‘कोसेलीगृह’ उपयोगविहीन
कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा कर्णालीका स्थानीय तथा रैथाने उत्पादनको बजारीकरण गर्ने उद्देश्यका साथ निर्माण गरिएको कोसेलीगृह भवन उपयोगविहीन भएको छ । कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ताहित संरक्षण निर्देशनालयले करिब २०७९ सालमा सो कोसेलीगृह निर्माण गरेको हो तर अहिलेसम्म उक्त भवनको सदुपयोग हुन सकेको छैन
लाँकुरीको रुख छुट्याउँछ सुर्खेत र जाजरकोट
जाजरकोट र सुर्खेतको सिमाना एउटा लाँकुरीको रुखले छुट्याएको छ । उक्त रुखले जाजरकोटको शिवालय गाउँपालिका र सुर्खेतको चिङ्गाड गाउँपालिकालाई छुट्याएको हो । रुख भएको स्थान जाजरकोटको शिवालय गाउँपालिका–५ र सुर्खेतको चिङ्गाड गाउँपालिका–३ पर्छ । शिवालयका स्थानीयवासीका अनुसार करिब ४० वर्षअघि रोपिएको उक्त रुखले अहिले दुई जिल्लाको सिमाना छुट्याउ
एउटा ग्याबिनबाट तीन संरचना सुरक्षित
दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा ग्याबिन लगाउने कार्यले एकै पटक तीन वटा संरचनालाई सुरक्षित बनाएको छ । बजारको मुख्य भागमै रहेको भिरालो क्षेत्रमा ग्याबिन लगाउँदा नयाँ बन्दै गरेको विद्यालय भवन, सडक र बस्ती सुरक्षित भएको हो ।
सुत्केरीको ज्यान बचाउन सकस
कालीकोटको नरहरिनाथ गाउँपालिका–८ की २७ वर्षीय भावना विष्टको उपचारका क्रममा मृत्यु भयो । प्रदेश अस्पताल सुर्खेतमा चैत ३० गते शल्यक्रियामार्फत सुत्केरी भएकी उहाँको पहिलो अपरेसन सफल भए पनि वैशाख २ गते रगत जमेको भन्दै गरिएको दोस्रो शल्यक्रियापछि अवस्था जटिल बन्यो । अवस्था बिग्रँदै गएपछि परिवारले करिब आठ लाख ६० हजार रुपियाँ खर्च गरेर चिकित्सकसहितको हेलिकोप्टर चार्टर गरी उहाँलाई काठमाडौँ लगेका थिए । काठमाडौँस्थित मेडिसिटी अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरे ।
सुरक्षित आवासको व्यवस्था
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ६५ वर्षीय राजेन्द्र माझीे पक्की घर पाएपछि निकै खुसी हुनुहुन्छ । बर्सौंदेखि चुहिने फुसको छाप्रोमा कष्टकर जीवन बिताउँदै आएका उहाँ अहिले पक्की घरमा ढुक्कले बस्न पाएपछि खुसी हुनुभएको हो ।
भिटामिन ‘ए’ खुवाउने अभियान प्रभावित
हुम्लामा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी समयमै नपुग्दा राष्ट्रिय खोप तथा पोषण अभियान प्रभावित भएको छ । समयमै भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी नपुग्दा राष्ट्रिय खोप तथा पोषणसम्बन्धी अभियान प्रभावित भएको हो ।
किसानका पक्षमा आवाज उठाउँदै
राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओली समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । उहाँले राप्रपाबाट संसद्मा प्रमुख सचेतकको समेत जिम्मेवारी पाउनुभएको छ ।
नहर जीर्ण हुँदा किसान चिन्तित
पर्वत जिल्लाको फलेवास नगरपालिका अन्तर्गत पर्ने ४० वर्ष पुरानो नहर जीर्ण बन्दा यहाँका किसान समस्यामा परेका छन् । नहर पुरानो भएसँगै खेतीयोग्य जमिनमा पानी नपुग्दा उत्पादन घट्दै गएको छ भने नहरको दिगो सुधार हुन सकेको छैन । नहर निकै पुरानो भइसकेको छ । मुख्य नहर मात्र नभई अधिकांश शाखा नहर पनि जीर्ण अवस्थामा छन् । कतै भत्किएका छन् भने कतै पहिरोले पूरै बन्द भएको छ । जसका कारण नहरबाट पानी खेतसम्म पुग्नै गाह्रो हुन्छ ।
