रास्वपाको बृहत् राजनीतिक समायोजन
नवयुवा (जेनजी) आन्दोलनपछि मुलुकमा भ्रष्टाचार अन्त्य र सुशासन कायम आमनागरिकको आकाङ्क्षा पूरा गर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक समायोजन अभियान सुरु गरेको छ ।
देशभर बढ्यो चिसो : तापक्रम घट्ने क्रम जारी
नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । न्यूनतम तापक्रममा गिरावट आएसँगै देशभर चिसो महसुस गरिएको छ । योसँगै चिसोजन्य स्वास्थ्य समस्या पनि बढेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
प्रदूषक गाडी, निष्क्रिय नियमनकारी
काठमाडौँ उपत्यकामा ५३ प्रतिशत सार्वजनिक सवारी वायु प्रदूषणको मापदण्डविपरीत गुडिरहेका छन् । पुराना सवारीले तोकिएको मापदण्डभन्दा दोब्बर प्रदूषणयुक्त कालो धुवाँ फाल्दै सडकमा गुडिरहँदा पनि नियमनकारी निकायको प्रभावकारिता भने देखिँदैन । यसले गर्दा चिसो मौसमसँगै उपत्यकाको वायु प्रदूषणलाई तीव्रता मिलेको छ ।
प्युठानबाट सूर्य थापा एकल सिफारिस
नेकपा (एमाले) प्युठानले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेता सूर्य थापाको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटी बैठकले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेता थापाको नाम एकल रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रविधिको दुरुपयोग रोक्न आयोगले सबै संयन्त्र प्रयोग गर्ने
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सूचना प्रविधिको दुरुपयोग रोक्न सबै निकायबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ ।
एमाले सचिवालय बैठक मंगलबार विहान बस्ने
नेकपा (एमाले) को सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनबारे छलफल हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार मङ्गलबार बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश सभामा रास्वपाको दुई प्रदेशसभा सदस्य
राष्ट्रिय स्वतन्त्र पार्टीले दुई प्रदेशसभा सदस्यसहित सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य रहनुभएका लक्ष्मणकिशोर चौधरी र स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी सो पार्टीमा गएपछि रास्वपाको पनि प्रदेश सभामा प्रतिनिधित्व हुनेभएको हो ।
समाजमा हिँसा भड्किन नदिन गृहमन्त्रीको आग्रह
गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्याउने घटनामा गम्भीर ध्यानाकर्षण जनाउनु हुँदै सबै पक्षसँग तत्काल सद्भाव र सह–अस्तित्वको समेत रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गर्नु भएको छ।
फरार अभियुक्त पक्राउ
बाल यौन दुराचारविरुद्वको कसुरमा अदालतबाट दोषी प्रमाणित भएसँगै फरार रहेका एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
एमाले कालीकोटमा आकाङ्क्षीको भिड
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) कालीकोटमा आकाङ्क्षीको भिड लागेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा एमालेबाट १२ जनाले दाबी पेश गरेका छन् ।
शिक्षकहरूको क्षमता विकासका लागि कार्यशाला
‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम अन्तर्गत कावासोती नगरपालिकाले विज्ञान शिक्षक क्षमता विकास कार्यशालाको आयोजना गरेको छ ।
अपाङ्गता भएकालाई न्यानो कपडा
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पूर्ण अपाङ्गता भएका नगरवासीलाई न्यानो कपडा वितरण गरेको छ । नगर प्रमुख धनपत यादवसहित वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोलीले रामग्राम १ सन्डामा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको हो ।
बागलुङ महोत्सवः उपाधि होटल समिटलाई
बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरीले जितेको छ ।
नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन् ।
सामुदायिक भवन शिलान्यास
ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन लागेको सामुदायिक भवनको शिलान्यास गरिएको छ । करिब ४० बर्ष पुरानो सामुदायिक भवन भत्काएर निर्माण गर्न लागिएको अत्याधुनिक प्रविधिको बहुद्देश्यीय सामुदायिक भवनको शिलान्यास गरिएको हो ।
महोत्सवमा घरेलु उत्पादनतर्फ दर्शकको आकर्षण
बाँकेको कोहलपुरमा पुस ९ गतेदेखि जारी कोहलपुर महोत्सवमा घरेलु उत्पादन वस्तुहरूमा दर्शक–अवलोकनकर्ताको आकर्षण देखिएको छ । महोत्सवस्थलमा राखिएको विभिन्न घरेलु उत्पादनसम्बन्धी वस्तुहरुमा दर्शकको आकर्षण बढेको हो ।
तीस हजार क्विन्टल धान खरिद
बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले ३० हजार दुई क्विन्टल धान खरिद गरेको छ । खाद्यले किसानबाट सरकारले तोकेको समर्थन मूल्यमा २८ हजार ८२ क्विन्टल मोटा र एक हजार ९ सय २० क्विन्टल मध्यम धान खरिद गरेको हो ।
मह काढ्दै मौरीपालक किसान
पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली तुलसीपुरका मौरी पालक किसान नारायण घिमिरेलाई यतिबेला मह बिक्री गर्न भ्याइ नभ्याई छ ।
स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह
देशको विभिन्न भूभागमा चिसो बढ्दै जाँदा शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ। जाडोयाममा तापक्रम घट्दा स्वास्थ्यमा असर पर्न थालेको छ।
मुक्त कमलरीले परिचयपत्र पाएनन्
कमलरी मुक्ति भएको १२ वर्ष पुगे पनि अझैसम्म तीन हजारभन्दा बढी मुक्त कमलरीले परिचयपत्र पाएका छैनन् ।
धार्मिक कर्मकाण्डसम्बन्धी तालिम
सोलुखुम्बु जिल्लामा दलित तथा पिछडिएका समुदायलाई लक्षित गर्दै धार्मिक कर्मकाण्डसम्बन्धी तालिम सुरु भएको छ। हिन्दु धर्ममा गरिने विभिन्न धार्मिक विधि, पूजापाठ तथा संस्कारबारे व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले एक साताको तालिम आयोजना गरिएको हो।
शिक्षक विद्यार्थीलाई न्यानो कपडा
भार्सेली समाज हङकङको सहयोगमा भार्सेका सवै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको छ ।
प्राधिकरणको ध्यान गुणस्तरीय बिजुली सेवामा : निर्देशक शाक्य
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित रहेको बताउनुभएको छ । ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदूरपश्चिम प्रदेश पुग्नु भएका उहाँले त्यहाँका विभिन्न वितरण केन्द्र र सब–स्टेशनको निरीक्षण गर्ने क्रममा यस्तो बताउनुभएको हो ।
एक दिन लम्बियो बागलुङ महोत्सव
बागलुङ महोत्सव एक दिन लम्बिने भएको छ । पुस ११ गतेदेखि सुरु भएको महोत्सव मङ्गलबारसम्म चल्ने भएको हो । यसअघि सोमबारसम्मलाई महोत्सवको अवधि तोकिएको थियो ।