दुई सय प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य
तरकारीको मूल्य अत्यधिक बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मूल्य पछिल्लो समय दुई सय प्रतिशतसम्म बढेको पाइएको छ । गत वर्ष र यस वर्षको एकै मितिको तरकारीको मूल्य तुलना गर्दा न्यूनतम १२ प्रतिशत र अधिकतम २२४ प्रतिशतसम्म बढेको पाइएको हो ।
कार्यसूची अनुसार काम गर्न निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै कर्मचारीलाई शासकीय सुधारका कार्यसूची अनुसार आआफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन गरेको छ । सरकारले स्वीकृत गरेको शासकीय सुधारको कार्यसूची अनुसार आआफ्नो जिम्मेवारी निर्वाह गर्न सबै कर्मचारीलाई मन्त्रालयले निर्देशन दिएको हो ।
निजी क्षेत्रलाई पनि भ्रष्टाचारमा कारबाही गर्ने प्रस्ताव
शासन प्रणालीमा देखिएको, संरचनागत, संस्थागत र व्यवहारगत कमजोरीलाई सम्बोधन गर्दै भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्यले सरकारले भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना २०८२/८३ देखि २०८७/८८ तयार पारेको छ ।
साझा प्रयासबाटै पर्यावरण संरक्षण
जैविक विविधताका दृष्टिले नेपाल विश्वमै धनी र विशिष्ट मौलिक पहिचानयुक्त छ । भौगोलिक अवस्थिति, वातावरणीय विविधता, अग्ला हिमालदेखि समथर भूभागसम्म रहेकाले पनि नेपालको अन्तर्राष्ट्रिय पहिचान पृथक् रहेको हो । ‘हाम्रो शक्ति, हाम्रो पृथ्वी’ नारासाथ पृथ्वी दिवस मनाइरहँदा नेपालको जैविक विविधताको पहिचानलाई कायम राख्न वा जोगाउनुपर्ने चुनौती पनि उत्तिकै सघन विमर्शको विषय बनेको छ ।
स्थानीय तह पुनरवलोकन : सङ्ख्या र सीमा हेरफेरको तयारी
सरकारले स्थानीय तह निर्माण भएको एक दशकपछि स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी गरेको छ । २०८४ सालमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै सङ्ख्या र सिमाना हेरफेर गर्र्ने गरी सरकारले तयारी गरेको हो । भौगोलिक रूपमा नजोडिनुपर्ने वडा जोडिएका र जोडिनुपर्ने वडा नजोडिएका, अन्तरजिल्ला र अन्तरपालिकाबिच विवाद उत्पन्न भएको, स्थानीय सेवाग्राहीलाई सेवाप्रदायक कार्यालयसम्म पुग्न अपायक परेको, भौगोलिक र जनसाङ्ख्यिक सन्तुलनका आधारमा सिमाना वैज्ञानिक तथा व्यावहारिक नभएको जस्ता समस्याले स्थानीय तहका नागरिकलाई अहिले सेवा केन्द्रसम्म पुग्न चरम समस्या हुँदै आएको छ ।
कम्युनिस्ट दिवस : आत्मसमीक्षा गर्दै रुपान्तरित हुने अवसर
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा (बादल) ले स्थापना दिवस आत्मसमिक्षा गर्दै रुपान्तरित हुने अवसर भएको बताउनुभएको छ । कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले स्थापना दिवसको अवसरमा नेपालको कम्युनिस्टहरुले इतिहासको खास–खास मोडमा महत्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको बताउनुभयो ।
महासंघको संस्थापक माग्दै कालो ब्यानर प्रदर्शन
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र कास्कीले महासंघको कार्यालय अगाडि कालो व्यानर प्रदर्शन गरेको छ।
मोरङमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
मोरङको बुढीगंगा गाउँपालिका –७ सिसवनीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा साइकल यात्री ६९ वर्षीय बलराम विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पार्टीलाई नयाँ जीवन प्रदान गर्न लागौं : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन प्रदान गर्न सत्ताकेन्द्रीत सोच बदल्नुपर्ने धारणा राख्नुभएको छ । कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सुरेश किरण स्मृतिग्रन्थ लोकार्पित
पत्रकार, साहित्यकार तथा संस्कृतिविद सुरेश किरण मानन्धरको स्मृतिमा प्रकाशित सुरेश किरण स्मृतिग्रन्थको ४५ दिनको पुण्य तिथिको अवसरमा आज एक कार्यक्रमबिच लोकार्पण गरिएको छ ।
संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै ज्ञापनपत्र
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौँ जिल्ला समितिले स्व. सत्यनारायणबहादुर श्रेष्ठ नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेको छ ।
सोलुखुम्बुमा पहिलो पटक जिप लाइन सञ्चालन
