अनलाइन व्यापारमा बिल अनिवार्य
अनलाइनमार्फत व्यापार गर्नेले अनिवार्य रूपमा बिलको प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुझावका लागि सार्वजनिक गरेको विद्युतीय व्यापार (इकमर्स) निर्देशिका, २०८२ को मसौदामा यस्तो प्रस्ताव गरिएको हो ।
कोशी प्रदेशमा स्टार्टअप : साढे दुई अर्ब लगानी
कोशी प्रदेशमा स्टार्टअप उद्यमहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । नेपाल राष्ट्र बैङ्क विराटनगर कार्यालयले सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१/८२’ प्रतिवेदन अनुसारसो प्रदेशमा १६० स्टार्टअप उद्यममध्ये ८० प्रतिशत उद्यम नाफामा सञ्चालनमा छन् । तिनको औसत नाफा १३.९ प्रतिशत छ ।
ज्येष्ठ नागरिकको व्यवस्थापन सरकारले गर्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतनको मङ्गलबार अवलोकन गर्नुका साथै ज्येष्ठ नागरिकसँग अन्तर्क्रिया गर्नुभएको छ ।
नेकपाले राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो मतभार अनुसारको सिट सङ्ख्या पाए प्रमुख दलसँग सहकार्य गर्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपाली कांग्रेस र नेकपा (एमाले) सँग तालमेल हुँदा नेकपाले कम्तीमा चार सिट पाउनुपर्ने दाबी गरेको छ ।
अस्पताल विस्तार गर्ने योजना
कान्ति बाल अस्पतालले एक हजार शय्यमा विस्तार गर्ने योजना अघि सारेको छ । कान्ति बाल अस्पतालको ६४ औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका निर्देशक डा. पङ्कज रायले अस्पताललाई एक हजार शय्यामा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा बोर्ड समस्याग्रस्त
स्वास्थ्य बिमा बोर्ड समस्याग्रस्त अवस्थामा गुज्रिरहेको बताइएको छ । स्वास्थ्य बिमा बोर्डले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य बिमा बोर्डले समयमा सेवाप्रदायक संस्थालाई भुक्तानी दिन नसक्दा समस्या उत्पन्न भएको जनाएको छ ।
त्रिविको अतिक्रमित जग्गा : फिर्ता ल्याउने काममा विलम्ब
त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक भएको तीन महिना बितिसक्दा पनि अतिक्रमणमा परेका जग्गा फिर्ता ल्याउने विषयमा ठोस प्रगति देखिएको छैन । समितिले त्रिविको जग्गा विभिन्न व्यावसायिक तथा सामाजिक संस्थाबाट अतिक्रमणमा परेको तथ्यसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदन असोज अन्तिम साता सार्वजनिक भएको थियो । प्रतिवेदन कार्यान्वयनका लागि फेरि अर्को समिति बनाउने तयारी भएको छ ।
सार्वजनिक पदाधिकारीको पारिश्रमिक : एकरूपता कायम गरिने
सरकारले सार्वजनिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेस भएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
परामर्श नहुँदा विषादीले ढाकिन्छ तरकारी
नेपालमा विगत केही वर्षदेखि तरकारीको उत्पादन उल्लेखनीय मात्रामा वृद्धि भएको छ तर किसानले तरकारीबालीमा विषादीको समुचित प्रयोग गर्न नजान्दा विषादीको अत्यधिक मात्रा फेला पर्न थालेको छ ।
विद्यालयका ६० छात्रछात्रालाई न्यानो कपडा
पाँचथरको फिदिम नगरपालिका –१० मा सञ्चालन भइरहेको याङनाम आधारभुत विद्यालयमा अध्ययनरत ६० जना छात्र छात्रालाई न्यानो कपडा वितरण गरिएको छ ।
समानुपातिक प्रणालीको दुरुपयोग नगर्न आग्रह
