कोशीटप्पुबाट भाले गैँडा ‘मेघौली’ चितवन फिर्ता
चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षमा ल्याइएको मेघौली तीन दिनको कोसी टप्पु बसाइपछि पुनः चितवन फिर्ता लगिएको छ । चितवनको सौराहाबाट चैत्र १० गते कोसी टप्पु वन्यजन्तु आरक्षको पथरी पोस्टमा ल्याइएको मेघौली बिरामी भएपछि पुन चितवन फिर्ता गरिएको कोशी टप्पु वन्यजन्तु आरक्ष प्रमुख रमेश यादवले जानकारी दिनुभयो ।
नारायणगढ मुग्लिन सडकमा दुर्घटना : आठ जना घाइते
नारायणगढ मुग्लिन सडकको रामनगरमा बिहीबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछाप जिल्लामा हुने भएको छ । रामेछापको पुरानो सदरमुकामसमेत रहेको रामेछाप नगरपालिका–८, रामेछाप बजारमा आगामी वैशाख ६, ७ र ८ गते तीन दिन ग्रामीण चलचित्र महोत्सव हुन लागेको हो । महोत्सवको आयोजक संस्था सेलिब्रेटी नेपालले बुधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले तीन दिन हुने महोत्सवमा २४ वटाभन्दा बढी चलचित्र निःशुल्क प्रदर्शन गरिने बताउनुभयो ।
सेन्ट जेभियर्स र बूढानीलकण्ठ विद्यालयको भर्ना प्रक्रिया पारदर्शी बनाउन मन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गर्नुभएको छ । उहाँले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गर्नुभएको हो ।
भूकम्पपीडितको अस्थायी टहरामा आगलागी
रुकुमपश्चिममा भूकम्पपीडितको अस्थायी टहरा (आवास) मा आगलागी भएको छ । सानीभेरी गाउँपालिका –४ बलिबाङ निवासी खड्क ओलीको अस्थायी आवासमा बुधबार बेलुका अगलागी भएको हो ।
मन्त्री चौधरीको सक्रियतामा धर्नारत पक्षसँग सहमति
अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीति तयारगरी जायज माग सम्वोधन गर्न आन्दोलनरत पक्षसँग बुधबार सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीको अग्रसरतामा तीन बुँदे सहमति भएको हो ।
समसामयिक निबन्ध सङ्ग्रह सार्वजनिक
इतिहासकार एवं संस्कृतिविद् प्राडा. प्रेमकुमार खत्रीको ‘समसामयिक निबन्ध’ सङ्ग्रह बुधबार राजधानीमा सार्वजनिक गरिएको छ ।
तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता हुँदै
कपिलवस्तुमा प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ । १७ गतेदेखि बाणगंगा नगरपालिकामा मोफसल र ‘ए’ डिभिजन क्लबको सहभागिता हुनेगरी फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत बताइएको छ ।
सवारी दुर्घटनामा दुईको मृत्यु, चार घाइते
गमगढी–सोरू लोकमार्ग अन्तर्गत कच्याँको तारापानीमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।