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलो पटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा करिव तीन हजार मिटर उचाइमा अवस्थित पर्यटकीयस्थल पत्तालेको सिमाना गौरीटापमा जिपलाइन निर्माण गरी सञ्चालन गरेको हो।
हुकिङ लगाएर चलाइएका विद्युतीय उपकरण बरामद
नेपाल विद्युत प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत मङ्गलबार जिल्लाको दक्षिण–पश्चिम भेगका आधा दर्जन बढी गाउँबाट विद्युत चोरी गरी अर्थात् हुकिङ लगाएर चलाइएका विद्युतीय उपकरण बरामद गरिएको वितरण केन्द्र प्रमुख माधवेन्द्र यादवले जानकारी दिनुभयो ।
करेन्ट लागेर तामाङको मृत्यु
बाँस ढाल्ने क्रममा करेन्ट लागेर पाँचथरको हिलिहाङ–७ मा एक जना नागरिकको ज्यान गएको छ ।
संस्थापक कायम गर्न माग गर्दै कालो ब्यानर प्रदर्शन
नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बाँकेले कालो ब्यानर प्रदर्शन गरेको छ ।
यदु स्मृति पत्रकारिता पुरस्कार दाहाललाई
यदु स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिने भएको छ।
भिरबाट लडेर एकको मृत्यु
बेनी नगरपालिका –३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।
ओखलढुङ्गामा झाक्रीढुङ्गा कुँदेर ‘झाक्रेश्वर महादेव’ निर्माण
ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका–११ स्थित कमेरे डाँडामा झाक्रीढुंगा (पहरा) कुँदेर शिवको मूर्ति बनाइएको छ । विशाल शिव मूर्ति अहिले धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ ।
पानीका मुहान सुकेपछि गोठाला चिन्तित
मुस्ताङको ल्होमन्थाङ गाउँपालिका अन्तर्गत छोसेरमा विगत डेढ दशकभन्दा बढी समयदेखि गोठालोको जीवन बिताइरहनुभएका महेन्द्र तामाङले जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्न थालेपछि चरन क्षेत्र सङ्कटमा परेको गुनासो गर्नुभयो । समुद्री सतहदेखि चार हजार सात सय मिटरको उचाइमा भेडाच्याङ्ग्रा र चौँरीलाई आवश्यक पर्ने पानीको स्रोतको अभावका कारण चरन क्षेत्रबाटै विस्थापित हुनुपर्ने जोखिम बढिरहेको उहाँले बताउनुभयो । भेडाच्याङ्ग्राको बथानलाई पानीको स्रोत खोज्न घन्टौँ यात्रा गर्नुपर्ने बाध्यता रहेको तामाङको गुनासो छ । भेडी गोठाला तामाङले भन्नुभयो, “वन्यजन्तुको आक्रमणको त्राससँ
गरगहना र दाइजोबिनाको विवाह
विवाहमा नभई नहुने वस्तु भनेको गरगहना र दाइजोलाई मानिन्छ । समाज तथा आफन्तजनलाई देखाउनकै लागि पनि धेरै गरगहना र दाइजो दिने प्रचलन नेपाली समाजमा व्याप्त छ । यद्यपि दाइजो लिने प्रचलन कानुनी रूपमा गलत मानिए पनि सामाजिक रूपमा भने गरगहना र दाइजो लिनेदिने प्रचलन निकै व्याप्त रहेको छ । यो प्रचलनलाई यहाँको एक विवाहमा बहिष्कार गरिएको छ ।
वातावरणमैत्री गाउँ बनाउन ‘डोको डस्टबिन’
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङमा फोहोर व्यवस्थापन गर्न हरेक घरलाई डोको डस्टबिन वितरण गरिएको छ । प्लास्टिकका सामग्री प्रयोग घटाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) ल्होमन्थाङले ४५ घरधुरीमा निगालोबाट बुनिएका ९० डोका निःशुल्क उपलब्ध गराएको हो । गाउँमा घुम्न आउने पर्यटकलाई लक्षित गरी घरबास कार्यक्रम सञ्चालनको तयारीमा जुटेका स्थानीयले वातावरणमैत्री क्रियाकलापमा सघाउने गरी डोको डस्टबिन राखिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति चराङका अध्यक्ष रिजाङ आङग्या गुरुङले बताउनुभयो ।
सोह्र अर्बको आयोजनाको लागत तेत्तिस अर्ब
बर्दियास्थित बबई सिँचाइ आयोजनाको लागत झन्डै दोब्बर पुगेको छ । सुरुमा १६ अर्ब ४३ करोड रुपियाँमा सम्पन्न गर्ने लक्ष्य राखिएको सिँचाइ आयोजना अहिले ३३ अर्ब १९ करोड रुपियाँ खर्च हुने अवस्थामा पुगेको छ ।
इन्धनको मूल्यवृद्धिले निर्माण प्रभावित
पेट्रोलियम पदार्थमा भएको निरन्तरको मूल्यवृद्धिले पाल्पाको विकासनिर्माणको काम प्रभावित बनेको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य आकासिएपछि काम सञ्चालन भइरहेका विकासनिर्माणको काम प्रभावित हुन थालेका छन् ।
तेह्र वर्षमा पनि पूरा भएन कालीगण्डकी पुल
तीन वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको कालीगण्डकी नदीमाथिको पुल १३ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । हालसम्म पुलको भौतिक प्रगति ८१ प्रतिशत मात्रै पुगेको छ भने निर्धारित समयमै सम्पन्न हुने सम्भावना पनि कमजोर देखिएको छ ।