअधि अन्य एटर्नी जेनरलले गरेको गल्तीको दुई किताब लेखे । निजको विद्वता र काम थाहा पाई सबै चुप भए । ती महिला एटर्नी जेनरल भई काम गर्न थालिन् । यसै गरी फेडरल बैङ्कका गभर्नर पनि महिला नै नियुक्त गरे । दुवैको काममा उच्चता कायम थियो । 

सन् २०१२ मा दोस्रो पटक म अमेरिका गएको थिएँ । ओबामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बनेका थिए । धनी व्यक्तिका विरोधी भनेर यस पार्टीलाई भनिन्थ्यो । एकदिन न्युयोर्कको म्यानहटनमा एक धनाढ्य महिला व्यापारीको घरमा सादा बर्दीका प्रहरीले घेरा हाले । त्यो देखेर ती महिला डराइन् । एकछिनपछि एउटा बर्दीधारी प्रहरी अधिकृत महिलाको घरमा गयो । अब महिलाले आफू पक्राउ पर्ने निश्चित ठानी । त्योे प्रहरी अधिकृतले भन्यो, “आज तिम्रो घरमा ठुलो भिआइपी आउँदै छ,  तिमी तयार भएर बस ।” बल्ल ती महिलाले सास फेरिन् । अनि उनले ठानिन्– होला कुनै नेता चन्दा माग्न आउन लागेको तर उनी त्यतिबेला छक्क परिन् जब मिचेल र ओबामा घरमा पसे । घरमा राष्ट्रपति दम्पती आएपछि उनलाई के गरौँ के गरौँ भन्ने लाग्यो । आफूलाई समाली दुवैलाई बैठक कोठामा बसालिन् । साधारण कुराकानीपछि “तिमी व्यापार मन्त्री बन” भनी ओबामाले आग्रह गरे । “यो सुनेर म त बेहोस जस्तो भएँ” भनेर उनले लेखेकी पनि छन् । मेरो यति ठुलो व्यापार, कारोबार कसरी छाडी मन्त्री बन्नु । पछि राष्ट्रहित सम्झी मैले यो प्रस्ताव इन्कार गर्न सकिनँ । कारोबार अन्यको जिम्मा लगाई म मन्त्री बनेँ भनेर पनि उनले लेखेकी छन् । 

ओबामा दोस्रो पटक राष्ट्रपति हुँदाकै कुरो हो, रुस वा चीन कुन देशको हो मलाई सम्झना भएन । त्यो देशको राजदूतमा रिपब्लिकन पार्टीको गभर्नरलाई पठाउने विचार गरी ओबामाले फोन गरे । ती गभर्नरले भने, “मलाई किन्न लागेको हो ?” ओबामाले भने, “मैले तिमीलाई किन्न आँटेको होइन, त्यो राष्ट्र अति संवेदनशील महत्वको राष्ट्र हो । तिमी जे हौ मलाई वास्ता छैन । तिमी अमेरिकी हौ । यसको गरिमा राखी अमेरिकाको हित चिताउने तिम्रो उद्देश्य थाहा भएर नै मैले अनुरोध गरेँ ।” ती गभर्नरले इन्कार गर्न सकेनन् । पद समाल्न पुगेँ । यही हो ओबामाको शासनप्रणालीमा मानिसको छनोट । योग्य मानिसको पहिचान नै सफलता हो । ओबामाले कैयाैँ वर्षसम्मको कटुता क्युवा र इरानसँगको शत्रुतालाई मित्रतामा परिणत गरिदिए । अन्य धेरै काम गरे राष्ट्रको प्रतिष्ठा बढाए ।

सोभियत सङ्घका राष्ट्रपति ब्रेजनेभबारे पनि छोटकरीमा भन्न चाहेँ । उनी पार्टीको महामन्त्री र राष्ट्रपतिको बसाइ पनि साधारण घरमा थियो । काम गर्ने कोही पनि थिएन । भान्सामा श्रीमान्/श्रीमतीले काम गर्दथे । फिडेल क्यास्ट्रो मस्कोमा आएको बखत सोही घरमा पाहुना भई  बस्थे । मिलीजुली खाना बनाउने काम गरे । राष्ट्रको विकास र गौरव राखे । जब आफ्नै घरमा मृत्यु भयो तब जनताले थाहा पाए, ब्रेजनेभको जीवनशैली । 

मानिस सफल हुन्छ, सोच, लगनशीलता र इमानदारीले । काम र बुद्धिमा सबै समान सक्षम हुँदैनन् । कारणवश कमीकमजोरी हुन्छ । शासकले शासन गर्दा कुन ठाउँमा कस्तालाई लगाए उपलब्धि हात लाग्छ भन्ने थाहा पाउनु पर्छ । मानिस अनुकूल काम र सफलता ओबामाबाट सिकौँ । अब्राहम लिङ्कन र जर्ज किङ्गबाट सिकौँ । अमेरिकाको सम्पन्नताको प्रमाण हो– एकता र राष्ट्रप्रेम । यो नै राष्ट्रको आधारशिला हो ।