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेश गरिएको समानुपातिक सूचीमा समानुपातिक प्रणालीको गम्भीर दुरुपयोग भएकोभन्दै आदिबासी सम्बद्ध संघ संस्थाले आपत्ति जनाएका छन् ।
मानिस मार्ने बाघको खोजी तीव्र
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित सौरी क्षेत्रमा मानिसलाई आक्रमण गरेर ज्यान लिने बाघको खोजी कार्यलाई तीव्र पारिएको छ ।
दुर्घटनामा घाइते भएकाको मृत्यु
मदन भण्डारी राजमार्गअन्तर्गत मोरङको लेटाङ–५, थापा चौकमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते हुनु भएका लेटाङ–९, जाँतेका ५५ वर्षीय योगेन्द्र थापाको उपचारका क्रममा मृत्यु भएको छ ।
एमाले सोलुखुम्बुबाट पाँच जना सिफारिस
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) सोलुखुम्बुले प्रत्यक्षतर्फ पूर्व मन्त्रीसहित पाँच जनाको नाम सिफारिस गरेको छ ।
धनगढीमा विद्यार्थी महोत्सव सुरु
कैलालीको धनगढीमा दोस्रो चैतन्य विद्यार्थी महोत्सव आजदेखि सुरु भएको छ । धनगढीमा रहेको चैतन्य पाठशालाले महोत्सवको आयोजना गरेको हो ।
इलाममा दुई लाख ३१ हजार मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा दुई लाख ३१ हजार ८०९ जना मतदाता सङ्ख्या कायम भएको छ ।
मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने
मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली सडकखण्ड बन्द हुने भएको छ । पुस २५ गतेदेखि २८ गतेसम्म ४ दिनसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो ।
एक करोड ६४ लाखभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्म पाँच महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो।
गाडीसहित अवैध माछा बरामद
जिल्ला कपिलवस्तुको शिवराज नगरपालिकामा प्रहरीले शङ्कास्पद अवस्थामा रहेको बोलेरो पिकअप गाडीसहित सुकाइएको सिद्रा माछा बरामद गरेको छ ।
उत्कृष्ट सहकारी, कर्मचारी र किसान सम्मानित
जिल्ला सहकारी सङ्घ गुल्मीको ३२ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कार्य गर्ने दुई सहकारी संस्था र दुई जना व्यवस्थापकलाई सम्मान गरिएको छ ।
खेतमा भेटियो मृत हात्ती
झापाको बुद्धशान्ति गाउँपालिका –३ को एक कृषकको खेतमा जङ्गली हात्ती मृत फेला परेको छ । मंगलबार बिहानै मृत जंगली हात्ती देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सत्य र न्याय बुझेर मात्र मतदान गर्नुहोला
भदौ २३ र २४ गते जेनजीको असाधारण आन्दोलनपछि सत्ता बदलियो । आन्दोलनको जनादेशसँगै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित सरकारलाई फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने कार्यादेश प्राप्त छ ।
पाषाणकालीन कलाका वस्तु फेला
दाङ जिल्लाको तुई उपत्यकामा मानव सभ्यताका पूर्वपाषाण, मध्यपाषाण र नवपाषाण गरी तीन वटै कालका महत्त्वपूर्ण प्रमाण फेला परेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली इतिहास तथा पुरातत्व विभागका प्राडा डिल्लीराज शर्मा नेतृत्वको टोलीले गरेको प्रारम्भिक, सांस्कृतिक तथा पुरातात्विक सर्वेक्षणमा ती सामग्री फेला परेका हुन् ।
ऋषिदेव सीमापार हुँदै, हराउँदै
कृषिमा यान्त्रिकीकरण सुरु भएसँगै परम्परागत रूपमा माटोको काम (माटो काट्ने, पोखरी खन्ने, डाँडाकाँडा बिराएर खेतीयोग्य जमिन बनाउने) गर्दै आएका अल्पसङ्ख्यक ऋषिदेव (मुसहर) बेरोजगार भएका छन् ।