एमाले दोस्रो विधान महाधिवेशन : कस्तो छ तयारी ?
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउन चार दिन बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिव पूरा भएको केन्द्रीय कार्यालयका पदाधिकारीहरुको भनाइ छ ।
पहिरो खस्दा बेनी–दरबाङ सडक अवरुद्ध
म्याग्दीको पश्चिम क्षेत्रलाई सदरमुकामसँग जोड्ने प्रमुख सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सेवा अवरुद्ध बनेको छ ।
ऐन कानुन कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्छ : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेशमा निर्माण भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
सडक छेउको फलफूल पसलले दुर्घटना जोखिम
नवलपुरको कावासोती –२ मा पर्ने हाटबजार लाइनको सडकछेउमै फलफूल व्यापारीहरूले व्यापार गर्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ ।
एआई प्रयोग गर्न फाइभजी अति आवश्यक : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआइ प्रयोग गर्न फाइभजी नेटवर्क कार्यान्व्यन हुन अनिवार्य भएकाले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क सुचारु गर्न निर्देशन दिनुभएको छ ।
शिक्षा विधेयकको विरोधमा बस र्याली
नीजि विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकको विरोधमा नवलपुर सदरमुकाम कावासोतीमा बस तथा भ्यान र्याली निकालेका छन् । देशब्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत नवलपुरमा पनि स्कुल बस र भ्यानलाई दोस्रो पटक सडकमा उतारेर प्रदर्शन गरिएको हो ।
पहिरो पन्छाएर सडक सुचारु
उत्तरी गोरखाको माछीखोला लार्के सडक खण्डमा पहिरो पन्छाएर सडक सुचारु गरिएको छ । धार्चे गाउँपालिका –५ खानीबेशी र माछीखोला सडक खण्डहरुमा ढुंगा र माटोलाई पन्छाएर अबरुद्ध भएको सडक धार्चे गाउँपालिकाको जेसिबी प्रयोग गरी सडक सुचारु गरिएको हो ।
खोटाङमा व्यावसायिक राँगापालन
बिहान जङ्गलमा लगेर राँगा छाड्ने र बेलुका गोठमा ल्याएर बाँध्ने, खोटाङ खाल्लेका कृषकहरुको अहिलेको दैनिकी बनेकोे छ । सामूहिकरुपमा व्यावसायिक राँगापालन सुरु गरेका खाल्लेका चारसले दाप्सा कृषक समुहसँग अहिले राँगा र पाडी गरेर २४ वटा छन् ।
राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेको २० ट्रक अलपत्र
अविरल वर्षापछि आएको पहिराले कर्णाली राजमार्ग तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । भदौ १४ गते बिहान ९ः४५ बजेदेखि कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट शुभकालिका गाउँपालिका –१ गगनेखोलामा भएको अवरुद्ध अझै खुलेको छैन् । तीनदेखि सडक पूर्णरुपमा अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमा अलपत्र परेका छन्।
कम्युनिस्ट नेता नन्दनको निधन
बारा, पर्सा र रौतहट क्षेत्रमा कम्युनिस्ट आन्दोलनको आधारशीला राख्नेमध्येका एक अग्रज नेता नन्दन अर्यालको ९५ वर्षको उमेरमा निधन भएको छ। उहाँको जन्म बाराको कलैया उपमहानगर पालिका –१४ बघवनमा १९८८ मा भएको थियो ।
करेन्ट लागेर पुरुषको मृत्यु
रौतहटको बौधीमाई नगरपालिका–४, इनरबारीका एक पुरुषको करेन्ट लागेर ज्यान गएको छ । करेन्ट लागेर घाइते हुनुभएका ५२ वर्षीय अजयनारायण मिश्रको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
उपप्रमुख डङ्गोल जेनेभा प्रस्थान
भदौ १७ गते देखि १९ (सेप्टेम्बर २–४) सम्म स्वीजरल्यान्डको जेनेभामा आयोजना हुने विश्व युवा शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबिच भेटवार्ता
साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबिच दुई पक्षीय भेटवार्ता भएको छ ।
आमाले २० महिनाकी छोरी छाडेर हिँँडेपछि बच्चाको बिचल्ली