ढल निर्माण तथा प्रशोधन आयोजना अधुरै
मोरङको लेटाङ नगरपालिका–३ को कमलपुर सामुदायिक वननजिकै दुई बिघा जग्गामा दुई वटा भव्य भवन छन् । ढल डम्पिङ गर्न भवननजिकै दुई वटा विशाल ट्याङ्की बनाइएको छ । सुरक्षागार्ड बस्ने
पुनर्निर्माण सम्पन्न भएपछि यातायात सहज हुने विश्वास
बाढीका कारण पूर्वी पहाडी तथा तराईका जिल्ला जोड्ने बिपी राजमार्ग अन्र्तगत १ नम्बर पुल (भकुन्डे) देखि सिन्धुलीको नेपालथोकसम्मको २८ किलोमिटर सडक क्षतिग्रस्त भएको डेढ वर्ष भइसक्दा
दुर्लभ एकसिङे गैँडाको चोरीसिकार शून्य
विश्वकै दुर्लभ एकसिङे गैँडाको चोरीसिकार नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्जले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । पछिल्लो २९ महिनाभन्दा बढीको समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एउटा गैँडा पनि चोरीसिकारबाट नमरेको निकुञ्जले दाबी गरेको छ ।
दुई सय वर्ष पुरानो मन्दिर पुनर्निर्माण सुरु
रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको ऐतिहासिक मलमलादेवी मन्दिरको पुनर्निर्माण थालिएको छ । पुरानो मन्दिर अत्यन्तै जीर्ण भएकाले करिब ४० लाख रुपियाँ लगानीमा मन्दिर पुनर्निर्माण थालिएको हो । सैनामैना नगरपालिका र लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माण सुरु भएको एक वर्षभित्रै सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
पाँच सय चालिस हेक्टर वनक्षेत्रमा आगलागी
गुल्मी जिल्लाका विभिन्न १३ ठाउँमा वनक्षेत्रमा आगो लागिरहेको छ । डिभिजन वन कार्यालय गुल्मीका सिनियर फरेस्टर कमल रेग्मीका अनुसार सोमबारसम्म ४३६ हेक्टर वनक्षेत्रमा आगलागी भएको छ । जिल्लामा १८ हजार २२३.८८ हेक्टरमा फैलिएको ४५८ वटा सामुदायिक वन रहेको जानकारी उहाँले दिनुभयो ।
ग्रामीण क्षेत्रबाट महुवा सङ्कलन
कैलालीको ग्रामीण क्षेत्रमा महुवा सङ्कलन हुन थालेको छ । सिजन सुरु भएपछि स्थानीयले जङ्गलबाट महुवा सङ्कलन गर्न थालेका हुन् । औषधीय गुण भएको महुवा सङ्कलन गर्न अहिले ग्रामीण क्षेत्रका स्थानीयलाई भ्याइनभ्याइ भएको छ । गहुँ भित्र्याउने काम सकिएपछि उनीहरूको सक्रियता महुवा सङ्कलनमा बढेको हो । फुर्सदको समयमा गाउँघरका मान्छेले महुवा सङ्कलन गरिरहेको कैलारी गाउँपालिका–७ छटकपुर वसन्ताका दयाराम चौधरीले जानकारी दिनुभयो ।
घर बैतडीमा, कर डडेलधुरामा
सरकारी लापर्बाहीका कारण बैतडीको एक वडाको मालपोत र घर कर डडेलधुरा गएर तिर्नु पर्छ भन्ने सुन्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ । हो, यस्तो अनौठो सास्ती ५० वर्षदेखि चलिरहेको छ ।
साङ्गीतिक प्रस्तुति दिँदा सर्जकको नाम अनिवार्य
कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिका गरी तिनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाले गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तर्क्रियामा सो कुरामा जोड दिइएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले साङ्गीतिक संस्थाका प्रतिनिधि, गायक/गायिका, सङ्गीतकार र गीतकारसँग छलफल गरेर अवधारणापत्र तयार पारिएको जानकारी दिनुभयो ।
खुल्यो पुनः श्रम स्वीकृति
वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो ।
पानी उद्योगमा समस्या