जन्म दिने आमाले आफ्नो २० महिनाकी छोरीलाई छाडेर घरबाट हिँडेपछि बालिकाको बिचल्ली भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका –१ पटारे निवासी आमा दिला गिरीले आफ्नी छोरी दुधे बालक दीपा गिरीलाई छाडेर हिँडेपछि कारुणिक अवस्था सिर्जना भएको छ ।
पहिरो खस्दा घरसहित चौपाया पुरिए
डोजरले खनेको सडकबाट पहिरो खस्दा दुईवटा घरसहित पशुचौया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि एकजना ज्येष्ठ नागरिक गम्भीर घाइते हुनुभएको छ ।
विद्युत् प्रसारण लाइनको काम छिटो सक्न निर्देशन
कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइनको काम तिहारसम्ममा सम्पन्न गरेर सञ्चालनमा ल्याउन सङ्घ तथा प्रदेश सरकारले एकसाथ निर्देशन दिएका छन् । शनिबार विद्युत् प्रसारण लाइन अन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेको विभिन्न संरचनाको स्थलगत निरीक्षण गर्न पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र चिसापानीको एक छलफलमा पुगेका सङ्घका वन तथा वतावरणमन्त्री ऐनबहादुर शाहीले सो निर्देशन दिनुभएको हो ।
दुई ठाउँबाट राष्ट्रिय परिचयपत्र
राष्ट्रिय परिचयपत्र बनाउने विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले स्टेसन थप गरेको छ । पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले इलाका प्रशासन कार्यालय दुल्लुमा स्टेसन थप गरेर राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरेको हो ।
बिस दिनसम्म गोठमै सुत्केरी
हुम्लामा सुत्केरीलाई सुत्केरी भएको २० दिनसम्म घरभन्दा अलग्गै गोठमै राख्ने गरिएको छ । देवीदेवता रिसाउने र घरमा समेत जुठो हुने भन्दै सुत्केरी आमा र बच्चालाई २० दिनसम्म गोठमा राख्ने गरिएको पाइएको छ ।
कर्णाली राजमार्ग जीर्ण
सुर्खेत–जुम्ला कर्णाली राजमार्गको जोखिम खण्ड अहिलेसम्म मर्मत भएको छैन । सडक सञ्चालनमा आएको दुई दशक पुग्न लाग्दा पनि जोखिम भएका खण्डमा मर्मत हुन सकेको छैन ।
अवैध उत्खननमा संलग्नलाई जरिबाना
मुस्ताङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्नेलाई कडाइ गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले कालीगण्डकी, कागखोला र लार्जुङखोलाबाट अवैध तरिकाले ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन तथा ओसारपसार गरेका ट्याक्टर, टिप्पर र एक्साभेटरलाई नियन्त्रणमा लिई जरिबाना गरेको छ ।
सडक बनाउँदै बिते तीन दशक
गुल्मीको रेसुङ्गा नगरपालिका–१२ का ५३ वर्षीय प्रेम तङ्नामीले सडकमा काम गर्न थालेको ३२ वर्ष भयो । उहाँले २०४६ सालबाट सडक डिभिजन कार्यालय पाल्पामार्फत दैनिक नौ रुपियाँमा काम सुरु गर्नुभएको हो । उहाँसँग तम्घासबाट ३०/३५ किलोमिटरसम्म सडक मर्मत गरेको अनुभव छ ।
‘सकारात्मक सोच र आत्मविश्वासको आवश्यकता’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली युवामा सकारात्मक सोच र आत्मविश्वासको जरुरी रहेको बताउनुभयो । तनहुँको सदरमुकाम दमौलीमा आयोजित जेसिस सम्मेलनको उद्घाटन गर्दै नेपाली युवाले म नेपालमा केही गर्छु र गर्न सक्छु भन्ने मानसिकता अपनाउनुपर्ने बताउनुभयो ।
ऐतिहासिक दरबार संरक्षणविहीन
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढी दरबार पुनर्निर्माण भएर पनि पुनः संरक्षणविहीन अवस्थामा पुगेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा साढे दुई वर्षअघि पुनर्निर्माणको काम सकिएको यो दरबार हा
श्रीमान्को मृत्युको खबरले श्रीमतीको पनि निधन
वैदेशिक रोजगारीमा कुवेत पुग्नुभएका धनकुटाको महालक्ष्मी नगरपालिका–१, कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको गत ४ गते मृत्यु भयो । केही दिनअघि कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी पर्नुभएका मगरको उपचारको व्रmममा मृत्यु भएको थियो ।