नेपाल पानी उद्योग महासङ्घले पानी उद्योगमा बोतल र जार उत्पादनका लागि प्रयोग गर्ने कच्चा पदार्थको ४० प्रतिशत मूल्यवृद्धि भए पनि त्यो परिमाणमा पानीको मूल्यवृद्धि नहुने स्पष्ट पारेको छ । महासङ्घले पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थको मूल्यवृद्धिको अनुपातमा जार र बोतलमार्फत बिक्री हुने पानीको मूल्यवृद्धि नहुने स्पष्ट पारेको हो ।
सहरको पैसा गाउँमा तान्दै
विसं २०५७ मा १४१ लिटर दुधको कारोबार गर्दै स्थापना भएको एक सहकारी अहिले दैनिक तीन हजार पाँच सय लिटरको कारोबार गर्ने भएको छ । यस आधारमा उसको कारोबार रकम पनि बढेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड वार्षिक झन्डै १० करोड रुपियाँको कारोबार गरेर ठुलो संस्थाका रूपमा चिनिएको छ । सहकारीमार्फत दुध सङ्कलन, प्रशोधन र बजारीकरणमार्फत बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका किसानले दुध बेचेरै आर्थिक वर्ष २०८१/८२ मा मात्रै आठ करोड ९३ लाख बढी रकम गाउँ भित्र्याएका छन् ।
प्रशोधित तेलको निर्यात एक खर्ब नाघ्यो
नेपालले नौ महिनामै एक खर्बभन्दा बढीको प्रशोधित तेल निर्यात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना अर्थात् साउनदेखि चैतसम्मको अवधिमा एक खर्ब दुई अर्ब ७६ करोड रुपियाँको प्रशोधित तेल निर्यात गरेको हो ।
‘बजेटमा सबैको सामूहिक परीक्षण हुन्छ’
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारी तीव्र बनाएको छ । यस क्रममा सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवबिच सोमबार बजेट तयारीसम्बन्धी छलफल भएको छ ।
मेडिकल काउन्सिलको सदस्य लाभको पद होइन
सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद नभएको व्याख्या गरेको छ । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा निर्वाचन आयोगले काउन्सिलको सदस्य लाभको पद हुने भन्दै डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको विवादमा सर्वोच्चले सो व्याख्या गरेको हो । अदालतले उक्त पदलाई सरकारी कोषबाट पारिश्रमिक/सुविधा प्राप्त हुने संवैधानिक मापदण्डमा राख्न नमिल्ने व्याख्या गरेको हो ।
कांग्रेस संसदीय दलको नेता छान्न वैशाख ११ गते निर्वाचन
नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्नका लागि वैशाख ११ गते निर्वाचन हुने भएको छ । कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेही संयोजक रहेको संसदीय दलको नेता निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो । सहमहामन्त्री रसाइलीले सोमबार निर्वाचन कार्यतालिका प्रकाशित गरिएको र वैशाख १० गते विधान तथा निर्वाचन निर्देशिकाका सन्दर्भमा सांसदसँग छलफल, मतदाता नामावली प्रकाशन, मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने बताउनुभयो । उहाँले वैशाख ११ गते उम्मेदवारी दरखास्त, उम्मेदवारको नामावलीसहित उम्मेदवारको अन्तिम नामावली गरेर मतदान गरी निर्वाचन परिणाम घोषणा गरिने जानकारी दिनुभयो ।
निःशुल्क विदेश जान हेलो सरकारमा सोधीखोजी
हेलो सरकारमा निःशुल्क रूपमा (फ्री भिसा) मा विदेश काम गर्न जान पाइन्छ कि पाइँदैन भनेर सबैभन्दा बढी सोधीखोजी हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जान सेवा शुल्कबापत १० हजार रुपियाँभन्दा बढी लिए कारबाही गर्ने निर्णय गरेपछि जनताले हेलो सरकारमार्फत सोधीखोजी गर्न थालेका हुन् ।